नेपाल सरकार शिक्षक सेवा आयोग
बढुवा सवै तहको प्रथम र द्वितीय तह (दुवै ) का लागि
नमुना विषयगत प्रश्न - उत्तरसहित
खण्ड ख -विषयगत प्रश्न (६ x १० = ६०)
तलका प्रश्नको उत्तर दिनुहोस् ।
१.शिक्षक तथा शिक्षक पेसागत समुहबिच आपसि सहयोग र सहकार्य भन्नाले के बुझिन्छ ? यसका क्षेत्रहरू उल्लेख गर्नुहोस् ।
उत्तरः एकले अर्कालाई सघाउनु सहयोग हो भने दुवै पक्ष मिलेर कार्य गर्नु सहकार्य हो । शिक्षकहरूको हक हित र उन्नयनका लागि वैधानिक रूपमा प्रचलित कानुन बमोजिम खोलिएका समूहहरू नै शिक्षकको पेसागत समूहहरू भनिन्छ । शिक्षक र शिक्षकको पेसागत समूहहरूबिच शिक्षण पेसालाई मर्यादित र अनुकरणीय पेसा बनाउनका लागि आपसी सहयोग र सहकार्य आवश्यक पर्दछ । शैक्षिक क्षेत्रमा देखिएका कुनै पनि समस्या समाधान गर्नको निम्ति शिक्षकसँग सम्बद्ध समूहहरू र शिक्षकबिच एक अर्कामा सहयोग र सहकार्यको आवश्यकता पर्दछ।
यसका क्षेत्रहरू
क.SIP निर्माण
ख.स्थानीय निकायबिचको सम्बन्ध
ग.शैक्षिक पत्रिका प्रकाशन र प्रसारण
घ. शैक्षिक गुणस्तर बृद्धि
ङ.शिक्षकको सेवा सर्त र सुविधा
च.पेसागत अनुशासन
छ.शिक्षकको सामुहिक हित
ज.शिक्षकको क्षमता अभिबृद्धि
झ.विशेषज्ञ सेवा उपलब्धता आदि
२.विविधता व्यवस्थापन भनेको के हो ? कक्षाकोठामा विविधताव्यवस्थापन गर्ने उपायहरुको चर्चा गर्नुहोस ? १०
विविधता व्यवस्थापन : हाम्रो समाजको बनौट वहुपहिचानयुक्त रहेको छ । समाजको सानो रुप (Miniature society) विद्यालयलाई मानिन्छ । कक्षाकोठामा भाषा, जाति, वर्ग, लिगं, शारिरीक,सामाजिक, आर्थिक अवस्थाका अतिरिक्त सिकाई क्षमताका दृष्टिकोणले समेत विविधता भेटिन्छ । यो विविधतालाई शिक्षकले सहज रुपमा स्वीकार गर्ने, विधितालाई सम्मान गर्ने र सवै वालवालिकाहरुलाई आफ्नो क्षमता अनुसार सिकाईमा सहभागि हुने र सिक्ने मौका प्रदान गर्ने अनुकुल वातवरणको सृजना गर्नु नै कक्षाकोठामा विविधता व्यवस्थापन हो।
कक्षाकोठामा पाइने विविधता (diversity) लाई Tolorate नगरी Celebrate गर्दै हरेक बालवालिकाहरुले सिक्न सक्दछन र सिक्ने अधिकार भएका व्यक्ति हुन भन्ने मान्यतालाई आत्मासाथ गर्दै कक्षाकोठामा सवै प्रकारका विविधता भएका बालवालिकाहरुलाई समान रुपले फुल्ने, फक्रने र क्षमता अनुसार सिक्ने वातवरण सृजना गर्न गरिने व्यवस्थापकिय कार्य नै विविधता व्यवस्थापन हो ।
कक्षाकोठामा विविधता व्यवस्थापन गर्ने उपायहरु
१. विद्यालयका भवन,कक्षाकोठा, प्रविधि सवैखाले वालवालिकाहरुलाई सम्वोधन गर्ने गरी प्रवन्ध मिलाउने जस्तै अपांगका लागि राम, दृष्टिविहिनका लागि ब्रेल लिपि, तल्लो कक्षामा विभिन्न भाषाभाषिका वालवालिकाहरुका लागि मातृभाषामा सिक्ने अवसर
२. विद्यार्थीहरुमा भएको विविधतालाई उजागर, प्रतिभा पहिचान अवसर र विकास बालवालिकाहरुमा समेत एक अर्काको कदर र सम्मान गर्ने वानीको विकास गराउने,
३. कक्षाकोठा व्यवस्थापन र सिकाईका क्रियाकलापहरुमा समावेशीताको सुनिश्चितता र भेदभावरहित उदाहरणको प्रस्तुती गर्ने
४. कक्षाकोठामा आचार संहिता निर्माण, सकरात्मक अनुशासन विधिको अवलम्वन , गुनासो सुनुवाई सयन्त्र , लैडिंक सम्पर्क व्यक्ति
५. विविधतालाई स्वीकार्ने र सम्मान गर्ने वानिको विकास गर्ने
६. बालवालिकाहरुको वैयक्तिक भिन्नतालाई बुझने र सोहिअनुरुपको व्यवहार पर्दशन गर्ने,
७. शिक्षकले शिक्षण योजना निर्माण, सामग्री चयन, सिकाई क्रियाकलाप र मुल्याकनमा समेत विविधता र लचकता अपनाउने,
निष्कर्ष : विद्यालयहरु खाली शैद्धान्तिक ज्ञान मात्र प्रदान गर्ने स्थान होइनन् यि त बालवालिकाहरुलाई जीवनोपयोगी सीप, व्यवहार र संस्कार सिकाउने थलो समेत हुन । बाल्यअवस्थामै कक्षाकोठामा फरक क्षमता र विविधतालाई स्वाभाविक रुपमा स्वीकार गर्ने, सहयोग समानुभूति प्रकट गर्ने वानीको विकासले भावि जीवनमा समेत यस्को सकरात्मक प्रभाव देखिन्छ । विविधता व्यवस्थापनले कक्षाकोठा देखिने विभेद , हिसां र वहिस्करणको अन्त्य मात्र गर्दैन फरक प्रकृतिका वालवालिकाहरुको हौसला बढोत्तरी, मनोवल उकास्ने क्षमता प्रस्फुटन र पर्दशनको अनुकुल वातावरणको सृजना गर्नमा समेत वल पुराउछ । त्यसैले आजकल कक्षाकोठा व्यवस्थापनको सार (Crux) को रुपमा विविधता व्यवस्थापनलाई स्वीकार गरिएको पाइन्छ ।
३. शिक्षा ऐन, २०२८ अनुसार सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई कस्तो अवस्थामा पद मुक्त गर्ने व्यवस्था छ? । उल्लेख गर्नुहोस् ।
उत्तरः शिक्षा ऐन २०२८ अनुसार सामुदायिक विद्यालय भन्नाले सरकारले नियमित रूपमा अनुदान दिएर सञ्चालित विद्यालयलाई बुझिन्छ । सरकारले नियमित रूपमा दिइने अनुदान प्राप्त गर्ने यस्ता विद्यालयहरू नियमित रूपमा शिक्षण गर्नका निम्ति शिक्षकको व्यवस्था गरिएको हुन्छ भने प्रशासनिक कार्यका लागि कर्मचारी समेतको व्यवस्था गरिएको हुन्छ । तर शिक्षक तथा कर्मचारी स्वेच्छाचारी भएमा शिक्षा ऐनमा हटाउने व्यवस्था गरिएको छ :
देहायका अवस्थामा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ
क. पदीय दायित्व पूरा नगरेमा,
ख.बिना सूचना लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा,
ग.विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा,
घ.नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा,
ङ.सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा,
च. शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा
यो उत्तर नमुनाको रूपमा तयार पारिएको हो । हजुरलाई कस्तो लाग्यो सुझाव दिन नभुल्नुहोला siknethaloplus@gmail.com मा ।यदि राम्रो लाग्यो भने आफ्ना साथीलाई पनि भन्नुहोला अनि अनिवार्य Share गरेर सहयोग गर्नुहोला ।
Post a Comment
आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :