Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।


१. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षा अन्तर्गत विषयगत सिप सिकाइका क्षेत्र अन्तर्गत कुन पर्दैन ?

(क) शारीरिक सिप

 (ख) सामाजिक, सांस्कृतिक र नैतिक सिप

(ग) सिर्जनात्मक सिप

(घ) बौद्धिक तथा मानसिक सिप

 

२.कुनै निश्चित कोड भाषामा NEARER लाई AENRER तथा SYSTEM लाई SYSMET लेखिन्छ भने DIVIDEND लाई के लेखिन्छ ?

(क) DIVIDNED

(ख) IVIDDNED

(ग) IVDIDNED

(घ) IVIDDEND

 

३. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार आधारभूत तथा माध्यमिक विद्यालयका गुणस्तर मानक तथा सूचकहरूनिर्धारण गर्ने कार्य कसले गर्दछ

(क) संघीय शिक्षा मन्त्रालय

(ख) सम्बन्धित प्रदेश शिक्षा मन्त्रालय

(ग) शैक्षिक गुणस्तर परीक्षण केन्द्र

(घ) शिक्षा तथा मानव विकास स्रोत केन्द्र 


४. कार्यमूलक अनुसन्धानमा कुन चरणमा समग्र अनुसन्धान प्रक्रिया उपलब्धिमूलक भयो वा भएन भनी पुनरावलोकन  गरिन्छ ?

(क)योजना

(ख) कार्यान्वयन

(ग) अवलोकन

(घ) प्रतिविम्बन                 

 

५. नेपालमा सरकारी कागजात धुल्याउने निर्देशिका, २०२७ अनुसार अभिलेख कुन  होइन ?

क) काम सम्पन्न भएको १ वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख

ख) काम सम्पन्न भएको ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख

ग) काम सम्पन्न भएको १० वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख

घ) काम सम्पन्न भएको ३० वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख



 

६. वार्षिक रणनीतिक योजना (ASIP) लाई कुन योजनाको उदाहरण मान्न सकिन्छ ?

(क) अल्पकालीन योजना

(ख) मध्यकालीन योजना

(ग) दीर्घकालीन योजना

घ) माथिका सबै

 

७. प्रमाणीकरण तालिम अन्तर्गत शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने मूल्यांकनमा हाउस रूल पालनाका लागि कति अङ्क छुट्याइएको हुन्छ ।

(क) २ अङ्क

(ख) ३ अङ्क

(ग) १० अङ्क

(घ) २५ अङ्क

 

८.बालअधिकारका प्रमुख चार स्तम्भमा तलका मध्ये कुन पर्दैन ?

(क) बाँच्न पाउने अधिकार

(ग) शिक्षासम्बन्धी अधिकार

(ख) विकासको अधिकार

(घ) सहभागिताको अधिकार

 

९. विद्यार्थीहरूको विभिन्न गुणहरूको विकास जन्निका लागि न्यूनतमदेखि अधिकतमसम्मका सूचक प्रयोग गरिएको साधनलाई के भनिन्छ?

(क) श्रेणीमापन

(ख) रुजुसूची

(ग) अवलोकन

(घ) प्रयोगात्मक परीक्षा

 

१०. तल दिइएकोमा कुनचाहि फरक छ?

9678, 4572, 5261, 5133,3527, 6895, 7768

(क)4572

(ख)5133

(ग) 3527

(घ)7768

 

११. निबन्धात्मक प्रश्नका अवगुण तलका मध्य कुन होइन ?

(क) सबै एकाइबाट प्रश्न समावेश गर्न कठिन

(ख) परीक्षणमा विषयगत प्रभाव पर्न सक्ने

(ग) अनावश्यक गफ लेख्ने बानीको विकास

(घ) वस्तुगत अंकन गर्न सकिने

 

१२. समर्थकहरूका बिचमा भएका छलफल तथा अन्तक्रियाबाट शैक्षिक नीति, योजना तथा कार्यक्रमहरू निर्धारण गर्ने नेतृत्व कुनसँग सम्बन्धित छ ?

(क) निरङ्कुश नेतृत्व

(ख) प्रजातान्त्रिक नेतृत्व

(ग) स्वतन्त्र नेतृत्व

(घ) ख र ग दुवै

 

१३. राल्फ डब्ल्यू टेलरले पाठ्यक्रममा कतिवटा विषय तत्व हुने बताएका छन् ?

(क) दुई

(ख) तिन

(ग) चार

(घ) पाँच

 

१४. कुनै पनि व्यत्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा गरिएको छुवाछुत तथा भेदभावजन्य कार्यलाई कस्तो अपराधका रुपमा लिइन्छ ?

(क) गम्भीर जातीय अपराध

(ख) गम्भीर सामाजिक अपराध

(ग) गम्भीर सार्वजनिक अपराध

(घ) गम्भीर सांस्कृतिक अपराध

 

१५. मानव विकासका सन्दर्भमा असान्दर्भिक कथन कुन हो ?

 (क) परिपक्वता र सिकाइको परिणामबाट हुने सकारात्मक परिवर्तन

(ख) परिणात्मक र गुणात्मक दुवै पक्षलाई समेट्ने

(ग) गर्भाधानदेखि जीवनभर निरन्तर चलिरहने

(घ) प्रत्यक्ष देख्न र नाप्न सकिने

 

१६. प्रभावकारी सिकाइ सहजीकरणका लागि शिक्षण विधि छनोटको आधारमा तलका मध्ये कुन कम महत्वपुर्ण मानिन्छ ?

(क) शिक्षणीय विषयवस्तु

(ख) बालमनोविज्ञान

(ग) पाठगत उद्देश्य

(घ) शैक्षिक सामग्री

 

 

१७. बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ अनुसार बालमैत्री विद्यालयका पक्ष अन्तर्गत कुन पर्दैन ?

(क) प्रभावकारिता

(ख) समावेशीकरण

(ग) विद्यार्थी सहभागिता

(घ) विद्यालय व्यवस्थापन

 

१८. शिक्षकको पेसागत विकासका सन्दर्भमा कुन भनाइ सही छैन

(क) यो बाह्य पक्षसँग सम्बन्धित छ।

(ख) यो शिक्षकको आन्तरिक पक्षसँग सम्बन्धित छ।

(ग)यो शिक्षकको सचेतना र प्रविधिमा आधारित हुन्छ

घ) यो निरन्तर चलिरहन्छ ।

 

१९. विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न के गर्नुपर्दछ ?

(क) शिक्षकको शिक्षणीय कार्यकुशलतामा वृद्धि

(ख) विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा वृत्तिविकास हुने प्रणाली स्थापना

(ग) योजनाबद्ध शिक्षण, निरन्तर मूल्याङ्कन र उपचारात्मक शिक्षण

(घ) माथिका सबै

 

२०.पन्ध्रौ आवधिक योजना अनुसार सूचना तथा सञ्चार क्षेत्रको उदेश्य कुन होइन ?

(क) सबै नागरिकमा सञ्चार तथा सूचना प्रविधिको सहज पहुँच तथा उपयोग विस्तार गर्नु

(ख) सूचना प्रविधिमा सबै नागरिकको पहुँच गरी नागरिकको जीवनस्तरमा गुणात्मक परिर्वतन ल्याउने

(ग) सन्चार र सूचना प्रविधिको सेवालाई सर्वसुलभ, भरपर्दो र गुणस्तरीय बनाउनु

(घ) सञ्चार र सूचना प्रविधिमा आधारित उद्योगको विकास गरी रोजगारी वृद्धि गर्नु

 

२१. राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्ने समितिमा कति जना सदस्य हुन्छन् ?

(क) ३ जना

(ख) ५ जना

(ग) ४ जना

(घ) ६ जना

 

२२. शैक्षिक क्रियाकलापका लागि उपलब्ध शिक्षक, भौतिक साधन तथा स्रोत, कक्षाकोठा, विद्यार्थी, समय आदि पक्षहरूलाई उचित व्यवस्थापन गरी शिक्षण प्रक्रिया सन्चालन गर्ने प्रक्रियालाई के भनिन्छ।

(क) शैक्षणिक सङ्गठन

(ख) शैक्षणिक क्रियाकलाप

(ग) कक्षाकोठा व्यवस्थापन

(घ) सिकाइ संयोजन

 

२३. शिक्षाको कुनै एउटा पक्षको उद्देश्य पहिचान गर्न र ती उद्देश्यहरू कुन मात्रामा उपलब्ध भए भनी मूल्य निर्धारण गर्ने एउटा पूर्ण प्रक्रिया मूल्याङकन हो यो भनाइ कसको हो ?

(क) जेम्स एम. लि

(ख) थर्नडाइक र हेगन

(ग) क्रोनव्याक

(घ) ब्रिग्स र जस्टमेन

 

२४. बहुकक्षा बहुस्तर शिक्षण प्रक्रियाको अवधारणा ल्याउने संस्था कुन हो ?

(क) RIVRE

(ख) RIVER

(ग) REIVR

(घ) RIERV

 

२५. दैनिक समयतालिका वा कार्यतालिका निर्माण गर्ने जिम्मेवारी कसको हो

(क) वि.व्य.स.

(ख) प्रधानाध्यापक

(ग) विषय शिक्षक

(घ) विद्यालय

 

२६. कार्यमूलक अनुसन्धान कामको गुणस्तरमा सुधार ल्याउनको लागि गरिने सामाजिक अवस्थाको अध्ययन हो। यो भनाइ कसको हो ?

क) सि.भि गुड

(ख) वाट्स हेडि

ग)इलिअट

(घ) मौली

 

२७. साझा अनुभव, प्रवृत्ति, बानी र संस्कृति बोकेका व्यक्तिहरूको एकताबद्ध समूह समाज हो यो भनाइ कसको हो?

(क) हर्नवाई

(ख) सि.भि. गुड

(ग) सि.भि गुड

(घ) जोन डिवे

 

२८. पाठ्यक्रम र पाठ्यपुस्तकलाई प्रभावकारी कार्यान्वयन गर्नका साथै शिक्षण कार्यलाई सरल, सहज र जीवन्त बनाउन सहयोग पुर्याउने सहायक सामग्री कुन हो ?

(क) अभ्यास पुस्तिका

(ख) स्वाध्ययन सामग्री

(ग) शिक्षण सामग्री

(घ) शिक्षक निर्देशिका

 

२९. हाम्रो जीवनका महत्वपूर्ण घटनाहरू लामो समयसम्म पनि बिर्सन नसक्नुलाई कस्तो स्मृती भनिन्छ ?

(क) चेतन स्मृति

(ख) लघु स्मृति

(ग) दीर्घ स्मृति

(घ) माथिका सबै

 

३०. www को पुरा रुप के हो ?

(क) World Wide Web

ख) World Web Wide

(ग) World Wide Word

(घ) Word Wide World

 

३१.मानसिमा हुने सबै प्रकारका सबै स्तरका विभेदको न्यूनीकरण गर्न आरक्षण, प्राथमिकता तथा सकारात्मक विभेदको प्रयोग गर्नु के हो ?

(क) समता

(ख) समानता

(ग) माथिका दुवै

(घ) कुनै पनि होइन।

 

३२. निरन्तर विद्यार्थी मूल्याकन अन्तर्गत कक्षा १-५ सम्म ४० प्रतिशतदेखि ६९ प्रतिशतसम्म प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ ?

 (क) क श्रेणी

(ख) ख श्रेणी

(ग) ग श्रेणी

(घ) घ श्रेणी

 

३३. विद्यालय सुधार योजनामा आधारित अनुदान कार्यक्रम लागु गरिएका जिल्लाहरू कुन कुन हुन् ?

(क) झापा र चितवन

(ख) स्याङ्जा र बर्दिया

(ग) डडेल्धुरा

(घ) माथिका सबै

 

३४. अक्षरमा गरिएको विद्यार्थी मूल्याङ्कनको स्तरीकरणलाई अङ्कमा प्रस्तुत गरिएको अनुसाङखिक मानलाई के भनिन्छ ?

(क) स्तरीकृत अङ्क

(ख) प्राप्ताङक

(ग) श्रेणी वा ग्रेड

(घ) प्राताङकको वर्गान्तर

 

३५. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकन परिषद्को सदस्य सचिव को हुने व्यवस्था छ ?

(क) उपकुलपति, त्रि.वि.

(ख) मन्त्रालयको सचिव

(ग) कार्यकारी निर्देशक, पा.वि.के.

(घ) सदस्य राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने)

 

३६. शिक्षक सक्षमताको प्रारूप २०७२ अनुसार आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गरी निरन्तर सिकाइ र पेसागत विकासको लागि प्रतिबद्ध रहने विषय कुन सक्षमतासँग सम्बन्धित छ ?

(क) सूचना तथा सन्चार प्रविधि

(ख) सञ्चार तथा सहकार्य

(ग) सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन

घ) निरन्तर सिकाइ र पेसागत विकास

 

३७. Curriculum शब्दको सर्वप्रथम प्रयोग कहिले र कसले गरेका हुन् ।

(क) फ्रेकलिन बविटले सन् १९९८ मा

(ख) पेस्तालोजीले सन् १८१९ मा

(ग) जोन लकले सन् १८१९ मा

(घ) जोन डिवेले सन् १९१८ मा

 

३८.यदि रामले २० ओटा किताब किन्दा रु ५०० तिर्छ भने उसले ४० ओटा किताबको कति पैसा तिर्छ

(क)१२००

(ख) ८०००

(ग) ९५०

घ) १०००

 

 

३९.आधारभूत शिक्षाका कुल सक्षमता कति वटा छन् ?

(क) १२ वटा

(ख) ३६ वटा

(ग) ४० वटा

(घ) ४६ वटा

 

 

४०. कुन सिकाइ सिद्धान्तलाई Type-2 Learning or R-Type Learning Theory का नामले पनि चिनिन्छ

(क) शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्त

(ख) कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त

(ग) प्रयत्न र भूल सिकाइ सिद्धान्त

(घ) अन्तदृष्टि सिकाइ सिद्धान्त

 

४१.शिक्षा मन्त्रालयमा तथ्यांक प्रशोधन कार्यमा कम्प्युटरको प्रयोग कहिलेबाट सुरुवात भयो ?

(क) आ.व. २०४०/०४१

(ख) आ.व. २०४१/०४२

(ग) आ.व. २०४२/०४३

(घ) आ.व. २०४३/०४४

 

 

४२.अभ्यासको क्रममा सिकारुलाई पुनर्बल प्रदान गरिन्छ भने त्यसलाई कस्तो अभ्यास भनिन्छ ?

(क) सघन अभ्यास

  (ख) पुनर्बलिय अभ्यास

(ग) अन्ध अभ्यास

(घ) पुर्ण अभ्यास

 

४३. शैक्षिक उद्देश्यअन्तर्गत मनोक्रियात्मक क्षेत्रका तहहरूको क्रम कुन हो ?

(क) ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याकन

(ख) प्राप्त गर्नु प्रतिक्रिया जनाउनु मान्यता दिनु ,सङगठन र चारित्रीकरण

(ग) प्रत्यक्षीकरण, तयार, निर्देशित प्रक्रिया, यान्त्रिकरकण, जटिल कार्यको प्रतिक्रिया र मौलिकपन

(घ) कुनै पनि होइनन्।

 

 

४४. अभिलेखका पिता भनेर कसलाई चिनिन्छ ?

(क) एम. एम. जोन्सन 

(ख) विलियम जोन्स

(ग) एस.पि.कार्टर

(घ) अल्वर्ट सेचेहाय

 

४५. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार राष्ट्रिय पाठ्यक्रमको प्रारूप पाठ्यक्रम मानक तथा मापदण्ड, मूल विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक र नमूना पाठ्यपुस्तक विकास, शिक्षण तथा प्रशिक्षण मानकको निर्धारण कसले गर्दछ ?

(क) संघीय सरकार

(ख) प्रदेश सरकार

(ग) स्थानीय तह

घ) माथिका सबै

 

४६.नेपालको संविधानमा भाग ४ मा के को व्यवस्था गरिएको छ ?

(क) मौलिक हक र कर्तव्य

(ख) राज्यका प्रमुख सिद्धान्त र नीति

(ग) राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

(घ) राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड

 

 

४७. कार्यमूलक अनुसन्धानका चरण कति रहेका छन् ?

(क) ३ चरण

(ख) ४ चरण

(ग) ५ चरण

(घ)६ चरण

 

४८.Andralogy का प्रतिपादक को हुन् ?

(क) इभान इलिच

(ख) रोनाल्ड डोर

(ग)पाउलो फ्रेरे

(घ) माल्कम नोल्स

 

४९. एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) लक्षित समूह छलफलबाट कति प्रतिशत सिकाइ हुन्छ ?

(क) ३० प्रतिशत

(ख) ५० प्रतिशत

(ग)७५ प्रतिशत

(घ) १० प्रतिशत

 

५०. घटना अध्ययनमा तथ्यांक संकलनका स्रोतमा कुन पर्दछ ?

(क) व्यक्तिगत अभिलेख

  (ख) अटोवायोग्राफी

(ग) विभिन्न फाइल तथा चिठिपत्र

(घ) माथिका सबै


लाइसेन्स 50 SET Question with answer Download Here




लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post