Download Here

बढुवा वस्तुगत प्रश्न दुई  

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।



Key (A)  (B)  (C)  (D) 





उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।



निम्न माध्यमिक,माध्यमिक र प्राथमिक  तह शिक्षक पदको

प्रथम र द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा

वस्तुगत प्रश्नोत्तर - 2078 (40x1 = 40)  



उत्तर अन्तिममा छ 







१. सेती  शिक्षा परियोजनादेखि नेपालमा शुरुवात भएको सपरिवेक्षणको चिन्तन कस्तो प्रकारको हो ?

क) सहभागीतामूलक सुपरिवेक्षण

ख) समूह विद्यालयमार्फत सुपरिवेक्षण

ग) विद्यालयमा आधारित सुपरिवेक्षण

घ) अनौपचारिक सुपरिवेक्षण







२. शिक्षक सेवा आयोग नियमावली, २०५७ को दशौं संशोधन कहिले भएको थियो ?

क) २०७६/६/१३

 ख) २०७६/६/१५

ग) २०७६/७/१५

घ) २०७६/९/२५







३. नेपाल सरकारबाट स्वीकृत दरवन्दी रिक्त भएको कति दिनभित्र शिक्षा विकास तथा समन्वय इकाइमा लेखी पठाउनु पर्दछ ?

क) १० दिन

ख) ६० दिन

ग) ३० दिन

घ) १५ दिनभित्र







४. विद्यालय व्यवस्थपान समितिको अध्यक्ष हुन कति वर्ष उमेर पुरा भएको हुनु पर्दछ ?

क) २२ वर्ष

ख) २५ वर्ष

ग) २१ वर्ष

घ) १८ वर्ष









५. युनेस्कोको निमित्त राष्ट्रिय आयोगको विधान, २०३१ अनुसार आयोगमा नभएको संरचना तलका मध्य कुन हो हो ?

क) आयोग

ख) कार्यकारिणी समिति, विषय समितहरू र विशेष समितिहरू

ग) सूचीवालय

घ) परिषद्







६. जीवनोपयोगी शिक्षामा जोड दिने दर्शन तलका मध्य कुन हो ?

क) प्रकृतिवाद

ख) यथार्थवाद

ख) यथार्थवाद

ग) प्रगतिवाद








७. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको सदस्य नियुक्ति हुन् कति योग्यता  आवश्यक पर्दछ ?

क) स्नातक तह

ख) अनुसन्धान तह

ग) स्नातकोत्तर तह

घ) विद्यावारिधी







८. विभिन्न विद्यालय वा विश्वविद्यालयहरूमा सञ्चालन गरिने प्रवेश परीक्षालाई कुन मूल्यांकनका रूपमा लिइन्छ ?

क) निर्माणात्मक मूल्यांकन

ख) स्थान निर्धारण

ग) निर्णयात्मक मूल्यांकन

घ) निदानात्मक मूल्यांकन







९. प्रश्नावली, अन्तर्वार्ता, अवलोकन जस्ता उपकरणहरूको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नु तलका मध्य कुन विधि हो ?

क) परियोजना

ख) खोज

 ग) सर्वेक्षण

घ) मामला अध्ययन









१०) प्रथम पञ्चबर्षीय योजनाले शिक्षामा कूल रकमको कति प्रतिशत बजेट छुट्टयाएको थियो ?

क) ५.७५ प्रतिशत

ख) ६.७५ प्रतिशत

ग) ७.६५ प्रतिशत

घ) ८.७५ प्रतिशत







११. हाल शिक्षा विकास निर्देशनालय प्रदेशको कुन मन्त्रालय अन्तर्गत रहने व्यवस्था छ?

क) आन्तरिक मामीला तथा कानून मन्त्रालय

ख) सामाजिक विकास मन्त्रालय

ग) आर्थिक मामीला तथा योजना मन्त्रालय

घ) बन, वातावरण, कृषि, सहकारी तथा भूमिसुधार मन्त्रालय







१२. हर्लकका अनुसार पूर्व किशोरावस्था भन्नाले कुन उमेरलाई बुझिन्छ ?

क) १२ बर्षदेखि १७ बर्षसम्म

ख) १३ बर्षदेखि १७ बर्षसम्म

ग) १७ बर्षदेखि १८ बर्षसम्म

घ) १३ बर्षदेखि १८ बर्षसम्म







१३.राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ अनुसार सिकाइको क्षमतास्तरको आधारमा कक्षा ११ देखि १२ सम्मलाई कुन तहमा राखिएको छ ?

 क) तह ६

 ख) तह ५

ग) तह ४

घ) तह २











१४. प्राथमिक विद्यालयमा कम्तिमा एक जना महिला शिक्षक राख्नुपर्ने प्रावधान कुन आयोगले सिफारिस गरेको थियो ?

क) राष्ट्रिय शिक्षा आयोग, २०४९

ख) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८

ग) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५

घ) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५







१५.शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार अध्यापन अनुमति पत्रको लागि लिइने परीक्षामा उम्मेद्वार हुन् नसक्ने आधार तलका मध्य कुन हो ?

क) नेपाली नागरीक

ख) १८ वर्ष उमेर पुगेको

ग) ४० वर्ष उमेर पुरा भएको

घ) मगज विग्रेको







१६. माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३-२००९) सञ्चालनको लागि सहयोग गर्ने दातृ निकाय तलका मध्य कुन हुन् ?

क) एशियाली विकास बैंक र डेनिडा

ख) यूएसएआइडि, एशियाली विकास बैंक र डेनिडा

ग) एशियाली विकास बैंक र विश्व बैंक...

घ) विश्व बैंक र डेनिडा







१७. उत्तरबाल्यावस्थामा बालकले अरुको सहयोग विना गर्ने कार्य तलका मध्य कुन सिपसंग सम्बन्धित छ ?

क) सामाजिक

ख) स्वाबलम्बी

ग) विद्यालय

घ) खेल







१८. आधारभूत तह (१-३) को पाठ्यक्रम, २०७६ बमोजिम कक्षा १ देखि ३ सम्म विद्यार्थी मूल्यांकन गर्दा ३ मापनको उपलब्धिस्तर कतिं निर्धारण गरिएको छ ?

क) राम्रो

ख) सामान्य

ग) कमजोर

घ) उच्च









१९. “सफल प्रतिक्रिया दोहोरिन्छ, गलत प्रतिक्रिया हट्छ ।” यो सिकाइको कुन सिद्धान्तसँग सम्बन्धित छ ?

क) प्रयत्न र भूल सिकाइ सिद्धान्त

ख) क्रियापरक सम्बन्धन प्रत्यावर्तन सिकाइ सिद्धान्त

ग) अन्तरदृष्टि सिकाइ सिद्धान्त

घ) शास्त्रीय सम्बन्धन प्रत्यावर्तन सिकाइ सिद्धान्त







२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार प्रधानाध्यापक र शिक्षक समान  तहमा भएका शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनमा सिफारिस र प्रमाणित गर्ने कार्य कसले गर्दछ ?



क) प्रधानाध्यापक

ख) स्थानीय तहको शिक्षा अधिकृत

ग) इकाइ प्रमुख

घ) स्थानीय तहको शिक्षा हेर्ने प्रमुख











२१. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षक सेवा आयोगको सिफारिस भएको कति दिनभित्र शिक्षकलाई नियुक्ति दिनुपर्दछ ?

क) ३०

ग) १०

ख) १५

घ) ७











२२. शिक्षा तालिम केन्द्र कुन तहको शैक्षिक निकाय हो ?

क) जिल्लास्तर

ख) प्रदेशस्तर

ग) केन्द्रीयस्तर

घ) क्षेत्रीयस्तर







२३. प्राचीनकालमा सञ्चालन हुने मौखिक  साक्षरतालाई के भनिन्थ्यो ?

क) मान्यजन कचहरि

ख) धार्मिक सभा

ग) गुरुकुल शिक्षा

घ) माथिका सबै







२४. चालू पन्धौ योजनाको शिक्षासम्बन्धी उद्देश्यमा तलका मध्य कुन पर्दैन ?

क) सामाजिक र आर्थिक रूपान्तरका लागि मानव संशाधनो विकास गर्नु ।

ख) सबै नागरिकका लागि जीवनपर्यन्त शिक्षाको अवसर सनिश्चित गर्नु ।

ग) प्राविधिक शिक्षा व्यावसायिक सिप विकासमा समावेशी र समतामूलक पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्नु

घ) आधारभूत शिक्षा अनिवार्य तथा निशुल्क र माध्यमिक शिक्षा निशुल्क पहुँच सुनिश्चित गर्न शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनु।







२५. आर्थिक बर्ष २०७७/०७८ को बजेटमा शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालय तथा गणित, अंग्रेजी र विज्ञान शिक्षक नपूग भएका विद्यालयमा कति जना थप स्वयम् सेवक परिचालन गरिने लक्ष्य लिइएको छ ?

क) ९ हजार

ख) ६ हजार

ग) ५ हजार

घ) ४ हजार









२६.सामुदायिक विद्यालयको स्थायी शिक्षकको राजीनामा स्वीकृत गर्ने काम कसको हो ?

क) प्रधानाध्यापक

ख) वि.व्य.स. अध्यक्ष

ग) जिल्ला शिक्षा अधिकारी वा इकाइ प्रमुख

घ) स्थानीय तहको शिक्षा हेर्ने प्रमुख







२७. स्थानीय पाठ्यक्रमलाई .................पनि भनिन्छ।

क) स्थानीय पाठ्क्रमको प्रारूप .

ख) स्थान विशेषमा आधारित पाठ्यक्रम

 ग) केन्द्रीकृत पाठ्यक्रम

घ) राष्ट्रिय पाठ्यक्रम







२८. प्रधानाध्यापक आफैले लिन सक्ने विदा तलका मध्य कुन हो ?

क) पर्व र भैपरी

ख) विरामी

ग) असाधारण

घ) अध्ययन







२९. संस्थागत विद्यालयको शिक्षक अभिभावक संघको कार्यकारी समितिमा बढीमा कति जना सदस्य रहने व्यवस्था छ ?

क) ४

ख) ५

ग) ६

घ) ७







३०. विद्यालय क्षेत्र विकास योजनाको कार्यान्वयन गर्नका लागि कसको अध्यक्षतामा समिति गठन गरिने योजनाले उल्लेख गरेको छ ?

क) शिक्षा विभाग (शिक्षा तथा मानव श्रोत विकास केन्द्र) का महानिर्देशक

ख) शिक्षा सचीव

ग) शिक्षामन्त्री

घ) पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक







३१. सिकेका कुरालाई स्मृति चिन्हका मनमस्तिष्कमा सञ्चित गर्नुलाई के भनिन्छ ?

क) धारणा

ख) प्रत्याहृवान

ग) विस्मृति

घ) सम्बलन







३२. शिक्षा ऐन (२०२८) अनुसार ऐन नियम विपरित शुल्क लिने विद्यालयलाई तलका मध्य कुन दण्ड सजाय हुने व्यवस्था छ ?

क) १५ हजार रूपैयाँसम्म जरिवाना

ख) २५ हजार रूपैयाँसम्म जरिवाना

ग) ५० हजार रूपैयाँसम्म जरिवाना

घ) १ लाख रूपैयाँसम्म जरिवाना







३३. नेपालको संविधानमा व्यवस्था भएको शिक्षा सम्बन्धी हकमा तलका मध्य कुन पर्दैन ?

क) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने

ख) प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने

ग) प्रत्येक नागरीकलाई उच्च शिक्षा अनिवार्य हुने

घ) दृष्टिविहिन नागरिकलाई ब्रेललिपिको माध्यमबाट शिक्षा दिइने







३४. शिक्षा ऐन, २०२८ अनुसार राष्ट्रिय शिक्षा परिषद्को सदस्य सचीव को रहने व्यवस्था छ ।

क) शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशक

ख) पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक

ग) मन्त्रालयको योजना महाशाखाको सहसचीव

घ) मन्त्रालयको सचीव







३५. सुशासनको  अवधारणा कहिलेदखि बढी प्रचलनमा आएको हो ?

क) सन् १९८०

ख) सन् १९९०

 ग) सन् १९९५

घ) सन् १९९८









३६. सबैको लागि शिक्षा (२००१-२०१५) ले सन् २०१५ सम्ममा कक्षा ५ को सिकाइ उपलब्धि कति पुर्याउने  लक्ष्य राखेको थियो ?

क) ८०

ख) ७०

ग) ६५  

घ) ५५







 ३७.विद्यालय क्षेत्र विकास योजनाले कक्षा ८ को परीक्षा कुन तहको हुने नीति  उल्लेख गरेको छ ?

क) स्थानीय तह

ख) जिल्ला तह

ग) प्रदेश तह

घ) राष्ट्रिय तह







३८. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को गठन कहिले भएको थियो ?

क) २०७५/३/३२

ख) २०७५/४/३०

ग) २०७५/६/१३

घ) २०७५/७/३२









३९. विद्यालय क्षेत्र विकास योजनाले योजाना अवधिमा आधारभूत तहका कति शिक्षकलाइ प्रमाणीकरण तालिम प्रदान गर्ने लक्ष्य राखेको छ ?

क) २५ हजार

ख) ५० हजार

ग) ५६ हजार

घ) ५७ हजार







४०. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले उच्च माध्यमिक शिक्षा कतिवटा धारमा सञ्चालन गर्नुपर्ने सुझाएको थियो ?

क) २

ख) ३

ग) ४

घ) ५







के के गर्नुपर्छ  शिक्षक बढुवा Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।





Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post