Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।


1. घुम्ती विद्यालय सञ्चालन सम्बन्धी व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो ?

A. सातौं

B. आठौं

C. नवौं

D. छैटौं



2. शिक्षा नियमावली, २०५९ (संशोधनसहित ) अनुसार प्रधानाध्यापक नियुसक्तका आधारमा देहायको कुन पर्दैन ?

A. अध्यापन गरेको विषयमा प्राप्त नतिजा

B. सूचना प्रविधिको ज्ञान

C. नेतृत्व लिने क्षमता

D. तालिम



3. शिक्षकको बढुवाको लागि कार्यक्षमता मूल्याङ्कन गर्दा नोकरीको ज्येष्ठताबापत कति अंक छुट्याइएको छ ?

A. ३५

B. ३०

C. २५

D. २०



4.  विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ?

A. चीन

B. जापान

C. संयुक्त राज्य अमेरिका

D. बेलायत




5. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने SIS को पुरा रुप के हो ?

A. Special Information System

B. Social Networking Information system

C. Specific Information System

D. Subjective Information System



6. पहिलो पिँढीको कम्प्युटर देहायकामध्ये कुन हो ?

A. IBM-1401

B. CDC-1604

C. ICL-2900

D. EDSAC



7. तलको कुन संख्यासँग 4/9 जोड्दा परिणाम प्राकृतिक संख्या (Natural number) आउँछ ?

A. 2/9

B. 3/9

C. 5/9

D. 7/9



8. यदि आयतको लम्बाई र चौडाईलाई क्रमशः दोब्बर र आधा बनाउने हो भने क्षेत्रफलमा पर्ने प्रभाव कति हुन्छ ?

A. 5%

B. 10%

C. 15%

D. 0%



9. गुणस्तरीय शिक्षाको अधिकार अन्तर्गत कुन पर्दछ ?

A. शिक्षामा उपलब्धता र पहुँच

B. अधिकारमा आधारित सिकाइ र मुल्याङ्कन

C. अवसरको समानता

D. पहिचानको सम्मान



10. विद्यालय क्षेत्र सुधार योजना (२०६६ -०७२ ) ले प्रत्येक कक्षामा बढीमा कति जनाभन्दा बढी विद्यार्थी हुन नहुने व्यवस्था गरेको छ ?

A. ३० घण्टे

B. ४०

C. ३५

D. ५०



11. अभिलेख व्यवस्थापनको पहिलो प्रक्रियाा ... हो ।

A. विनाश

B. स्थगन

C. उपयोग

D. सिर्जना



12. शिक्षकले कक्षाकोठा व्यवस्थापन प्रक्रियालाई सकेसम्म .. बनाउनुपर्दछ ?

A. सरल

B. जटिल

C. पारदर्शी

D. जवाफदेही



13. व्यवस्थापनका कार्यलाई योजना, संगठन, निर्देशन, समन्वय र नियन्त्रणका रुपमा कसले उल्लेख गरेको हुन् ?

A. जेम्स एल लुन्डी

B. जर्ज आर टेरी

C. हेनरी फेयोल

D. स्टेफन रबिन्स



14. अर्ध स्थूल सामग्री कुन हो ?

A. विरुवा

B. रेलिया

C. कम्प्युटर

D. नक्सा



15. शिक्षाका उद्देश्यहरु प्राप्त गर्न विद्यालयद्धारा योजनाबद्ध र निर्देशन गरिएका विद्यार्थीका सम्पूर्ण क्रियाकलापलाई पाठ्यक्रम भनिन्छ । यो कसको भनाइ हो ?

A. टायलर

B. टावा

C. क्रो एण्ड क्रो

D. वेरेट चार्टर



16. संसारको पहिलो इलेक्ट्रोनिक कम्प्युटर कुन हो ?

A. ENIAC

B. UNIVAC

C. EDVAC

D. माथिका सबै



17. Excel मा आधारित School level EMIS (IEMIS) सफ्टवेयरमा शैक्षिक सैत्र २०७८ देखि थप गरिएको बटन कुन हो ?

A. Physical

B. Subjects

C. EiE

D. Misc



18. प्रश्नवाचक चिन्ह भएको ठाउँमा विकल्पबाट उपयुक्त शब्द छनौट गर्नुहोस् ।

 पंक्षीविद : पंक्षी : : पुरातत्वविद : ?

A. जलजन्तु

B. जन्तु

C. खनिज

D. मानव कृति



19. सही विकल्प छनौट गर्नुहोस्

AHOP: CKSU : : RIME : ?

A. EZUQ

B.      DMQK

C. DQKM

D. CJWM



20. समूहमा नमिल्दो पत्ता लगाउनुहोस् ।

A. सुन

B. चाँदी

C. सोडियम

D. पारो

E. आल्मुनियम



21. नेपालमा पाठ्यक्रम विकासका सैद्धान्तिक आधार देहायकामध्ये कुन होइन ?

A. संवैधानिक तथा कानुनी आधार

B. एतिहासिक, दार्शनिक, आर्थिक, सामाजिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक  आधार

C. संवेगात्मक तथा  मनोवैज्ञानिक  आधार

D. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राज्यद्धारा व्यक्त गरिएका प्रतिबद्धता




22. बेञ्जामिन एस ब्लुमका अनुसार प्रभावी क्षेत्रको दोस्रो तहका सिकाई कुन हो ?

A. मूल्य निर्धारण

B. संगठन गर्नु

C. प्रतिक्रिया दिनु

D. प्राप्त गर्नु



23. देहायका शिक्षण विधि हरुमध्ये गणित विषय शिक्षणका लागि बढी महत्वपूर्ण विधि कुन हो

A. भूमिका निर्वाह

B. प्रदर्शन

C. आगमन

D. अन्वेषण



24. दैनिक पाठयोजना बनाउन सबैभन्दा उपयोगी हुने योजना कुन हो ?

A. कार्यपात्रो

B. वार्षिक शैक्षणिक योजना

C. समयतालिका

D. एकाइ योजना



25. विद्यार्थीको मौलिक अभिव्यक्ति क्षमता थाहा पाउन कुन मुल्यांकन विधि उपयुक्त हुन्छ ?

A. वस्तुगत परीक्षा

B. निबन्धात्मक परीक्षा

C. रुजु सूची

D. अन्तर्वार्ता



26. नेपालको शैक्षिक प्रशासनमा आन्तरिक मूल्यांकनका अनेकौँ औजारहरुको प्रयोग सर्वप्रथम कहिलेबाट सुरु गरिएको हो ?

A. वि.सं. २०२२

B. वि.सं. २०२४

C. वि.सं. २०२८

D. वि.सं. २०३२



27. विद्यार्थीहरुमा प्रतियोगितात्मक भावनाको विकास गराउन तलकामध्ये के गर्नु बढी उपयोगी मानिन्छ ?

A. निर्देशन दिने

B. सामान्य सजाय दिने

C. अभिप्रेरित गर्ने

D. माथिका सबै



28. शैक्षिक अनुसन्धान चिन्तनको एक योजनाबद्ध तथा परिष्कृत प्रविधि हो जसले विशेष साधन प्रयोग गरेर कुनै समस्याको उपयुक्त समाधानको प्राप्तिका लागि कार्य गर्दछ । यो कसको भनाइ हो ?

A. Carter V. Good

B. Munroe

C. W.M. Traverse

D. Crawford



29. शैक्षिक गुणस्तरमा प्रभाव पार्ने पक्षहरुमा देहायकामध्ये कुन उपलब्धिसँग सम्बन्धित  ?

A. सामाजिक लाभ

B. शिक्षण विधि

C. विद्यालय तयारी

D. पूर्व ज्ञान



30. नेपालको संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको ......... हुनेछ ।

A. कर्तव्य

B. अधिकार

C. दायित्व

D. नैतिकता



31. अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले गरिएको थियो ?

A. वि.सं. २०५१

B. वि.सं. २०५४

C. वि.सं. २०५०

D. वि.सं. २०५६



32. शिक्षा ऐन २०२८ (संसोधनसहित) अनुसार जिल्ला शिक्षा समितिमा जम्मा कति जना सदस्य रहन्छन् ?

A. १३

B. ११

C. १०

D.



33. शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार राष्ट्रिय अनौंपचारिक शिक्षा परिषद्मा कति जना सदस्य रहने व्यवस्था छ ?

A. १३ जना

B. १७ जना

C. १८ जना

D. ११ जना



34. अनौपचारिक शिक्षाा नीति कहिले स्वीकृत गरिएको थियो ?

A. २०६२ माघ २५

B. २०६५ चैत्र १०

C. २०६३ कात्र्तिक १५

D. २०६३ माघ २५



35. नेपालमा आधार शिक्षाको शूरुवात गर्ने प्रधानमन्त्री को हुन् ?

A. बीरशमशेर

B. चन्द्रशम्सेर

C. पद्मशमशेर

D. मोहन शमशेर



36. शास्त्रीय सम्बन्धन सिकाइको विशेषता हो ?

A. उद्दीपक सामान्यीकरण

B. उद्दीपक विभेदीकरण

C. CR को स्वतः प्राप्ति

D. माथिका सबै



37. गाउँ शिक्षा योजनाले मुख्यतया कुन शिक्षालाई बढी जोड दिन्छ ?

A. सामुदायिक सिकाइ

B. अनौपचारिक शिक्षा

C. माध्यमिक शिक्षा

D. आधारभूत शिक्षा



38. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रमको शुरुवात कहिलेदेखि भएको हो ?

A. वि.सं. २००४

B. वि.सं. २०१२

C. वि.सं. २०१३

D. वि.सं. २०२१



39. शिक्षकलाई तालिमको लागि कसले सिफारिस गर्दछ ?

A. विद्यालय निरीक्षक

B. प्रधानाध्यापक

C. विद्यालय व्यवस्थापन समिति

D. गाउँ वा नगर शिक्षा शाखा प्रमुख



40. साधारण लेखपढ गर्न सक्ने र ५ वर्षको कार्य अनुभव  भएको व्यक्तिले सीप परिक्षण को कुन तहमा समावेश हुन योग्य हुने व्यवस्था छ ?

A. तह ४

B. तह ३

C. तह २

D. तह १



41.   विकास भनेको क्रमिक तथा व्यवस्थित परिर्वतनहरुको प्रगतिशील क्रम हो । यो ... को भनाइ हो ।

A. हर्लक

B. टेम्पलीन

C. टावा

D. थर्नडाइक




42. तलका कुन भनाइमध्ये कुन उपयुक्त छैन ।

A. विकास गुणात्मक हुन्छ ।

B. विकास निरन्तर चलिरहन्छ ।

C. विकासको सम्बन्ध परिपक्वता र सिकाइ दुवै सँग रहेको हुन्छ ।

D. विकास मापनीय हुन्छ ।



43. विद्यालय सुधार योजनाको मुख्य चासो .. हो ?

A. समन्यायिक पहुँच

B. गुणस्तर सुधार

C. भौतिक अवस्था सुदृढ

D. क्षमता विकास



44.  वि.सं. २०७० मा शैक्षिक तालिम केन्द्रहरु कति कायम गरिए ?

A. ७ वटा

B. ९ वटा

C. २० वटा

D. २९ वटा



45. निरन्तर विद्यार्थी मुल्यांकन प्रणाली लागू गर्नाका मुख्य अभिप्राय के हो ?

A. सिकाइ उपलब्धि सुनिश्चित गर्न

B. पहुँचमा सुधार गर्न

C. मूल्यांकनलाई बालमैत्री बनाउन

D. उत्तीर्ण दर बढाउन



46. अभिलेख सुरक्षित राख्ने ज्यादै आधुनिक प्रणाली .. हो ।

A. यान्त्रिक सांखिकीकरण

B. सूक्ष्म छवीकरण

C. प्रलेखन

D. सूचीकरण



47. लालमोहर लागेका कागजात .. समयपछि धुल्याउन सकिन्छ ।

A. कहिल्यै धुल्याउन नसकिने

B. काम फछ्र्योट भएको २० वर्ष पछि

C. काम फछ्र्योट भएको १० वर्षपछि

D. काम फछ्र्योट भएको १ वर्षपछि



48. विद्यार्थीहो  Marksheet  खोज्दा सिम्बल नम्बरका आधारमा खोज्ने गरिन्छ, यो फाइलिङको कुन विधि हो ?

A. मितिगत विधि

B. विषयगत विधि

C. वर्णानुक्रम विधि

D. संख्यात्मक विधि



49. पाठ्यक्रमको लक्ष्य निर्धारणमा निर्णायक भुमिका कसले खेल्दछ ?

A. सिकारु

B. मनोविज्ञान

C. समाज

D. दर्शन



50. स्थानीय सरकार संचालन ऐन कहिले स्वीकृत भएको हो ?

A. वि.सं. २०७४/ ७ /२९

B. वि.सं. २०७४ /६ /२९

C. वि.सं. २०७४ /५ /२९

D. वि.सं. २०७४ /८ /२९


लाइसेन्स 50 SET Question with answer Download Here




लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post