Download Here

नमुना बढुवा वस्तुगत प्रश्न एक 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

निम्न माध्यमिक,माध्यमिक र प्राथमिक  तह शिक्षक पदको

प्रथम र द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा

 

वस्तुगत प्रश्नोत्तर - 2080  (40x1 = 40)  

 

उत्तर अन्तिममा छ 

खण्ड क  -वस्तुगत प्रश्नहरू

 

 

समय : १ घण्टा

पूर्णाङ्क : ४०

 

तल दिइएका प्रश्नको उत्तरमा (क) (ख) (ग) र (घ) मध्ये ठिक उत्तरलाई गोलो घेरा (O) चिह्न लगाउनुहोस्ः

 

 

 

१.विद्यालयमा विकेन्द्रीकृत ढाँचामा योजनाबद्ध सुधार अभ्यासलाई कार्यरूप दिने सिलसिलामा कहिलेदेखि सबै विद्यालयहरूमा विद्यालय सुधार योजना (SIP) कार्यान्वयनमा ल्याइएको हो?

(क) आ.व. २०५६/०५७ देखि

(ख) आ.व. २०५७/०५८ देखि

 (ग) आ.व. २०५८/०५९ देखि

 (घ) आ.व. २०५९/०६० देखि

 

 

 

२.आधुनिक शिक्षणको सबैभन्दा बढी महत्वपूर्ण विशेषता तलका मध्ये कुन हो ?

 (क) विद्यार्थीलाई सिक्न मार्गदर्शन गर्नु

(ख) विद्यार्थीलाई सिक्न उत्प्रेरित गर्नु  

 (ग) विद्यार्थीलाई सिक्न निर्देशित गर्नु

 (घ) विद्यार्थीलाई सिक्न नेतृत्व प्रदान गर्नु

 

 

३. वार्षिक कार्ययोजना वा वार्षिक शैक्षणिक योजनाको महत्त्वलाई तलका मध्ये कुन भनाइले समेट्दैन ?'

 (क) विद्यालयमा वर्षभरिमा गरिने कार्यक्रम योजना गतिविधि आदिको प्रतिनिधित्व गर्न सघाउने

(ख) शिक्षणलाई उद्देश्यमूलक, सिलसिलाबद्ध र सरल पार्न सघाउने

(ग) वार्षिक कार्ययोजनाले एकाइ र दैनिक पाठयोजना बनाउन सघाउने ।

(घ) वार्षिक कार्ययोजनाले वार्षिक कार्यपात्रोको कार्यान्वयनमा सघाउँछ

 

 

 

४. प्रभावकारिताका दृष्टिले सबभन्दा उपयोगी शैक्षिक सामग्रीमा तलकामध्ये कुन पर्छ ?

(क) श्रव्य सामग्री

(ख) दृश्य सामग्री

(ग) श्रव्य-दृश्य सामग्री

(घ) लेख्य वा मुद्रित सामग्री

 

 

 

५. शिक्षा विभागबाट स्वीकृत बालमैत्री विद्यालय प्रारूप अन्तर्गत ९ ओय पक्षमध्ये प्रमुख पक्षका रूपमा रहेको कक्षाकोठाका भौतिक पूर्वाधारका रूपमा कतिओट मापदण्ड तोकिएको छ ?

 (क) ४

(ख) ५

(ग) ७

(घ) ९

 

 

 

६. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले शिक्षाको गुणात्मक विकासका लागि के गर्नुपर्ने कुरामा जोड दिएको छ ?

(क) पाठ्यक्रम विकास केन्द्रलाई एउटा राष्ट्रिय दरिलो स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्ने

(ख) पाठ्यक्रममा राष्ट्रिय उद्देश्य प्रतिविम्बित हुनुपर्ने

 (ग) बहुप्रकाशन प्रणाली सुरु गर्नुपर्ने

(घ) पाठ्यक्रम स्वतन्त्र रूपमा छाडनुपर्ने

 

 


 

७.राष्ट्रिय पाठ्यक्रम प्रारूप (NCF) २०६३ (परिमार्जन २०७१ समेत) ले कतिओटा राष्ट्रिय शिक्षाका उद्देश्य सिफारिस गरेको छ?

(क) ७

(ख) ९

(ग) ११

(घ) १२

 

 

८. नेपालको शैक्षिक प्रशासनको इतिहासमा कहिले शिक्षा मन्त्रालयको स्थापना भएको हो ?

(क) २००७

(ख) २०१८

(ग) २०२८

(घ) २०४९

 

 

 

९.शिक्षा आठौं संशोधन ऐन, २०७३ अनुसार शिक्षा सम्बन्धी नीति निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाइ सल्लाह तथा सुझाव दिने काम समेतका लागि गठित संगठन संरचना कुन हो ?

 (क) उच्चस्तरीय शिक्षा आयोग

(ख) राष्ट्रिय शिक्षा परिषद्

(ग) शैक्षिक गुणस्तर परीक्षण केन्द्र

(घ) राष्ट्रिय परीक्षा बोर्ड

 

 

 

१०.शिक्षक सेवा आयोगको अध्यक्ष हुन तलकामध्ये कुन अनुभव आवश्यक पर्छ ?

(क) नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तीमा ५ वर्ष सेवा गरेको

(ख) कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको

(ग) नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको

(घ) माथिका सबै

 

 

 

११. विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) मा आधारभूत शिक्षाका कार्यक्रमहरूको गुणस्तरको सुदृढीकरण गर्न कस्तो कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ?

(क) सक्षमतामा आधारित राष्ट्रिय योग्यता प्रारूप (NQF) तयार गर्ने

(ख) क्रियाकलापमा आधारित पाठ्यक्रम र पाठ्यपसामग्री विकासका लागि क्षमता विकास गर्ने

(ग) प्रविधिमा आधारित पाठ्यसामग्री विकासका लागि क्षमता विकास गर्ने

(घ) माथिका सबै

 

 

 

१२.नेपालको संविधान, २०७२ ले आधारभूत तहसम्मको शिक्षा कसरी प्राप्त हुने गरी मौलिक हकको व्यवस्था गरेको छ ?

(क) निशुल्क शिक्षा पाउने

(ख) अनिवार्य र निशुल्क शिक्षा पाउने

(ग) निशुल्क शिक्षा पाउने व्यवस्था नरहेको

(घ) कानुनमा व्यवस्था भए वमोजिम शिक्षा पाउने व्यवस्था रहेको

 

 

 

 

१३.नेपालको संविधानको बालबालिकाको हकमा तलको कुन व्यवस्था छैन ?

 (क) कुनै पनि बालबालिकालाई शारीरिक, मानसिक वा अन्य किसिमको यातना दिन नपाइने

(ख) कुनै पनि बालबालिकालाई कुनै कलकारखाना, खानी वा यस्तै अन्य जोखिम पूर्ण काममा लगाउन नपाइने

 (ग) अभिभावकको स्वीकृति लिएर मात्र सेना वा प्रहरी तथा द्वन्द्वमा प्रयोग गर्न पाइने

(घ) असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्व पीडित विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने।

 

 

 

 

१४.नगर शिक्षा समितिमा तलको मध्ये को रहँदैन ?

(क) सम्बन्धित स्रोत व्यक्ति

(ख) सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक

(ग) संस्थागत विद्यालयको प्र.अ.

(घ) नगरपालिकाको सदस्य

 

 

 

 

१५. निम्न माध्यमिक शिक्षा पाठ्यक्रम अनुसार परम्परागत धार्मिक शिक्षा समूह अन्तर्गतका धारहरूमा कक्षा ६-८ मा कति. पाठ्यभार र पूर्णाङ्क तोकिएको छ ?

(क) पाठ्यभार ३४, पूर्णाङ्क ६००

(ख) पाठ्यभार ३४, पूर्णाङ्क ७००

(ग) पाठ्यभार ३९, पूर्णाङ्क ७००

(घ) पाठ्यभार ४०, पूर्णाङ्क ८००

 

 

 

१६.नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति कहिले स्वीकृत भएको हो ?

(क) २०७१ पुस ६ गते

(ख) २०७२ असार १६ गते

(ग) २०७३ पुस २६ गते

(घ) २०७३ फागुन ७ गते

 

 

 

१७.खुला तथा दूर शिक्षाका मुख्य नीतिमा तलको कुन पर्दैन ?

(क) विभिन्न चाहना भएका सिकारुहरूको लागि शिक्षाको पहुँचको विस्तार गर्ने

(ख) जीवनपर्यन्त शिक्षा र पेसागत विकासको अभिवृद्धि गर्ने

(ग) शिक्षाको अधिकारको सुनिश्चितता गर्ने

(घ) ज्ञान र सिपको प्रमाणीकरण गर्ने पद्धति स्थापना गर्नु

 

 

 

१८. दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, अटिज्म, बौद्धिक शारीरिक वा अन्य अपाङ्गता भएका बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधिनमा रही दिइने शिक्षालाई शिक्षा ऐनको आठौं संशोधनले कस्तो शिक्षा भनी परिभाषित गरेको छ ?

(क) विशेष शिक्षा

(ख) समाहित शिक्षा

 (ग) समावेशी शिक्षा

(घ) सम्मिलित शिक्षा  

 

 

 

 १९.निरन्तर शिक्षा, तह दुई कति अवधिको हुन्छ ?

(ग) ६ महिने

(घ) नियमित हुने

(ख) ४ महिने

(क) ३ महिने

 

 

 

 

 

२०.निम्न माध्यमिक शिक्षा पाठ्यक्रम, २०६९ ले कक्षा ६-८ को गणित विषयलाई कूल पाठ्यभारको कति भार छुट्याएको छ ?

(क) ४

(ख) ५

(ग) ६

 (घ) ७ 

 

 

 

२१.राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८-२०३२) मा निर्धारित विद्यालय शिक्षाको संरचना तलकामध्ये कुनचाहिँ हो ?

(क) ३+४+३

(ख) ३+५+२

(ग) ५+३+२+२

 (घ) ३+४+३+२

 

 

 

२२.शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्याङ्कनको प्रमुख उद्देश्य कुन हो ?

(क) शिक्षण सिकाइमा सुधार गर्नु

ख) विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु

(ग) शिक्षक विद्यार्थीलाई पृष्ठपोषण प्रदान गर्नु

(घ) सिकाइप्रति विद्यार्थीलाई उत्प्रेरित गर्नु

 

 

 

२३. मानव विकासका चरणहरूमध्ये यौवनावस्था भन्नाले तलकामध्ये कुन अवधिलाई जनाउँछ ?

(क) १० देखि १२ वर्षसम्म

 (ख) १२ वर्षदेखि १६ वर्षसम्म

(ग) ८ वर्षदेखि १० वर्षसम्म

(घ) १२ वर्षदेखि १४ वर्षसम्म

 

 

 

२४. सम्वलन वा पुरस्कारको माध्यमबाट आदत बानी, बेहोरा सिक्नु सिकाइको कुन सिद्धान्तसँग सम्बन्धित छ ? (क) सम्बन्ध प्रत्यावर्तन

(ख) क्रियात्मक सम्बन्ध प्रत्यावर्तन

(ग) अन्तरदृष्टि सिकाइ

(घ) सिकाइको स्थानान्तरण

 

 

 

२५. आधारभूत शिक्षा (कक्षा ६ - ८) का तहगत सक्षमताहरू कति ओटा छन् ?

(क) ७

(ख) ८

(ग) ९

(घ) १०

 

 

 

२६.आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६-८), २०६९ अनुसार सक्षमता (Competency) भनेको के हो ?

(क) व्यावहारिक जीवनयापनका लागि आवश्यक ज्ञान

(ख) व्यावहारिक तथा सामाजिक जीवनयापनका लागि आवश्यक ज्ञान सीप प्रवृत्ति

(ग) व्यावहारिक तथा सामाजिक जीवनयापनका लागि आवश्यक ज्ञान, सिप, प्रवृत्ति तथा प्रदर्शन गर्ने क्षमता

(घ) व्यावहारिक तथा सामाजिक जीवनयापनका लागि आवश्यक ज्ञान, सिप, प्रवृत्ति तथा प्रदर्शन गर्ने क्षमता र कार्यतत्परता

 

 

 

२७.आधारभूत तह (कक्षा ६ र ७) मा आवधिक मूल्याङ्कन र निरन्तर मूल्याङ्कनको भार कति रहेको छ ?

(क) आवधिक मूल्याङ्कन ५० र निरन्तर मूल्याङ्कन ५० प्रतिशत

(ख) आवधिक मूल्याङ्कन ४० र निरन्तर मूल्याङ्कन ६० प्रतिशत

(ग) आवधिक मूल्याङ्कन ६० र निरन्तर मूल्याङ्कन ४० प्रतिशत

(घ) आवधिक मूल्याङ्कन ७० र निरन्तर मूल्याङ्कन ३० प्रतिशत

 

 

 

२८. पाठ्यपुस्तकको प्रयोग, शिक्षण प्रक्रिया, पाठयोजना निर्माण आदि विषयमा व्यवस्थित र क्रमबद्ध बनाउन कुन सामग्री आवश्यक पर्दछ ?

(क) पाठ्यक्रम

(ख) शैक्षिक सामग्री

(ग) सन्दर्भ सामग्री

(घ) शिक्षक निर्देशिका

 

 

 

२९.शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सन् 2011 मा गरिएको कक्षा ८ को विद्यार्थी उपलब्धि परीक्षण गरिएको ३ विषय नेपाली, गणित र सामाजिक मध्ये सबैभन्दा कमजोर विषय कुन हो र कति प्राप्त भएको थियो ?

(क) गणित, उपलब्धि प्रतिशत ४९

(ख) सामाजिक, उपलब्धि प्रतिशत ४९

(ग) नेपाली, उपलब्धि प्रतिशत ४२

(घ) गणित, उपलब्धि प्रतिशत ४३

 

 

 

३०.नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा कहिले हस्ताक्षर गरेको हो ?

(क) सन् १९९० अक्टुबर १४

(ख) सन् १९९० डिसेम्बर १४

(ग) सन् १९९० अप्रिल १४

(घ) सन् १९९० सेप्टेम्बर १४

 

 

 

३१.शिक्षकले आफ्नो पेसाप्रति सम्मान र निष्ठाभाव राख्ने तथा उच्चतम् नैतिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक विश्वास आजन गर्ने सक्षमता तलका मध्ये कुनमा पर्छ ?

(क) पेसागत आचार संहिता

(ख) पेसागत विकास

(ग) सिकाइ वातावरण

(घ) निरन्तर सिकार

 

 

 

३२. शैक्षिक जनशक्ति विकास केन्द्रको शिक्षक सक्षमताको प्रारूप, २०७२ मा शिक्षकका लागि कतिओटा सक्षमताको व्यवस्था  गरिएको छ ?

(क) ४

(ख) ६

(ग) ८

(घ) १०

 

 

 

३३. विश्वविद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई शिक्षण पेसामा आकर्षण गर्न पन्ध्रौँ योजनाले कस्तो  कार्यनीति लिएको छ ?

(क) तालिम नभए पनि प्रवेश खुला गरिने

(ख) आवश्यक कानुनी र नीतिगत व्यवस्था गरिने

(ग) सेवा प्रवेशपछि तालिम प्रदान गर्ने

(घ) माथिका सबै

 

 

 

३४. कार्यमूलक अनुसन्धान र मामिला अध्ययन विचको फरक सम्बन्धमा तलको ठिक भनाइ छैन ? ,

(क) कार्यमूलक अनुसन्धान अनौपचारिक र मामिला अध्ययन औपचारिक अनुसन्धान हो।

(ख) कार्यमूलक अनुसन्धानमा अनुसन्धानकर्ता र कार्यान्वयनकर्ता एउटै व्यक्ति हुन्छ भने मामिला अध्ययनमा फरक व्यक्ति हुन सक्छ ।

(ग) कार्यमूलक अनुसन्धान र घटना/मामिला अध्ययनका चरण मिल्दा हुन्छन्

(घ) कायमूलक अनुसन्धान ज्ञान र सिप केन्द्रित हुन्छ भने घटना अध्ययन मूलत नयाँ ज्ञान/दष्टिकोण केन्द्रित हन्छ।

 

 

 

३५.कार्यमूलक अनुसन्धान समस्या समाधानको दिगो उपाय हुनुको मुख्य कारण कुन हो ?

(क) गहिरो अध्ययन गरी निष्कर्ष निकालिने भएकाले

(ख) वैज्ञानिक चरणहरू अवलम्वन गरी प्रमाणित गरिने भएकाले

 (ग) विशेषज्ञ र अनुसन्धानकर्ताको सम्मिश्रण हुनाले

(घ) स्वकार्य, स्वमूल्याङ्कन र स्व प्रतिविम्वन हुने भएकाले

 

 

 

 

३६.तलकामध्ये वर्तमान निम्न माध्यमिक तहको तहगत सक्षमता कुन हो ?

 (क) भाषिक, तार्किक तथा व्यावहारिक गणितीय सीप विकास र प्रयोग

 (ख) विज्ञान, सूचना प्रविधि, वतावरणसम्बन्धी आधारभूत ज्ञान तथा जीवनोपयोगी सीपको विकास

(ग) मानव अधिकार तथा सामाजिक मूल्य र मान्यता प्रति सचेतता

(घ) कला सौन्दर्यप्रति अभिरुचि जगाई सिर्जनशील सीप विकास मूल्य मान्यता प्रति सचेत

 

 

 

३७.सबैका लागि शिक्षा कार्यक्रम (२००४-२००९) को मुख्य उद्देश्य कुन होइन ?

(क) प्राथमिक तहमा पहुँच तथा समन्याय सुनिश्चित गर्ने

(ख) प्राथमिक शिक्षाको गुणस्तर तथा सान्दर्भिकता सुधार गर्ने

(ग) विद्यालयहरूको कार्यदक्षता तथा संस्थागत क्षमताको सुधार गर्ने

(घ) सबै शिक्षकहरूको क्षमता सुधार गर्ने

 

 

 

३८.कस्तो पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ?

(क) स्थानीय आवश्यकताअनुसारका विषयवस्तु छनौट गरी निर्माण गरिएको पाठ्यक्रम

 (ख) जिल्ला शिक्षा समितिको निर्देशनमा तयार गरिएको पाठ्यक्रम

 (ग) पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएको पाठ्यक्रम

(घ) विद्यालय व्यवस्थापन समिति र अभिभावक संघले तयार गरेको पाठ्यक्रम

 

 

 

३९. तलकामध्ये कुनचाहिँ निर्माणात्मक मूल्याङ्कनको विशेषता होइन ?

(क) यसले निरन्तर रूपमा पृष्ठपोषण दिन्छ

(ख) यसले शैक्षिक कार्यक्रमको विविध पक्षमा भएका कमजोरीहरू हटाउन मद्दत गर्छ

 (ग) यसले विद्यार्थीहरूलाई पूर्ण उपलब्धितर्फ अग्रसर गराउँछ

(घ) यसले विद्यार्थीको उपलब्धिको प्रमाणीकरण गर्दछ

 

 

 

 

४०. शिक्षक सेवालाई समावेशी बनाउन स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये कति प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएको छ ?

(क) २२

(ख) २७

(ग) ३३

(घ) ४५




के के गर्नुपर्छ  शिक्षक बढुवा Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post