Download Here

नेपाल सरकार शिक्षक सेवा आयोग 

बढुवा सवै तहको  प्रथम र द्वितीय तह (दुवै ) का लागि

 

 

नमुना विषयगत प्रश्न - उत्तरसहित 

 

खण्ड ख   -विषयगत प्रश्न  (६ x १० = ६०)

 

 

तलका प्रश्नको उत्तर दिनुहोस् । 


 ४.कार्यमूलक अनुसन्धानका सिलसिलामा समस्या छनौट गर्दा समस्याका कस्ता विशेषताका बारेमा स्पष्ट हुनुपर्छ ? साथै समस्या पहिचान, छनौट र समस्या कथन गर्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस्।



समस्या छनौट गर्दा स्पष्ट हुनुपर्ने समस्याका विशेषताहरू


१. समस्या स्पष्ट, दोहोरो अर्थ नलाग्ने र सामान्यतया प्रश्नात्मक हुनुपर्छ ।


२.समस्या प्रत्यक्ष अनुभवद्वारा परीक्षण योग्य हुनुपर्छ।


३.समस्या महत्त्वपूर्ण हुनुपर्छ । ज्यादै सामान्य हुनुहुँदैन।


४.समस्या समय, खर्च र कार्यका अधारमा महत्त्वहीन र जटिल हुनुहुँदैन।


५. समस्या सम्भव योग्य (Feasible) हुनुपर्छ।


६. समस्या अनुसन्धाताको कार्यक्षेत्र, अनुभव र निष्कर्ष कार्यान्वयन गर्न सकिने खालको हुनुपर्छ।



 समस्या पहिचान, छनौट र समस्या कथन गर्दा ध्यान दिनुपर्ने कुराहरू,


क.अनुसन्धान प्रश्न महत्त्वपूर्ण हुनुपर्छ,


ख.अनुसन्धानको नतिजा कक्षाकोठाको शिक्षण सिकाइ प्रक्रियामा सुधार र परिवर्तन केन्द्रित हुनुपर्छ,


ग.अनुसन्धान प्रश्न पहिले अध्ययन गरिसकिएको नभई नयाँ हुनुपर्छ,


घ.समस्या अनुसन्धान परिवेश अनुरूप र शिक्षकले अनुसन्धान गर्न सक्ने खालको हुनुपर्छ,


ङ. अनुसन्धानका  लागि आवश्यक हुने साधन, स्रोत, अनुसन्धानसम्बन्धी क्षमता, समय र प्राप्त हुन सक्ने सहयोग अनुकूलका अनुसन्धान प्रश्नहरू छनौट हुनुपर्छ,


च.प्रश्नहरू ज्यादै विस्तृत र व्यापक तथा स्वत : उत्तर आउने खालको हनुहँदैन


छ.प्रश्नहरू अनुसन्धानबाट उत्तर दिने खालको हुनुपर्छ ।





५. सिकाइमा प्रभाव पार्ने तत्वहरू उल्लेख गर्दै शिक्षकका क्रियाकलाप र बालमनोविज्ञानका अन्तर स्पष्ट पार्नुहोस् ।


उत्तर : सिकाइमा प्रभाव पार्ने तत्वहरू निम्नलिखित छन् :


क.व्यक्तिगत तत्व


ख.मानसिक तत्व


ग.संवेगात्मक तत्व


घ. वातावरणीय तत्व (घरपरिवार, समुदाय र विद्यालय)


ङ.  उत्प्रेरणा


च.पाठ्यक्रम/पाठ्यपुस्तक तथा शैक्षिक वातावरण


छ. शिक्षकको व्यवहार


ज. सामाजिक/सांस्कृतिक/पारिवारिक तत्व




 शिक्षकका क्रियाकलाप र बाल मनोविज्ञानको अन्तरसम्बन्धलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :


क.प्रभावकारी शिक्षणसिकाइका लागि शिक्षकले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक आदि अध्ययन गरी सोअनुसार योजना बनाएर शिक्षण गर्नुपर्ने ।


ख.बालमनोविज्ञानको अध्ययनबाट शिक्षकलाई कक्षाकोठामा उपयुक्त शैक्षिक वातावरण सिर्जना गर्न मद्दत गर्ने।


ग.शिक्षकलाई विद्यार्थीको आवश्यकता र समस्या पहिचान गरी उपचारात्मक शिक्षण गर्न मद्दत हुने र दिगोपन आउने। बालमनोविज्ञानमा आधारित शिक्षणसिकाइ क्रियाकलापबाट विद्यार्थीको उपस्थितिमा नियमितता बढाउने।



घ.कक्षा छाड्ने र दोहोयाउने दर घटाउने र विद्यार्थी नियमितता बढाउने ।


ङ.बालमनोविज्ञान ख्याल गरेर गरिने शिक्षणसिकाइ क्रियाकलाप गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने।


च.बालमनोविज्ञानको गहन अध्ययन भएको शिक्षकले मात्र विद्यार्थी केन्द्रित शिक्षणविधिको प्रयोगमा जोड दिने।


छ.सिकाइमा कमजोर मानिएका बालबालिकाहरूका समस्याहरू बुझ्न र सोअनुसार थप सहयोग पुयाउन पनि बालमनोविज्ञानको अध्ययनले सघाउने ।




६.नेपालमा आजसम्म पनि सबै बालबालिका विद्यालय आउन सकेका छैनन् । आएकाहरूमध्ये पनि सबैले निरन्तरता दिन सकेका छैनन् । निरन्तरता दिएकाहरूको पनि सिकाइ उपलब्धिस्तर सन्तोषजनक छैन । यस सम्बन्धमा समस्याका खास कारणहरू केके हुन् ? ती समस्या समाधानका उपायहरू केके हुन सक्छन् ? यसमा शिक्षकले के कस्तो भूमिका खेल्न सक्छन् ? व्यावहारिक सुझाव दिनुहोस् ।


उत्तर :


नेपालमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालय आउन नसक्नु र आएकाहरूले पनि निरन्तरता दिन नसक्नु तथा निरन्तरता दिएकाहरूको पनि सिकाइ उपलब्धिस्तर उच्च हुन नसक्नुका सम्भावित कारणहरूलाई निम्नानुसार बुंदागतरूपमा उल्लेख गर्न सकिन्छ :



 क. गरिबी, सीमान्तकृत समूहका अभिभावकहरूमा शिक्षाप्रति सचेतनाको कमी भएका कारणले बालबालिका विद्यालयमा नपठाउनु।


ख.गरिबीका कारणले विद्यार्थीलाई आवश्यक सामग्री जस्तै : झोला, कलम र कापी समयमा किनिदिन नसक्नु।


ग.अधिकांश अभिभावकहरू अझै पनि अशिक्षित हुनु ।


घ.विद्यालय वातावरण बालमैत्री सिकाइमैत्री बन्न नसक्नु ।


ङ.विद्यालय शिक्षा दैनिक जीवनमा आबद्ध हुन नसक्नु ।


च.कक्षाकोठाको बहुसांस्कतिक हिसाबले व्यवस्थापन हुन नसक्नु।


छ. आधारभूत शिक्षालाई अनिवार्य गराउन नसकिनु।


ज. बालबालिकाहरूको सिकाइका लागि अभिभावकहरूको भूमिका प्रभावकारी हुन नसक्नु।




माथि उल्लेखित  कारणहरूलाई मनन गर्दै समस्या समाधानका लागि अपनाउन सकिने सम्भावित उपायहरू निम्नलिखित छन् :



क.विद्यालयबाट अभिभावक शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु  ।


ख.गरिब परिवारबाट विद्यालयमा आएका बालबालिकाहरूका लागि झोला, कापी र कलमको व्यवस्था विद्यालयमा गरिदिनु।


ग.विद्यालय परिवारले विद्यालयको वातावरण बालमैत्री बनाउन प्रयास बढाउनु ।


घ.बालबालिकाहरूलाई शिक्षण गर्दा यसले जीवनमा कसरी सहयोग पुयाउँछ भन्ने बारेमा जानकारी गराउनु र शिक्षण गरिने विषयवस्तुलाई सकेसम्म दैनिक जीवनसँग सम्बन्धित गराउनु।


ङ. कक्षाकोठाको व्यवस्थापन गर्दा बहुसांस्कृतिक विविधतालाई सम्बोधन हुने गरी गर्नु ।


च.विद्यार्थी केन्द्रित विधिहरूको प्रयोग गरेर बालबालिकाहरूलाई रुचिपूर्ण तरिकाले शिक्षण गर्नु ।


छ.कक्षामा कमजोर मानिएका विद्यार्थीहरूको पहिचान गरी तिनीहरूलाई मायालु वातावरणमा थप सहयोग उपलब्ध गराउनु ।


ज. शिक्षकहरूबाट बालबालिकाहरूले सिक्ने सुनिश्चितता गर्दै जिम्मेवारीपूर्ण तरिकाले शिक्षण गर्नु ।




 समस्या समाधानका लागि शिक्षकले खेल्न सक्ने सम्भावित भूमिकाहरूलाई निम्नानुसार सक्षेपमा उल्लेख गर्न सकिन्छ :



क.पेशागत विकासमा सरिक हुने।


ख.शिक्षणसिकाइ योजना तयार गरी कार्यान्वयन गर्ने।


ग.बालमैत्री शिक्षण सामग्री विकास र प्रयोग गर्ने ।


घ.सिकाइ समस्या पहिचान गरी समाधान गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति अवलम्बन गर्ने।


ङ.कक्षाकोठाको बहुसांस्कृतिक व्यवस्थापन गर्ने।


च.वैयक्तिक भिन्नताका आधारमा विद्यार्थी केन्द्रित शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्ने ।


छ. कक्षामा अनुपस्थित हुने विद्यार्थीको Follow up गरी आवश्यक सहयोग उपलब्ध गराउने ।


ज.पेशागत दक्षता बढाउन प्रधानाध्यापक र स्रोतव्यक्तिको निरन्तर सम्पर्कमा रहने






यो उत्तर नमुनाको रूपमा तयार पारिएको हो । हजुरलाई कस्तो लाग्यो सुझाव दिन नभुल्नुहोला siknethaloplus@gmail.com मा ।यदि राम्रो लाग्यो भने आफ्ना साथीलाई पनि भन्नुहोला अनि अनिवार्य Share गरेर सहयोग गर्नुहोला ।


के के गर्नुपर्छ  शिक्षक बढुवा Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।



Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post