Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।


१. शिक्षा ऐन, २०२८ अनुसार गाउँ शिक्षा समितिले बालबालिकाहरूलाई कम्तीमा सिकाउन सम्मको अध्ययन गराउन प्रोत्साहन गर्नुपर्दछ।

(क) प्रारम्भिक शिक्षा

(ख) प्राथमिक शिक्षा

(ग) आधारभूत शिक्षा

(घ) माध्यमिक शिक्षा



२. शिक्षक सक्षमताको प्रारुप २०७२ अनुसार बाल बालिकाप्रति तटस्थ र सम्मानजनक व्यवहार प्रदर्शन गर्न तथा उहाँहरूको सर्वोत्तम् हितका लागि प्रतिबद्ध रहने विषय कुन सक्षमतासँग सम्बन्धित छ ?

(क) सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन

(ख) सञ्चार तथा सहकार्य

(ग) कानुनी आधार तथा पेसागत आचार संहिता

(घ) निरन्तर सिकाइ र पेसागत विकास



३. कार्यालयमा सम्पादन भएको काम समाप्त भएको जानकारी केले दिन्छ ?

(क) अभिलेख

(ख) दर्ता

(ग) चलानी

(घ) फाइलिङ

 (घ) १७ जना           



४. IEMIS को पूरा रुप के हो?

(क) Integrated Education Management Information System

(ख) Integrated Educational Manager Information System

(ग) Integrated Educational Management Information System

(घ) Integrated Education Management Information Subsystem



५. यदि INSTITUTION लाई कोड भाषामा NOITUTITSNI लेखिन्छ भने EDUCATION लाई के लेख्नुपर्छ ?

(क) DEUCATINO

(ख) UDACATNOI

(ग) NOITACUDE

(घ) CUDANOIT



६. समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।

(क) क्यालेन्डर

(ग) मिति

(ख) वर्ष

(घ) महिना





७. एउटा टोकरीमा भएका 75 वटा सुन्तलामध्ये 8% बिग्रेका छन् भने बिग्रेका सुन्तला कतिवटा रहेछन् ?

(क) 6 वटा

(ख) 10 वटा

(ग) 12 वटा

(घ) 15 वटा



८. कक्षाकोठा व्यवस्थापन किन आवश्यक छ ?

(क) शिक्षाका अपेक्षित उद्देश्यहरू पुरा गर्न,

(ख) निरन्तर मूल्याङ्कन, पृष्ठपोषण र पुनर्बल प्रदान गरी उपचारात्मक शिक्षण गर्न,

(ग) उच्चतम सिकाइ उपलब्धि सुनिश्चित गर्न,

(घ) माथिका सबै



९. शैक्षिक उद्देश्यअन्तर्गत भावात्मक क्षेत्रका तहहरूको क्रम कुन हो ?

(क) ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङ्कन

(ख) प्राप्त गर्नु, प्रतिक्रिया जनाउनु, मान्यता दिनु, सङ्गठन र चारित्रीकरण

(ग) प्रत्यक्षीकरण, तयार, निर्देशित प्रक्रिया, यान्त्रिकीरकण, जटिल कार्यको प्रतिक्रिया र मौलिकपन

(घ) कुनै पनि होइनन् ।



१०. पाठ्यक्रमका प्रणालीमा पर्ने उत्पादनअन्तर्गत के के कुराहरू पर्दछन् ?

(क) विद्यार्थीको उपलब्धि

(ग) लागत प्रभावकारिता

(ख) संस्थागत विकास र बाहय दक्षता

(घ) माथिका सबै



११.स्थानीय तहको पाठ्यक्रम विकास, निर्माण र कार्यान्वयका सन्दर्भमा देखिएको चुनौती कुन हो ?

(क) आवश्यकता पहिचान गर्ने पद्धति र संयन्त्र विकास गर्न

(ख) स्थानीय तहका सरोकारवालाको सहभागिता र संस्थागत क्षमता अभिवृद्धि गर्न

(ग) स्थानीय आवश्यकता र राष्ट्रिय अन्तर्राष्ट्रिय आवश्यकताबिच सन्तुलन कायम गर्न

(घ) माथिका सबै



१२. आधारभूत शिक्षा (कक्षा १-३) का सक्षमता कतिवटा छन् ?

(क) ६ वटा

(ख) ७ वटा

(ग) ८ वटा

(घ) १२ वटा



१३. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार सिकाइ सहजीकरण प्रक्रिया कस्तो हुनुपर्दछ ?

(क) बालबालिकाको विविधतालाई ध्यानमा राखेर उनीहरूको सिकाइलाई प्रोत्साहन गर्नुपर्ने

(ख) सिकाइ सहजीकरण प्रक्रिया सञ्चालनगर्दा शिक्षणमा भन्दा निरन्तर सिकाइमा जोड दिनुपर्ने

(ग) विद्यार्थीको सिकाइलाई केन्द्रबिन्दु मानी सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्ने

(घ) माथिका सबै



१४. सिकाइ सकजीकरकणका क्रममा सिकाइजन्य सम्पूर्ण क्रियाकलाप शिक्षक र विद्यार्थीको आपसी छलफल तथा प्रश्नोत्तरमा केन्द्रित गरी शिक्षण गर्ने विधिलाई के भनिन्छ ?

(क) शिक्षकंकेन्द्रित शिक्षण विधि

(ग) अन्तर्क्रियात्मक शिक्षण विधि

(ख) विद्यार्थीकेन्द्रित शिक्षण विधि

(घ) माथिका सबै

 

१५.पूर्व सिकाइले पछिको सिकाइको धारण प्रक्रिया तथा पछिको सिकाइले पूर्व सिकाइको धारण प्रक्रियामा बाधा पुऱ्याउँदछ भन्ने मान्यता कुन सिद्धान्तले राख्दछ ?

(क) अनुपयोगको सिद्धान्त

(ग) दमनको सिद्धान्त

(ख) हस्तक्षेपको सिद्धान्त

(घ) RNAको कमी



१६. विकासले परिपक्ता र अनुभवको परिणामस्वरुप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई बुझाउँछ । यो भनाइ कसको हो ?

(क) जुड

(ख) जेम्स ड्रेभर

(ग) जे.वि. वाटसन

(घ) हर्लक



१७. यौवनावस्थाका मानसिक सङ्कटहरू के के हुन् ?

(क) समायोजन हुन नसक्नु र हीनताबोध पैदा हुनु

ख) स्मरण शक्तिमा कमी आउनु

(ग) शारीरिक परिवर्तनको अभाव महसुस गर्नु

(घ) माथिका सबै



१८. प्रयत्न र भूल सिकाइ सिद्धान्तका प्रमुख शैक्षणिक प्रयोजनहरू के के हुन?

(क) सिकाइमा प्रयोगात्मक विधिमा जोड दिन

(ख) निरन्तर अभ्यासमा जोड दिने

(ग) विद्यार्थीलाई सिकाइप्रति प्रेरित गरी पृष्ठपोण दिन

(घ) माथिका सबै



१९. कम्प्युटरलाई निरन्तर रुपमा एकनासले काम गर्न सहयोग गर्ने सफ्टवेयरलाई के भनिन्छ ?

(क) कस्टमाइज सफ्टवेयर

(ग) प्योकज़ सफ्टवेयर

(ख) सिस्टम सफ्टवेयर

(घ) युटिलिटि सफ्टवेयर



२०. सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ को कार्यान्वयनका लागि गठित निर्देशक समिति कति सदस्यीय हुने व्यवस्था छ ?

(क) ११ जना

(ख) १३ जना

(ग) १५ जना



२१. शिक्षालाई समाजको अङ्गको रुपमा लिनुपर्दछ । यो भनाइ कसको हो ?

(क) इमाइल दुर्खिम

(ख) जोन डिवे

(ग) ओटाबे

(घ) रुसो


२२.नागरिकका कर्तव्यहरू के के हुन् ?

(क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु

(ख) संविधान र कानूनको पालना गर्नु तथा राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु

(ग) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु

(घ) माथिका सबै

 


२३. वर्तमान शैक्षिक संरचना अनुसार उच्च शिक्षाका कति तह रहेका छन् ?

(क) २ तह

(ख) ३ तह

(ग) ४ तह

(घ) ५ तह



२४.माध्यमिक शिक्षाका कुल सक्षमता कतिवटा छन् ?

(क) १५ वटा

(ख) ३६ वटा

(ग) ४० वटा

(घ) ४६ वटा


२५. शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तको लागि सिफारिस गर्न गठित समितिमा को को रहन्छन् ?

(क) लोक सेवा आयोगको अध्यक्ष

(ख) त्रिभुवन विश्वविद्यालयको उपकुलपति

(ग) मन्त्रालयको सचिव

(घ) माथिका सबै



२६. अनौपचारिक शिक्षा परिषद्को अध्यक्ष को हुने व्यवस्था रहेको छ ?

(क) शिक्षामन्त्री वा राज्यमन्त्री

(ख) अनौपचारिक शिक्षा हेर्ने अधिकृत

(ग) शिक्षा तथा मानव विकास स्रोत केन्द्रको प्रमुख

(घ) कार्यकारी निर्देशक, पा.वि. के.



२७. नेपालमा बालबालिकासम्बन्धी ऐन, २०४८ मा कहिले लालमोहर लगाइयो ?

(क) वि.सं. २०४७ जेठ ०७

(ख) वि.सं. २०४८ जेठ ०७

(ग) वि.सं. २०४९ जेठ ०७

(घ) वि.सं. २०५० जेठ ०७



२८.बेइजिङ १० नारी सम्मेलन कहिले भयो ?

(क) सन् १९९५

(ख) सन् २०००

(ग) सन् २००५

(घ) सन् २०१०



२९. काल्पनिक रूपमा सोच्ने, क्रियाशील रूपमा नयाँ विचार वा दृष्टिकोण खोज्ने समस्याहरू वा समाधान प्रवर्तनात्मक बनाउने र जोखिम उठाउने योग्यता कुन सिप अन्तर्गत पर्दछ ?

(क) प्रयोग सिप

(ख) सिकाइ सिप

(ग) रचनात्मक सोचाइ सिप

(घ) समालोचनात्मक सोचाइ सिप



३०. घटना अध्ययनको प्रमुख विशेषता कुन हो ?

(क) घटनाको पृष्ठभूमि, कारण, कारक तत्व, प्रभावको जस्ता पक्षको अध्ययन गरिने,

(ख) शिक्षण सिकाइमा नयाँ मान्यता तथा प्रविधि स्थापित हुने

(ग) औपचारिक वा अनौपचारिक दुवै तरिकाले सम्पन्न गर्न सकिने

(घ) माथिका सबै हुन् ।



३१. कार्यमूलक अनुसन्धान तत्कालीन समस्याको समाधान गर्ने उद्देश्यका साथ कार्यक्रम चलिरहेकै स्थानमा कार्यक्रम चलिरहेकै अवस्थामा गरिने अनुसन्धान हो, जुन शिक्षण क्षेत्रमा हुन्छ । यो भनाइ कसको हो ?

(क) सि.भि. गुड

(ग) इलिअट

(ख) वाट्स हेडी

(घ) मौली



३२.तलका मध्ये आधारभूत अनुसन्धानको विशेषता कुन होइन ?

(क) सिद्धान्त निर्माण

(ग) व्यावहारिक

(ख) निष्कर्षको सामान्यीकरण क्षमता

(घ) औपचारिकता



३३. विगतको घटना, अनुभव तथा कार्यमा केन्द्रित रही गरिने अध्ययन कुन हो ? .

(क) घटना अध्ययन

(ग) कार्यमूलक अनुसन्धान

(ख) आधारभूत अनुसन्धान

(घ) प्राज्ञिक अनुसन्धान



३४. कक्षाकोठामा सञ्चालन गरिने अन्तर्क्रियाबाट औचित्य पुष्टि गर्ने कथन कुन हो ?

(क) सहभागितामूलक सिकाइ संस्कृतिको विकास गर्न

(ख) आधुनिक बालकेन्द्रित तथा बालमैत्री तरिकाले शिक्षण सिकाइ हुने

(ग) शिक्षक र विद्यार्थी तथा विद्यार्थी विद्यार्थीबिच अनुभव आदानप्रदान गर्न

(घ) माथिका सबै



३५. बहुकक्षा बहुस्तर शिक्षण प्रक्रियामा स्वः सिकाइ समूहलाई कति प्रतिशत समय छुट्याइएको छ ?

(क) १० प्रतिशत

(ख) १५ प्रतिशत

(ग) २५ प्रतिशत .

(घ) ५० प्रतिशत



३६. विद्यालय सुधार योजना (SIP) निर्माण गर्न गठित कार्यदलमा कतिजना सदस्यहरू रहन्छन् ?

(क) तिन

(ख) चार

(ग) पाँच

(घ) छ



३७. सिकाइ सहजीकरणपश्चात् विद्यार्थीले प्राप्त गर्ने ज्ञान, सिप तथा अभिवृत्तिहरू कुन अङ्गमा समावेश गरिएको हुन्छ ?

(क) उद्देश्य

(ख) सामग्री

(ग) क्रियाकलाप

(घ) मूल्याङ्कन



३८. नयाँ सिद्धान्त निर्माण गर्नका लागि कुन विधि बढी उपयोगी मानिन्छ ?

(क) समस्या समाधान विधि

(ख) प्रश्नोत्तर विधि

(ग) खोज विधि

(घ) छलफल विधि



३९. परियोजनमा आधारित 'सिकाइबाट विद्यार्थीमा कुन सिपको विकास हुन्छ ?

(क) समालोचनात्मक चिन्तन

(ख) सिर्जनशिलता र सहकार्यात्मक सिकाइ

(ग) सहयोगात्मक क्रियाकलाप

(घ) माथिका सबै



४०. विद्यार्थीलाई कुनै तह वा कक्षाको प्रमाणपत्र दिनका लागि गरिने मूल्याङ्कन कुन हो ?

 (क) स्थान निर्धारण मूल्याङ्कन

ख) निदानात्मक मूल्याङ्कन

(ग) निर्माणात्मक मूल्याङ्कन

(घ) निर्णयात्मक मूल्याङ्कन


४१. शिक्षक तालिमका सन्दर्भमा कुन भनाइ सही छैन ?

(क) यो दक्षतामा आधारित हुन्छ ।

(ख) यो मूलतः छोटो समयको हुन्छ ।

(घ) यो सिप तथा प्रविधिमा आधारित हुन्छ ।

(ग) यो निरन्तर चलिरहने प्रक्रिया हो ।

 

४२. प्रमाणीकरण तालिम अन्तर्गत शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने मूल्यांकनमा लिखित परीक्षाका लागि कतिअङ्क छुट्याइएको छ ?

(क) २ अङ्क

(ख) ३ अङ्क

(ग) १० अङ्क

(घ) २५ अङ्क



४३. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार आधारभूत तहका शिक्षकले सम्बन्धी ज्ञान र सीप हासिल गरी पठनपाठनमा सोको प्रभावकारी प्रयोग गर्न सक्ने गरी शिक्षक तालिम र क्षमता विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

(क) बिषयगत शिक्षण पद्धति

(ख) बहुकक्षा शिक्षण पद्धति

(ग) कक्षा शिक्षण पद्धति

(घ) माथिका सबै



४४. विश्व स्वास्थ्य सङ्गठनले प्रस्तुत गरेका बालमैत्री विद्यालयका पक्षहरू कतिवटा रहेका छन् ?

(क) ७ वटा

(ख) ८ वटा

(ग) ९ वटा

(घ) १० वटा

 

४५. गुणस्तरीय शिक्षाका सन्दर्भमा युनिसेफले कति पक्षमा जोड दिएको पाइन्छ ?

(क) २ वटा

(ख) ३ वटा

(ग) ४ वटा

(घ) ६ वटा



४६. कुनै पनि कानुन निर्माण गर्दा बनेका मस्यौदालाई कस्ता अभिलेखअन्तर्गत राख्न सकिन्छ ?

(क) अति महत्वपूर्ण अभिलेख

(ख) महत्वपूर्ण अभिलेख

(ग) उपयोगी अभिलेख

(घ) कम उपयोगी अभिलेख



४७. विश्वसनीयतामा प्रभाव पार्ने बाह्रय तत्व कुन हो ?

(क) समूहको विविधता र वातावरणीय अवस्था

(ख) परीक्षार्थीको अनुमान

(ग) परीक्षार्थीमा आएको आकस्मिक परिवर्तन

(घ) माथिका सबै हुन् 



४८. निर्धारित विषयवस्तुको सम्पूर्ण क्षेत्र समावेश गर्न सक्ने गुण कस्ता प्रश्नमा रहन्छ?

(क) वस्तुगत प्रश्न

(ख) छोटो उत्तर आउने प्रश्न

(ग) लामो उत्तर आउने प्रश्न

(घ) विषयगत प्रश्न



४९. निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा १-५ सम्म ४० प्रतिशतभन्दा कमप्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ ?

(कं) क श्रेणी

(ख) ख श्रेणी

(ग) ग श्रेणी

(घ) घ श्रेणी



५०. विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार तोकिएको सक्षमताको मूल्याङ्कन पश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुतिलाई के भनिन्छ ?

(क) प्राप्ताङ्क

(ख) पाठ्यभार

(ग) अक्षराङ्कन

घ) कार्यघण्टा


लाइसेन्स 50 SET Question with answer Download Here




लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post