Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key   (A)    (B)     (C)     (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।

 

 

१. विद्यालय सुधार योजना (SIP) को मुख्य गरी कुन कुरामा जोड दिएको छ ?
(क) गुणस्तर सुधारमा जोड
(ख) समतामूलक पहुँचमा जोड
(ग) विद्यालय समुदाय सम्बन्ध सुधारमा जोड
(घ) भौतिक पक्षको विकासमा जोड

 

 

२. कार्यमूलक अनुसन्धानको विशेषतासँग नमिल्ने कथन कुन हो ?
(क) गर्दै सिक्ने र सिक्दै गर्ने कार्य
(ख) समस्याकेन्द्रित खोजमूलक कार्य
(ग) ज्ञानको प्राप्ति र परीक्षणमा जोड
(घ) कार्यात्मक सिकाइ सञ्चालन गर्न

 

३. तलका मध्ये Re-search को शाब्दिक अर्थ कुन हो ?
(क) पुनः खोजी गर्नु
(ख) परीक्षण गर्नु
(ग) तथ्य विश्लेषण गर्नु
(घ) नयाँ तथ्य पत्ता लगाउनु

 

४. ...........बाट तथ्याङ्क सङ्कलन गर्दा अनुसन्धानकर्ताको प्रत्यक्ष संलग्नता रहँदैन ।
(क) प्राथमिक स्रोत
(ख) द्वितीयक स्रोत
(ग) माध्यमिक स्रोत
(घ) मिश्रित स्रोत

 

५. कम्प्युटरमा ALT+F4 ले केलाई जनाउँछ ?
(क) Quit program
(ख) Opens Start menu
(ग) Refresh current window
(घ) Rename selected object




 

६. मूलतः शैक्षिक तथ्यांक कस्तो हुनु राम्रो मानिँदैन ?
(क) पूर्ण र विश्वसनीय
(ख) सही र शुद्ध
(ग) स्पष्ट र परिभाषेय
(घ) बहुअर्थी र अस्पष्ट

 

७. 34.Complete the given number series.
28, 327, 464, 5125, 6216, ?
A) 3343
B) 7343
C) 8512
D) 9729

 

 

८. समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।
(क) लेखक
(ख) पाठक
(ग) प्रकाशक
(घ) प्रिन्टर

 

९. 39.एउटा जुत्ता रु.960 मा बेच्दा जति % नाफा हुन्छ , रु. 640 मा बेच्दा तेति नै  % नोक्सान हुन्छ भने उक्त जुत्ताको क्रयमुल्य कति होला ?
A) Rs.700
B) Rs.750
C) Rs.800
D) Rs.850

 

१०. पुनर्बलसहितको सिकाइ सिद्धान्तमा जोड दिने व्यक्तिहरु को को हुन् ?
(क) थर्नडाइक
(ख) वि.एफ. स्किनर
(ग) हल
(घ) माथिका सबै

 

११. मानव विकासका बारेमा अध्ययन गर्ने विधिहरुमध्ये तुलनात्मक रुपमा बढी विश्वसनीय र वैध विधि कुनलाई मानिन्छ ?
(क) लम्वीय विधि
(ख) क्षितीजीय विधि
(ग) मिश्रित क्रमबद्ध विधि
(घ) कुनै पनि होइन

 

१२. शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तमा कुकुरलाई घण्टीसँगै खाना दिने कार्य बन्द गरेमा प्याल निकाल्ने मात्रामा कमी हुँदै जान्छ र अन्तमा प्याल निकाल्न छोड्छ । यस अवस्थालाई के भनिन्छ?
(क) विलोप
(ख) विस्मरण
(ग) भूल
(घ) हस्तक्षेप

 

१३. बालबालिकाको सामाजिक, नैतिक, साँस्कृतिक तथा सिकाइजन्य व्यवहार प्राप्त गर्न महत्वपूर्ण प्रक्रिया नक्कल वा अनुकरण हो भन्ने मान्यता कुन सिद्धान्तले राख्दछ ?
(क) शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्त
(ख) कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त
(ग) सामाजिक सिकाइ सिद्धान्त
(घ) निर्माणवादी सिकाइ सिद्धान्त

 

१४. दमनात्मक सामाजिकीकरणका विशेषता कुन होइन ?
(क) आज्ञाकारिता
(ख) दण्डमुखी
(ग) बालकेन्द्रित
(घ) आदेशमुखी

 

१५. विकेन्द्रीकृत शैक्षिक व्यवस्थापनको आरम्भ शिक्षा ऐन, २०२८ को कुन संशोधनले गरेको हो ?
(क) पाँचौँ संशोधन
(ख) छैटौँ संशोधन
(ग) सातौँ संशोधन 
(घ) आठौं संशोधन

 

१६. शैक्षिक उद्देश्यअन्तर्गत मनोक्रियात्मक क्षेत्रको विकास कसले गरेका हुन् ?
(क) बेञ्जामिन एस. ब्लुमले सन् १९५६ मा
(ख)मर्जानो र केन्डलले सन् २००७ मा
(ग) डेभिर आर. क्राथोलले सन् १९६४ मा
(घ) जे.ई. सिम्सन र अनिता हयारोले सन् १९७२ मा

 

१७. पाठ्यक्रमलाई प्रथमपटक उद्देश्यको रुपमा व्याख्या गर्ने विद्वान् को हुन् ?
(क) सेलर र अलेक्जेन्डर
(ख) कम्पवेल र केसवेल
(ग) राल्फ डब्ल्यु टेलर
(घ) हिल्डा टावा

 

१८. आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम, २०७६ कति पाठ्यभारको मातृभाषा / स्थानीय विषय समावेश अनुसार कक्षा १–३ को कुल पाठ्यभार २६ पाठ्यघन्यमध्ये
गर्नुपर्ने व्यवस्था छ ?
(ख) ४ पाठ्यभार
(क) ३ पाठ्यभार
(ग) ५ पाठ्यभार
(घ) ६ पाठ्यभार

 

१९. माध्यमिक शिक्षा (कक्षा ११-१२) का सक्षमता कतिवटा छन् ?
(क) १३ वटा
(ख) ११ वटा
(ग) १२ वटा
(घ) १० वटा

 

२०. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार विद्यालय शिक्षाको सबै कक्षाको लागि एक शैक्षिक वर्षमा कम्तीमा कति दिन पठनपाठन सञ्चालन हुनुपर्ने व्यवस्था छ ?
(क) १९२ दिन
(ख) २०५ दिन
(ग) २१० दिन
(घ) २२० दिन

 

२१. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार पहिलो सक्षमता कुन हो ?
(क) सञ्चार तथा सहकार्य
(ख) सूचना तथा सञ्चार प्रविधि
(ग) विषयवस्तुको ज्ञान
(घ) निरन्तर सिकाइ र पेसागत विकास

 

२२. एउटा असल शिक्षकले विद्यार्थीहरुको प्रकृति थाहा पाउनै पर्दछ । यो भनाइ कसको हो ?
(क) प्लेटो
(ख) रुसो
(ग) पेटर्स
(घ) रुफिन

 

२३. दुर्गम क्षेत्रका विद्यालयमा पठनपाठन गर्न कुन विषयका लागि अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्ने व्यवस्था शिक्षक सेवा आयोग नियमावली, २०५७ ले गरेको छ ?
(क) अंग्रेजी
(ख) गणित
(ग) विज्ञान
(घ) माथिका सबै

 

२४. बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप, २०६७ अनुसार सबैभन्दा बढी सूचक भएको पक्ष कुन हो ?
(क) प्रभावकारिता
(ख) विद्यालयको भौतिक अवस्था
(ग) विद्यालय व्यवस्थापन
(घ) शिक्षण सिकाइ प्रक्रिया

 

२५. विद्यालयमा शैक्षिक सुशासनमा तलको कुन पक्ष पर्दछ ?
(क) शैक्षिक योजना निर्माण र कार्यान्वयन
(ख) जिम्मेवारी बाँडफाँड र कार्यसम्पादन
(ग) आर्थिक अनुशासन कायम
(घ) माथिका सबै

 

२६. नेपालको संविधानअनुसार श्रमिक भन्नाले के बुझिन्छ ?
(क) पारिश्रमिक नलिई रोजगारदाताका लागि शारीरिक कार्य गर्ने कामदार वा मजदूर


(ख) पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर


(ग) पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य नगर्ने कामदार वा मजदूर


(घ) पारिश्रमिक लिई रोजगारदाताका लागि बौद्धिक कार्य गर्ने कामदार वा मजदूर

 


२७. बहुभाषिक नीति आवलम्बन गर्ने भन्ने विषय कुन नीतिमा पर्दछ ?
(क) राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीति 
(ख) राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी नीति,
(ग) सामाजिक र साँस्कृतिक रुपान्तरणसम्बन्धी नीति 
(घ) नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति

 

२८. राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवश्यक योग्यता कुन हो ?
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको


(ख) शिक्षा तथा परीक्षासम्बन्धी क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव प्राप्त गरेको


(ग) प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवबाट विशेषज्ञता हासिल गरेको


(घ) क र ख दुवै

 


२९. शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयले कसले स्वीकृत गरेको पाठ्यपुस्तक लागु गर्नुपर्दछ ?
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(ग) नेपाल सरकार
(घ) शिक्षा तथा मानव विकास स्रोत केन्द्र

 

३०. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार प्रारम्भिक तह देखिनै विज्ञान, प्रबिधि, इञ्जिनियरिङ् तथा गणितसँग सम्बन्धित विषयहरूमा बालबालिकाहरूको रूचि, सहभागिता, संलग्नता, र क्षमता विकास गर्न कक्षा र स्तर हेरी पाठ्यक्रममा यसको मात्रालाई कति प्रतिशतसम्म पुयाइनेछ ?
(क) २५ प्रतिशत
(ख) ३३ प्रतिशत
(ग) ४५ प्रतिशत
(घ) ५० प्रतिशत

 

३१. गुणस्तरीय शिक्षाका सन्दर्भमा युनेस्कोले कति पक्षमा जोड दिएको पाइन्छ ?
(क) २ वटा
(ख) ३ वटा
(ग) ४ वटा
(घ) ५ वटा

 

३२. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार मूल्याङ्गन प्रणालीलाई बहुप्रतिभासँग आवद्ध गर्न लागू गरिएको
प्रमाणीकरण पद्धतिको सुदृढीकरण गरिनेछ ।
(क) एकल विषय
(ख) बहुविषय
(ग) विषयगत
(घ) तहगत

 

३३. कुनै पनि कार्यालयमा प्राप्त भएका चिठी, निवेदन तथा अन्य कामकारबाहीका लागि पेस गरिएका कागजातहरुलाई व्यवस्थित रुपले प्रारम्भिक अभिलेख राख्ने कार्यलाई के भनिन्छ ?
(क) अभिलेखीकरण
(ख) दर्ता
(ग) चलानी
(घ) फाइलिङ

 

३४. विषयगत शिक्षकहरूको स-साना समूह बनाई कुनै खास विषय वा समस्यामा छलफल गराउने विधि के हो ?
(क) गुञ्ज छलफल
(ख) लक्षित समूह छलफल
(ग) वादविवाद
(घ) प्यानल छलफल

 

३५. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७ कहिले स्वीकृत भएको हो ?
(क) वि.सं. २०६७।०८।०९
(ख) वि.सं. २०६७।०९।०७
(ग) वि.सं. २०६८।०७।०९
(घ) वि.सं. २०६७।०९।०८

 

३६. अनौपचारिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तक कसले स्वीकृत गर्दछ ?
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) अनौपचारिक शिक्षा परिषद्
(ग) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
(घ) शिक्षा तथा मानव विकास स्रोत केन्द्र

 

३७. कुनै घटना, कार्य, अवस्था र नतिजाका आधारमा आवश्यकतानुसार कुनै व्यक्तिलाई सहयोग तथा सहानुभूति प्रदान गर्ने योग्यता कुन सिपअन्तर्गत पर्दछ ?
(क) सोचाइ सिप
(ख) अन्तवैयक्तिक सिप
(ग) नागरिक सिप
(घ) वैयक्तिक सिप

 

३८. सीमित जनशक्ति तथा सोत साधनबाट पनि अधिकतम लाभ लिन सकिने शिक्षण प्रक्रिया कुन हो ?
(क) कक्षा शिक्षण
(ख) बहुकक्षा शिक्षण.
(ग) विषय शिक्षण
(घ) कुनै पनि होइन ।

 

 

३९. विद्यालयमा एक शैक्षिक सत्रभरि सञ्चालन गरिने सम्पूर्ण शैक्षिक, भौतिक, अतिरिक्त कार्यकलाप लगायतका कार्यक्रमहरु समावेश गरिएको योजनालाई के भनिन्छ ?
(क) वार्षिक कार्यतालिका
(ख) वार्षिक कार्ययोजना
(ग) कार्ययोजना
(घ) माथिका सबै

 

४०. लचिलो समयतालिका आधारित हुने शैक्षणिक संगठन कुन हो ?
(क) कक्षा शिक्षण
(ख) बहुकक्षा शिक्षण
(ग) विषय शिक्षण
(घ) मिश्रित शिक्षण

 

४१. शिक्षण सिकाइका क्रममा शिक्षकको सक्रिय भूमिका रहने विधिलाई कसरी चिनिन्छ ?
(क) शिक्षककेन्द्रित शिक्षण विधि
(ख) विद्यार्थीकेन्द्रित शिक्षण विधि
(ग) अन्तर्क्रियात्मक शिक्षण विधि
(घ) माथिका सबै

 

४२. प्रश्नोत्तर विधिका प्रवर्तक कसलाई मानिन्छ ?
(क) पेस्तालोजी
(ख) सुकरात
(ग) जोन डिवे
(घ) रुसो

 

४३. समालोचनात्मक चिन्तनमा ABC Framework अन्तर्गत निष्कर्ष वा सुदृढीकरणको चरणमा के गरिन्छ ?
(क) सिकाइको सारांशको प्रस्तुतीकरण
(ख) पाठको प्रतिविम्बन
(ग) विद्यार्थीको क्रियाकलाप प्रदर्शन
(घ) माथिका सबै

 

४४. निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई कुन शैक्षिक सत्रदेखि लागु गरिएको हो ?
(क) शै.स. २०६२
(ख) शै.स. २०६३
(ग) शै.स. २०६४
(घ) शै.स. २०६५

 

४५. शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीहरुको ज्ञान, सिप तथा क्षमता निर्धारण गर्नका लागि कस्तो मूल्याङ्कन प्रक्रिया अपनाइन्छ ?
(क) स्थान निर्धारण मूल्याङ्कन
(ख) निदानात्मक मूल्याङ्कन
(ग) निर्माणात्मक मूल्याङ्कन
(घ) निर्णयात्मक मूल्याङ्कन

 

४६. घटना अध्ययनको विशेषता कुन हो ?
(क) गहिराइसम्मको अध्ययन
(ख) घटनाको सूक्ष्म विश्लेषण
(ग) समस्याको सम्पूर्णताको अध्ययन
(घ) माथिका सबै

 

४७. Linn and Grounlund ले विभाजन गरेका मूल्याङ्कनका प्रकार के के हुन्?
(क) स्थान निर्धारण मूल्याङ्कन 
(ख) निर्माणात्मक मूल्याङ्कन
(ग) निदानात्मक मूल्याङ्कन
(घ) निर्णयात्मक मूल्याङ्कन

१.क र ख 

२.ग र घ 

३. क,ख र ग 

४. माथिका सबै

 

 

४८. कस्तो प्रश्नपत्रले अङ्कनमा एकरुपता ल्याउँछ ?
(क) विश्वसनीय
(ख) वैध
(ग) व्यावहारिक
(घ) वस्तुनिष्ठ

 

४९. मनोवैज्ञानिक गुणहरु जस्तै बौद्धिकता, प्रवृत्ति, रुचि, संवेग, अनुभूति, अनुशासन जस्ता पक्षको मापन गर्ने परीक्षणको साधनमा कस्तो वैधता रहेको हुन्छ ?
(क) भविष्यवाणीमा आधारित वैधता
(ख) समवर्ती वैधता
(ग) भूतकालमा आधारित वैधता
(घ) रचनात्मक वैधता

 

५०. पन्धौँ आवधिक योजनाका उद्देश्य कुन हो ?
(क) सबै नागरिकमा सञ्चार तथा सूचना प्रविधिको सहज पहुँच तथा उपयोग विस्तार गर्नु


(ख) सञ्चार र सूचना प्रविधिको सेवालाई सर्वसुलभ, भरपर्दो र गुणस्तरीय बनाउनु


(ग) सञ्चार र सूचना प्रविधिमा आधारित उद्योगको विकास गरी रोजगारी वृद्धि गर्नु


(घ) माथिका सबै

 

 लाइसेन्स 50 SET Question with answer Download Here





लाइसेन्ससम्बन्धि उपयोगी सामग्री  निशुल्क  हेर्न उपयोगी Application


लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answer. को व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post