Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।


१. पाठ्यक्रम तथा पाठ्यपुस्तक  विकास तथा वितरण निर्देशिका, २०७६ अनुसार  स्थानीय पाठ्यक्रम विकास गर्दा सहजीकरण कसले  गर्दछ?

(क) संघ

(ख)  प्रदेश

(ग) स्थानीय तह

(घ) क र ख दुवै 


२. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा ४-५) को मातृभाषिक सिप तथा स्थानीय  विषयवस्तु सम्बन्धी क्रियाकलापको लागि वार्षिक कार्यघण्टा कति छुट्याइएको छ?

(क) १२४ पाठ्यघण्टा

(ख) १२८ पाठ्यघण्टा

(ग) १४२ पाठयघण्टा

(घ) १६०पाठ्यघण्टा



३ . राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ९-१० का अनिवार्य विषय कति रहेका छन्‌

(क) ६ ओटा

(ख) ५ वटा

(ग)७ वटा

(घ) ९ वटा 



४. पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका, २०७६ अनुसार पाठयक्रम विकासका चरण कति छन्?

(क) ५ वटा

(ख) ८वटा

(ग) ६ वटा

(घ) ७ वटा

 

५. सिकाइ सहजीकरणमा शिक्षण विधि छनोटको प्रमुख आधार कुन हो ?

(क) शिक्षणीय विषयवस्तु

(ख) बालमनोविज्ञान

(ग) विद्यार्थीको पूर्वज्ञान

(घ) माथिका सबै




६. शिक्षण विधि छनोट  गर्दा कुन विषय कम महत्वपूर्ण देखिन्छ ?

क) शिक्षणीय उद्देश्य

(ख) शिक्षण सामग्री

(ग) कक्षाकोठाको वातावरण

(घ) शिक्षकको सक्षमता

 

७.सानो बच्चालाई खेलौना दिँदा मुखमा हाल्नुलाई के को उदाहरण मानिन्छ ?

(क) सम्मिलन

(ख) सम्झौता

(ग) अनुकूलन

(घ) सन्तुलन

 

८. शिक्षा र समाजबिचको अन्तरसम्बन्धका बारेमा तलका कथन विचार गर्नुहोस्‌

(१)शिक्षा र समाज एक अर्काको विकासका लागि प्रमुख आधार हुन्‌ ।

(२)समाजको आर्थिक, भौतिक, वैज्ञानिक, प्राविधिक, राजनैतिक विकासको लागि शिक्षा अपरिहार्य हुन्छ।

(3) शिक्षाले समाजलाई र समाजले शिक्षालाई गतिशील बनाएका हुन्छन्‌ ।

(४) समाज परिवर्तनको कारकको रुपमा शिक्षा रहेको हुन्छ।

 

(क) १ र २ ठिक ३ र ४ बेठिक

(ख) १, २ र ३ ठिक ४ बेठिक

(ग) १, ,३ र ४ ठिक

(घ)१ र ३ ठिक २ र ४ बेठिक

 


९. तलका कथन अध्ययन गरी विचार गर्नुहोस्‌ ।

१. विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको एकमात्र स्रोत समुदाय हो ।

२. बालबालिकाको सामाजिकीकरणमा समुदाय र विद्यालयको महत्वपूर्ण भूमिका रहेको छ।

३. विद्यालय समुदायको ऐना हो र समाजमा भएको बिवधता तथा स्वरुप विद्यालयमा झल्किन्छ।

४. विद्यालयको विकासमा समाजको र समाजको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ।

(क) १ र २ ठिक ३ र ४ बेठिक

(ख)१, २र्‌ ३ ठिक ४ बेठिक

(ग) २, ३र ४ ठिक ३ र१ बेठिक

(घ) १, , ३ र ४ सबै ठिक

 


१०. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार विषयवस्तुको प्रकृति, विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नतालई ख्याल गरी उपयुक्त शिक्षण विधिको छनोट गर्ने विषय कुन सक्षमतासँग सम्बन्धित छ ?

(क) शिक्षणका सिकाइका तौर तरिका सम्बन्धी ज्ञान

(ख) सूचना तथा सञ्चार प्रविधि

(ग) विषयवस्तुको ज्ञान

(घ) निरन्तर सिकाइ र पेसागत विकास

 


११. तलका  मध्ये Re search को शाब्दिक अर्थ कुन हो ?

(क) खोजी गर्नु

(ख) परीक्षण गर्नु

(ग) तथ्य विश्लेषण

(घ) नयाँ तथ्य पत्ता लगाउनु

 


१२. कम्प्युटरमा प्रयोग  भएका देख्न र छुन सकिने भौतिक सामग्रीलाई के भनिन्छ ?

(क) हार्डवेयर

(ख) सफ्टवेयर

(ग) हार्डवेयर र सफ्टवेयर

(घ) कुनै पनि होइन



१३. सूचना तथा सञ्चार प्रविधि नीति  २०७२ मा शिक्षासँग सम्बन्धित रणनीति कुन हो ?

(क) अनलाईन सिकाइ पद्धतिको विकास एवम्‌ प्रयोग गरिने

(ख) शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने

(ग) सूचना तथा सञ्चार प्रविधि पाठयक्रम तथा दक्षता प्रमाणीकरण पद्धतिको विकास गरी: लागू गरिने

(घ) माथिका सबै 



१४. प्राप्तांकको कुल योगलाई प्राप्तांक संख्याले भाग गर्दा आउने अंकलाई तलका मध्ये कुनले जनाउँछ ?

( क) मध्यक

(ख) बहुलक

(ग) स्तरीय भिन्नता

(घ) मध्यिका



१५. In a class Rabin got the 16th rank and he was 29st from the bottom of the list of boys passed. Six boys did not take the examination and five failed. How many students were there in the class?

(क) 58

(ख) 55

(ग) 54

(घ) 44 



१६.  If the given words are arranged in English alphabetical order, which one of the following that comes last?

(क) Dictate

(ख) Dictum

(ग) Dictionary

(घ) Dictation 



१७.  What will comes in place of question mark (?) in the following series :GPW, GPUW, GIPUW, GIPSUW ,  ?

(क) GIHOSUW

(ख) GIPQSUW

(ग) GIKPSUW

(घ) GIJPSUV



१८. शिक्षण पेसामा प्रवेश गर्नका लागि अध्यापन अनुमतिपत्र लिनुपर्ने व्यवस्था शिक्षा ऐनको कतिऔं संशोधनले गरेको हो ?

(क) पाचौँ संशोधन

(ख) छैठौँ संशोधन

(ग) सातौँ सशोधन

(घ) आठौँ संशोधन.

 

 

१९.प्रमाणीकरण तालिममा सहभागी भएको शिशकले ९० अङ्कभन्दा बढी प्राप्त गरेको   छ भने त्यसलाई कुन श्रेणीमा राखिन्छ?

(क) विशिष्टतासहितको प्रथम श्रेणी

(ख) प्रथम श्रेणी

(ग) द्वितीय श्रेणी

(घ) सफल

 

२०.राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार आवश्यकताका आधारमा ...........  पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अद्यावधिक गरिनेछ ?

(क) प्रत्येक बर्ष

(ख) ५ वर्षमा

(ग) ८ वर्षमा

(घ) १० वर्षमा

 

२१.शिक्षा नीति, २०७६ अनुसार शिशकको निरन्तर पेशागत विकास कार्यलाई के सँग आबद्ध गरिनेछ?

(क) विद्यार्थी सिकाइ उपलब्धी

(ख) शिक्षकको वृत्ति विकाश

(ग) शिक्षकको कार्यसम्पादन

( घ) सिकाइ सहजीकरण प्रक्रिया

 


२२. बालमैत्री विधालय राष्टिय प्रारुप २०६७ अनुसार प्रति विधार्थी न्यूनतम कति क्षेत्रफल भएको कक्षाकोठा हुनुपर्ने व्यवस्था गरेको छ ?

(क) 0.५०वर्गमिटर

(ख) ०.७५ वर्गमिटर

(ग) १.०० वर्गमिटर

(घ) १.२५ वर्गमिटर

 


२३. एउटा  फाइलमा के के कागजातहरू छन भनी थाहा दिने प्रयोजनका लागि तयार पारिएको विषयसूचीलाई के भनिन्छ?

(क) फाइलिङ

(ख) पञ्जिका

(ग) अनुक्रमणिका

(घ) टिप्पणी 



२४.नेता आफैँले शैक्षिक नीति, योजना तथा कार्यक्रमहरू निर्धारण गर्ने नेतृत्व तलका मध्ये कुनसँग सम्बन्धित छ ?

(क) निरङ्कुश नेतृत्व 

(ख) प्रजातान्त्रिक नेतृत्व

(ग) स्वतन्त्र नेतृत्व

(घ) विकेन्द्रीकृत नेतृत्व



२५. नेपालको संविधानले राष्ट्रभाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ ?

(क) नेपालमा बोलिने मातृभाषाहरू राष्ट्रभाषा हुन्‌ । 

(ख) नेपालका सबै राष्ट्रभाषाहरू मातृभाषाहरू हुन्‌।

(ग) नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्‌ |

(घ) नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रिय भाषा हुन्‌ |

 

२६. शिक्षा ऐन, २०२८ को आठौँ संशोधन कहिले भयो ?

(क) वि.सं. २०७४/०७/०६

(ख) वि.सं. २०७३/०३/१५

(ग) वि.सं. २०५८/१०/२५

(घ) वि.सं. २०५५/१०/०१

 

२७.नेपाल सरकारले समुदायमा के के कामका लागि सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्ने छ ?

(क) साक्षरता

(ख) सिप विकास

(ग) निरन्तर सिकाइ

(घ) माथिका सबै

 

२८.प्राथमिक तहको शिक्षकलाई कति महिना बराबरको तलब रकम उपचार खर्च वापत दिइने व्यवस्था छ ?

(क) आखिरी १२ महिन

(ख) आखिरी १८ महिना

(ग) आखिरी २१ महिना

(घ) आखिरी २४ महिना . 



२९.निम्न माध्यमिक विद्यालयको नामाकरण आफ्लो नामबाट गर्न विद्यालयलाई कति संहयोग गर्नुपर्दछ ?

(क) १० लाख रुपैयाँ वा सो बराबरको घर वा जग्गा

(ख) २० लाख रुपैयाँ वा सो बराबरको घर वा जग्गा

(ग) ३० लाख रुपैयाँ वा सो बराबरको घर वा जग्गा

(घ) ३५ लाख रुपैयाँ वा सो बराबरको घर वा जग्गा

 

३०.शिक्षकको कार्य सम्पादनको मूल्यांकन गर्दा अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिवापत प्रतिवर्ष कति अंक दिने व्यवस्थाछ? .

(क) १ अंक

(ख) २अंक

(ग) ३ अंक

(घ) ५ अंक

 

३१.राष्टिय शिक्षा नीति, २०७६ अनुसार प्रारम्भिक बालविकास कार्यक्रममा सहभागी हुने बालबालिकाहरूको उमेर कुन ?

(क) ३ वर्ष उमेर पुरा भएका

(ख) ४ वर्ष उमेर लागेका

(ग) ४ वर्ष उमेर पुगेका

(घ) ५ वर्ष उमेर पुरा भएका

 

३२.बालमैत्री विद्यालयमा अभिभावकको भूमिका कस्तो हुनुपर्दछ ?

(क) विद्यालय, शिक्षक र विद्यालय व्यवस्थापन समितिप्रति सकारात्मक भावना राख्नुपर्ने

(ख) विद्यालयमा शैक्षिक तथा बालमैत्री बाताव्ररण निर्माण गर्न प्रअ तथा वि.व्य.स.लाई सल्लाह दिने

(ग) विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा अभिभावक प्रत्यक्ष सहभागी हुनुपर्ने

(घ) माथिका सबै

 


३३.  मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ अनुसार कुन शिक्षा अनिवार्य हुनेछ ?

(क) प्रारम्भिक शिक्षा

(ख) प्राथमिक शिक्षा

(ग) आधारभूत शिक्षा

(घ) माध्यमिक शिक्षा

 

३४.साक्षरोत्तर शिक्षा पूरा गरेका व्यक्तिहरूलाई दिइने शिक्षा कुन हो ?

(क) आधारभूत प्रौढ साक्षरता शिक्षा

(ख) साक्षरोत्तर शिक्षा

(ग) निरन्तर शिक्षा

(घ) वैकल्पिक शैक्षिक कार्यक्रम

 

३५. विस्मरणका शारीरिक कारण के के हुन्‌ ?

(क) मानसिक आघात र संवेगात्मक तनाव

(ख) सिकारुको स्वास्थ्य, उमेर र निद्राको कमी

(ग) स्मरण गर्ने इच्छा नहुनु र मादक पदार्थ सेवन

(घ) माथिका सबै

 

३६. मनोविज्ञानलाई आत्माको विज्ञानको रुपमा स्वीकार गर्ने विद्वान्‌ को हुन्‌ ?

(क) डेमोक्रेटस

(ख) प्लेटो

(ग) असस्तु

(घ) माथिका सबै

 

३७. मानव विकासको चरणमा नवजात शिशु अवस्थाका मुख्य समायोजनहरू के के हुन्‌ ?

(क) तापक्रम परिवर्तन

(ख) श्वासप्रश्वास क्रिया र उत्सर्जन क्रिया

(ग) चुस्ने र निल्ने क्रिया

(घ) माथिका सबै



३८.नागरिक वडापत्रको सुरुवात कुन देशबाट भएको मानिन्छ ?

(क) बेलायत

(ख) अमेरिका

(ग) जर्मन

(घ) जापान

 

३९. शिक्षण सुधार योजना (TIP) निर्माणमा  मुख्य भूमिका कसको रहेको हुन्छ ?

(क) स्थानीय तह

(ख) विद्यालय व्यवस्थापन समिति

(ग) प्रधानाध्यापक

(घ) विषय शिक्षक

 

४०.दैनिक पाठयोजनाको  उद्देश्य निर्माण गर्दा मुख्यत कुन पक्षमा जोड दिइन्छ ?

(क) ज्ञान

(ख) सिप

(ग)अभिवृत्ति

(घ) माथिका सबै

 

४१. सिकाइ सहजीकरणपश्चात्‌ विद्यार्थीले प्राप्त गर्ने ज्ञान, सिप तथा अभिवृत्तिहरू कुन अङ्कमा समावेश गरिएको हुन्छ ?

(क) उद्देश्य

(ख) सामग्री

(ग)क्रियाकलाप

(घ) मूल्याङ्कन

 

४२. सिकाइ सहजीकरणको क्रममा शिक्षणीय विषयवस्तुप्रति ठोस धारणा बसाल्नका लागि कुन पक्षको प्रयोग बढी उपयोगी मानिन्छ ?

(क) दैनिक पाठयोजना

(ख) विषयवस्तुको व्याख्या विश्लेषण

(ग) शैक्षिक सामग्री

(घ) कक्षाकोठा व्यवस्थापन

४३. पाठ्यक्रमलाई ज्ञानको भण्डार मान्ने धारणा कस्तो पाद्यक्रमले राख्दछ ?

(क) विषयवस्तुका रुपमा पाठ्यक्रम

(ख) सिकाइ अनुभवका रुपमा पाठयक्रम

(ग) उद्देश्यका रुपमा पाठ्यक्रम

(घ) शैक्षणिक प्रक्रियाका रुपमा पाठ्यक्रम

 

४४. जबसम्म सिकारु सिक्नका लागि जागरुक हुँदैन तबसम्म सिकाइ सम्भब हुँदैन। यो भनाइ कसको हो ?

(क) डम्भिल

( ख) जोन डिवे

(ग) पेस्तालोजी

( घ) कमेनियर 



४५. शैक्षिक मूल्याङ्कनको मुख्य उद्देश्य कुन हो ?

(क) विद्यालयका कार्यहरूको प्रभावकारिता कायम गर्नु

(ख) शिक्षण र सिकाइ सुधारका लागि निर्देशन दिनु

(ग) विद्यार्थीहरूलाई विद्यालयमा ल्याउनु

(घ) पाठ्यक्रमको उद्देश्य पुरा गर्नु 



४६. Lina  and Grounlundaले विभाजन गरेका मूल्याङ्कनका प्रकार कुन होईन्?

(क) स्थान निर्धारण मूल्याङ्कन

(ख) निदानात्मक मूल्याङकन

(ग) निर्माणात्मक मूल्याङ्कन

(घ ) प्रयोगात्मक मूल्याङकन 



४७. एक शैक्षिक सत्रभित्र विद्यार्थीहरूले प्राप्त गरेका ज्ञान, सिप तथा धारणाका आधारमा उत्तीर्ण वा अनुतीर्ण छुट्याउनु वा श्रेणी निर्धारण गर्नु कस्तो मूल्याङ्कन हौ ?

(क) स्थान निर्धारण मूल्याङ्कन

(ख) निदानात्मक मूल्याङकन

(ग) निर्माणात्मक मूल्याङकन

(घ) निर्णयात्मक मूल्याङकन

 

४८.समानताको गुणाङ्कका आधारमा विश्वसनीयता गणना गर्ने विधि कुन हो ?

(क) परीक्षण पुनःपरीक्षण विधि

(ख) समानान्तर प्रारुप विधि

(ग) अर्धविभाजन विधि

(घ) कुडर रिचार्डसन विधि

 

४९.परीक्षणबाट प्राप्त नतिजालाई पछि गरिने कार्यको नतिजासँग तुलना गर्दा उच्च सहसम्बन्ध देखाउँछ भने त्यस परीक्षणमा कुन वैधता भएको मानिन्छ ?

(क) भविष्यवाणीमा आधारित वैधता

(ख) समवर्ती वैधता

(ग) भूतकालमा आधारित वैधता

(घ) कुनै पनि होइन



५०. कार्यमूलक अनुसन्धानको अवलाेकन कार्यमा कुन कार्य गरिन्छ?

(क) समस्या पहिचान र योजना निर्माण

(ख) निर्मित योजनाको कार्यान्वयन

(ग) गरिएका कार्यहरूको लेखाजोखा

(घ) प्रतिविम्बन र सुधार 


लाइसेन्स 50 SET Question with answer Download Here




लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।




Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post