Download Here

प्राथमिक ,निम्न माध्यमिक र माध्यमिक तीनै तहको प्रथम र द्वितीय श्रेणीका लागि उपयोगी सामग्री 



१.समालोचनात्मक चिन्तन भन्नाले के बुझिन्छ ? शिक्षण सिकाइमा समालोचनात्मक चिन्तनको किन आवश्यक छ ,लेख्नुहोस् ।

 

उत्तर : शिक्षण सिकाई क्रियाकलापमा विद्यार्थीहरूसँग भएका ज्ञान तथा सिपलाई परिवर्तन गर्ने, नयाँ ज्ञान तथा सिपहरू  विकास गर्ने, सिकेका कराहरूलाई व्यवहारमा उपयोग गर्ने वातावरण सिर्जना गर्न उपयोग गरिने तरिकालाई  समालोचनात्मक चिन्तन भनिन्छ । समालोचनात्मक चिन्तन चिन्तनको  एउटा प्रकृया हो , समालोचनात्मक चिन्तनले विद्यार्थी र शिक्षकलाई विषयवस्तु प्रति आफ्नो धारणा विकास गर्न र सिकाइलाई संगठीत रूपमा सिक्न सक्ने अवसर सिर्जना गर्दछ। समालोचनात्मक चिन्तन सोचाइलाई सुधार गर्न यसको विश्लेषण र मूल्याङ्कन गर्ने कला हो ।

 


शिक्षण सिकाइमा समालोचनात्मक चिन्तनको आवश्यकता

 

क.विद्यार्थीमा हुने जिज्ञासालाई बढाउन


ख.शिक्षकको  पेसागत सक्षमता बढाउन


ग.अद्यावधिक भई शिक्षकलाई कक्षाकोठा शिक्षणमा नवीनतम् रणनीति र प्रविधि प्रयोग गर्नेतर्फ आकर्षित गर्न


घ.परम्परागत पाठयोजना निर्माण र कार्यान्वयनको ढाँचामा परिवर्तन गर्न


ङ. वैयत्तिक भिन्नता पहिचान गरी पृष्ठपोषण दिन,


च. सहयोगात्मक सिकाइको वातावरण सिर्जना गर्न ।


छ.शिक्षक र विद्यार्थीबीच दोहोरो छलफल निरन्तर गर्न,

 

 

 

 

२. शिक्षकले किन कार्यमूलक अनुसन्धान गर्नुपर्छ ? पेशागत दक्षता अभिवृद्धि गर्न कार्यमूलक अनुसन्धानलाई शिक्षण कार्यमा प्रयोग गराउने तरिकाहरू के के हुन सक्छन आफ्नो विचार प्रस्तुत गर्नुहोस्

 

उत्तर :कार्यमूलक अनुसन्धान गर्नुपर्नाका कारणहरू


कार्यमूलक अनुसन्धान विशेषत कुनै पेसा वा व्यवसायमा संलग्न व्यक्तिले आफ्ना कार्यमा सुधार ल्याउने  अभिप्रायले आफैले सञ्चालन गर्दछ । तसर्थ  शिक्षकले कार्यमूलक अनुसन्धान गर्नुका कारणहरू देहायको बुँदाका आधारमा प्रस्टयाउन सकिन्छ :

 

क.कार्यथलोमा नै रहेर आफैले शिक्षण सिकाइ क्रियाकलापको स्पष्ट र व्यावहारिक रूपरेखा तयार पार्न,


ख.प्रभावकारी व्यवस्थापन एवम् शिक्षण सिकाइ क्रियाकलापको नमुना प्रस्तुत गर्न,


ग. पेसागत दक्षता अभिवृद्धिका लागि निरन्तर लागि पर्न,


घ.आफ्नो पेसागत क्षमता विकासका लागि आफैले प्रयास गर्ने प्रणालीको विकास गर्न,


ङ. सिकाइ समस्या समाधान गरी गुणस्तरीय शिक्षण सिकाइको वातावरण सुनिश्चित गर्न ।


च.कार्यस्थलमा आइपरेका समस्याको कारण पहिचान गरी सुधारका मार्गहरू पहिचान गर्न,


छ. विद्यालयसँग सम्बन्धित सबै व्यक्ति समूह र निकायसँग असल सम्बन्ध विकासका लागि चिन्तन गर्न,

 


कार्यमूलक अनुसन्धानलाई शिक्षण कार्यमा प्रयोग गराउने तरिकाहरू

 

क.शिक्षकको मूल्यांकनको एक आधारका रूपमा कार्यमूलक अनुसन्धानलाई लिई सोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने

 

ख.शिक्षक र प्रधानाध्यापकलाई कार्यमूलक अनुसन्धान सम्बन्धमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने

 

ग.कार्यमूलक अनुसन्धानबाट भएका सफल अभ्यासहरूको प्रचार प्रसार एवम् आदानप्रदान गरिनुपर्ने

 

घ.शिक्षण सिकाइ क्रियाकलापसँगै कार्यमूलक अनुसन्धानलाई लैजानुपर्ने

 

ङ.कार्यमूलक अनुसन्धान सम्बन्धमा निरन्तर अनुगमन निरीक्षण गरी आवश्यक पृष्ठपोषण दिने व्यवस्था गर्नुपर्ने

 

च कार्यमूलक अनुसन्धानबाट प्राप्त निष्कर्षलाई तत्काल कार्यान्वयन गर्नुपर्ने

 

छ. कार्यमूलक अनुसन्धान गरेर प्रभावकारी शिक्षण गर्ने शिक्षकलाई प्रोत्साहित गर्नुपर्ने

 

 

 

 

३. शिक्षक-अभिभावक सङ्घको आवश्यकता उल्लेख गर्दै वर्तमान समयमा यसको प्रभावकारिताको मूल्याङ्कन गर्नुहोस्। 

उत्तर : शिक्षक र  अभिभावकबीच राम्रो सम्बन्ध कायम गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै  समग्रमा विद्यार्थीको सिकाइ उपलब्धि गुणस्तरीय बनाउने प्रयासका विविध कडीमध्य अभिभावक सङ्घ पनि एक हो ।

 

 नेपालमा शिक्षा नामक २०११ सालको शिक्षा आयोगको प्रतिवेदनले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने विभिन्न उपायमध्ये शिक्षक अभिभावक  सङ्घको गठन गरी कार्य गर्नुपर्ने कुरा पनि सिफारिस गरेको थियो । वर्तमान नियमावलीले पनि विद्यालयका सम्पूर्ण शिक्षक तथा अभिभावकहरू सदस्य रहको  शिक्षक अभिभावक सङ्घ रहने व्यवस्था गरेको छ

 

समग्रमा भन्नुपर्दा शिक्षक अभिभावक सडधको अवश्यकता यस प्रकार छ:

 

क.शिक्षण सिकाइका बारेमा नियमित जानकारी राख्न र सोका लागि आवश्यक सुझाव प्रस्तुत गर्न,

ख.विद्यार्थीको व्यवहार सुधार गर्न आवश्यक सूचना आदानप्रदान गर्न,

ग.विद्यालयको चौतर्फी विकासका लागि स्थानीय अभिभावक, समुदाय परिचालन  गर्न,

 घ.अभिभावक र शिक्षकलाई विद्यालय प्रति जिम्मेवार र जवाफदेही बनाउन।

ङ. विद्यालयले शुल्क निर्धारण गर्दा शिक्षा ऐन नियम बमोजिम भएन नभएको अनुगमन गर्न,

च. विद्यालयमा लगाइएका शुल्कका बारेमा आवश्यक सुझाव दिन,

छ.विद्यालयका शैक्षिक गतिविधिबारे नियमित जानकारी राख्न

ज.विद्यालयका गतिविधिबारेमा अन्तरक्रिया लगायतका कार्य गरी विद्यालयलाई सही बाटोमा डोयाउन,

झ.विद्यालयको आय-व्यय लगायत अन्य गतिविधिको सार्वजनिक सुनुवाइ गर्न,

 

 

वर्तमान समयमा शिक्षक अभिभावक सङ्घ (PTA) को प्रभावकारिताको अवस्था

 

१. विद्यालय व्यवस्थापन समितिमा स्थान नपाएकाहरूलाई थन्क्याउने संयन्त्रका  रूपमा PTA रहनु,

२.ऐन नियममा पनि PTA का लागि स्पष्ट र प्रभावकारी उत्तरदायित्व नदिइएको

३.PTA मा प्र.अ./शिक्षकहरूले त्यति ध्यान नदिने र यसको कार्यलाई वास्ता नगर्ने गरेको,

४. वि.व्य.स.ले PTA सक्रियतालाई त्यति नरुचाउने गरेको,

५. शिक्षण सिकाइ प्रक्रियातर्फ PTA को ध्यान लैजान नसकिएको,

६. आर्थिक तथा व्यवस्थापकीय कार्यक्षेत्र नहुनुका साथै यसका कार्यलाई बजेट व्यवस्था नहुनाले निष्कृय रहने गरेको,

७. वि.व्य.स.ले PTA लाई सक्रिय तुल्याउने कार्यक्रम दिन नसकेको,

८. यसमा रहने व्यक्तिको क्षमता कमजोर रहने गरेको,

९. स्थानीय निकाय, विद्यालय आदिले यसलाई खासै महत्त्व नदिने गरेको,

१०. क्षमता विकासका कार्यहरू गरेर सक्रिय बनाउनेतर्फ खासै ध्यान नदिइएको,

११. यसको मुख्य कार्य विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्नका लागि आवश्यक कार्य गर्ने भनिए पनि यो कार्य गर्ने सम्बन्धमा अन्य तौर तरिका, अधिकार आदिको व्यवस्था नहुनाले अन्यौल रहेको


यस्तै शिक्षक बढुवाको Note हेर्न  आफ्नो Mobile मा रहेको Google Playstore खोलेर  Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ   Install गर्नुहोस् वा तलको Photo मा Click गरेर Downlod गर्नुहोस्  


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post