Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।


1. सामान्यतया स्मृति भनेको ... हो ?

A. अतीतकालीन अनुभवलाई वर्तमानमा सम्झनु

B. वर्तमानका अनुभवलाई भविष्यमा बुझ्नु

C. भविष्यका कुरालाई वर्तमानमा सम्झनु

D. माथिका सबै


2. प्रतिक्षेप पद्धतिको अध्ययनमा आधारित सिकाइ सिद्धान्त कुन हो ?

A. सामाजिक सिकाइ सिद्धान्त

B. प्रयत्न र भूल सिकाइ

C. शास्त्रीय सम्बन्धन सिकाइ

D. अन्तरदृष्टि सिकाइ


3. मानव विकासको अध्ययनका विधिहरुमध्ये लम्बिय विधिको फाइदा देहायकामध्ये कुन  हो ?

A. तथ्यांकहरु सुरक्षित राख्न सकिने

B. सामान्यीकरण गर्न सकिने

C. कम खर्चिलो

D. परिवर्तनको वास्तविक अध्ययन



4. एउटा बालक वा एउटै समूहको विभिन्न पक्षको लामो समयसम्म अध्ययन गर्ने विधिलाई के भनिन्छ ?

A. अवलोकन विधि

B. अवस्था अध्ययन विधि

C. लम्बीय विधि

D. क्षितिजीय विधि





5. विद्यालय सुधार योजना निर्माणका लागि सञ्चालित सिसम परियोजनालाई .. दातृ निकायले प्राविधिक सहयोग गरेको थियो ।

A. युनिसेफ

B. जाइका

C. युनेस्को

D. फिनिडा



6. विद्यालय समूदायसम्बन्धबाट हुने फाइदामध्ये कुन बढी महत्वपूर्ण छ ?

A. विद्यार्थीको विद्यालयमा उपस्थितिदरमा वृद्धि

B. विद्यालयप्रति समूदायको अपनत्वमा वृद्धि

C. पारदर्शिता वृद्धि

D. विद्यालयको भौतिक विकास



7. गाउँ शिक्षा योजना निर्माण गर्ने मुख्य दायित्व कसको हो ?

A. गाउँ शिक्षा समिति

B. गाउँ सभा

C. गाउँपालिका शिक्षा शाखा

D. जिल्ला समन्वय समिति



8. कलेज अफ एजुकेशनमा प्रशिक्षणका लागि ... प्रणाली अपनाइएको थियो ।

A. बेलायती प्रणाली

B. अमेरिकी प्रणाली

C. डेनमार्कको प्रणाली

D. युनिसेफको प्रणाली



9. शिक्षक तालिम नीति कहिले जारी गरियो ?

A. वि.सं. २०६२/२/२४

B. वि.सं. २०६२/३/२४

C. वि.सं. २०६३/२/२४

D. वि.सं. २०६१/२/२४


10. ए लेभल शिक्षक तालिम कार्यक्रम देहायकामध्ये कुन निकायले सञ्चालन गरेको थियो ?

A. शिक्षा मन्त्रालय

B. क्षेत्रीय शिक्षा निर्देशनालय

C. शिक्षा शास्त्र अध्ययन संस्थान

D. रेडियो शिक्षा शिक्षक तालिम परियोजना


11. निर्देशन : प्र्श्नवाचक चिन्ह भएको ठाउँमा विकल्पबाट उपयुक्त शब्द छनौट गर्नुहोस् ।

नदी : बाँध : : यातायात : ?

A. बाहन

B. पंक्ति

C. गति

D. सिग्नल


12. निर्देशन : सही विकल्प छनौट गर्नुहोस् ।

CARD : IGXJ : : POST : ?

A. UTXY

B. VUYZ

C. UTYZ

D. VUXY


13. ZYX, WUS, TQN, ?

A. QMI

B. QMJ

C. QMK

D. QML


14. हरिले उसँग भएको रकमको आधा रकमको खाजा खायो र खाजामा लागेको रकमको आधाले टोपी किन्यो र अन्त्यमा उसँग रु. 70 बाँकी रहेछ भने उसँग शुरुमा कति पैसा थियो ?

A. 260

B. 270

C. 280

D. 300



15. 36 मिनेट एक दिनको कति प्रतिशत हुन्छ ?

A. 25%

B. 2.5%

C. 3.6 %

D. 0.25%



16. शिक्षक  शिक्षण आयोजना २००२–००९ को उद्देश्य कुन  हो ?

A. माध्यमिक तहका शिक्षकहरुका लागि गुणस्तरीय तालिम सञ्चालन गर्ने

B. प्राथमिक तहको गुणस्तर तथा सान्दर्भिकता अभिवृद्धि गर्ने

C. प्राथमिक तहका शिक्षकहरुका लागि गुणस्तरीय सेवाकालीन, पूर्वसेवाकालीन तथा पुनर्ताजगी तालिम सञ्चालन गर्ने ।

D. प्राथमिक शिक्षामा महिला तथा  पिछडिएका समूदायको प्रतिनिधित्व वृद्धि गर्ने



17. विद्यालय क्षेत्र सुधार योजना २००९ /०१५ ले कार्यसम्पादनमा सुधार ल्याउने कति वटा विद्यालयहरु पुरस्कृत गर्ने अपेक्षित नतिजा राखेको थियो ?

A. 1500

B. 750

C. 500

D. 2000



18. विद्यालय क्षेत्र विकास योजना २०१६ /०२३ ले योजनाको अन्तसम्ममा गुणस्तर सुधारका लागि कति वटा नमुना माध्यमिक विद्यालय विकास गर्ने लक्ष्य लिएको छ ?

A. 1500 वटा

B. 500 वटा

C. 800 वटा

D. 1000 वटा



19. शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले ल्याएको कार्यक्रम कुन हो ?

A. उदार कक्षोन्नति

B. निरन्तर विद्यार्थी मुल्याङ्कन

C. विद्यार्थी भर्ना अभियान

D. दिवा खाजा कार्यक्रम



20. एकतर्फी सञ्चार नेतृत्वको कुन शैली अन्तर्गत पर्दछ ?

A. स्वच्छन्दतावादी नेतृत्व

B. अग्रगामी नेतृत्व

C. निरंकुश नेतृत्व

D. प्रजातान्त्रिक नेतृत्व



21. विषयगत फाइलिङ विधिको फाइदा कुन होइन ?

A. बढी लचकदार विधि

B. कम खर्चिलो विधि

C. शीर्षकअनुसार विभाजन गर्नुपर्ने अवस्थामा बढी उपयोगी

D. फाइल खोज्न सजिलो



22. नेपालको संविधान (२०७२) को भाग ४ मा के व्यवस्था गरिएको छ ?

A. मौलिक हक

B. राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व

C. व्यवस्थापिका

D. कार्यपालिका



23. नेपालका देहायका विश्वविद्यालयहरुमध्ये सबैभन्दा  पछि स्थापित विश्वविद्यालय कुन हो ?

A. रानर्षी  जनक विश्वविद्यालय

B. लुम्बिनी बौद्ध विश्वविद्यालय

C. पोखरा विश्वविद्यालय

D. गण्डकी विश्वविद्यालय



24. शैक्षिक  गुठी सञ्चालन गर्दा सार्वजनिक शैक्षिक गुठीको सञ्चालक बोर्ड (ट्रष्टी) मा कम्तीमा  कति जना सदस्य हुनुपर्दछ ?

A. 3 जना

B. 5 जना

C. 7 जना

D. सदस्य संख्या तोकिएको छैन 



25. शिक्षा नियमावली (२०५९) संसोधनसहित अनुसार आधारभूत विद्यालयको अनुमति कसले दिन्छ ?

A. निर्देशक

B. गाउँ वा नगर शिक्षा समिति

C. इकाइ प्रमुख

D. जिल्ला शिक्षा समिति



26. शिक्षा नियमावली २०५९ (संसोधनसहित) अनुसार सामुदायिक विद्यालयको शिक्षक अभिभावक संघको कार्यकारी समितिमा बढीमा कति जना सदस्य हुने व्यवस्था छ ?

A. 7 जना

B. 9 जना

C. 10 जना

D. 11 जना



27. गणित विषय शिक्षणका लागि उपयोगी शिक्षण विधि देहायकामध्ये कुन हो ?

A. कथाकथन विथि

B. प्रदर्शन

C. घटना अध्ययन

D. आगमन विधि



28. विषयवस्तुसँग सम्बन्धित तस्विर वा अन्य दृश्य सामग्री तथा श्रव्यदृश्य सामग्री प्रस्तुत गरी शिक्षण गरिने विधि कुन हो ?

A. परियोजना  विधि

B. भूमिका निर्वाह विधि

C. प्रदर्शन विधि

D. प्रयोगात्मक विधि



29. व्याख्यान विधिको फाइदा देहायकामध्ये कुन होइन ?

A. शिक्षकलाई तयार गर्न सजिलो

B. थोरै समयमा धेरै विषयवस्तुको शिक्षण

C. व्यक्तिगत विभिन्नताको आधारमा शिक्षण

D. ठूलो समूहलाई एकै पटक शिक्षण



30. क्षेत्र भ्रमण विधिको फाइदा कुन होइन

A. व्यवस्थापन सहज

B. सिकाइ रुचिकर

C. वास्तविक घटनासँग परिचित

D. नेतृत्व गुणको विकास



31. विद्यार्थीहरु हिँड्डुल गर्दा, खेल्दा, कक्षामा बस्दा र एकापसमा बोलचाल गर्दा गरिने मूल्यांकनलाई कुन मुल्यांकन भनिन्छ ?

A. बाह्य मुल्याङकन

B. अतिरिक्त मूल्यांकन

C. अवलोकन मूल्यांकन

D. विषयगत मूल्यांकन



32. कम्प्युटर ........ यन्त्र हो ?

A. डाटा संग्रहित गर्ने यन्त्र

B. कार्य सम्पादन गर्ने यन्त्र

C. स्वचालित यन्त्र

D. प्रोगामेबल यन्त्र



33. सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ?

A. डा. लियोनार्ड क्लिनराक

B. डगलस एजलबार्ट

C. ट्युरिङ

D. कोनर्ड जुस



34. कम्प्युटर बन्द गर्ने प्रक्रिया कुन हो ?

A. Close

B. Exit

C. Go

D. Shutdown



35. शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षामा अन्तरवार्ताको पूर्णाङक कति रहेको छ ?

A. 10

B. 30

C. 25

D. 15



36. सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम कुन योजनाले शुरु गरेको हो ?

A. नवौं  योजना

B. दसौं योजना

C. एघारौं योजना

D. बाह्रौं योजना



37. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्धारा सञ्चालित टि. एस एल. सी. कार्यक्रममा सैदान्तिक र प्रयोगाात्मक भार कति रहेको छ ?

A. सैद्धान्तिक २० प्रतिशत र प्रयोगात्मक ८० प्रतिशत

B. सैद्धान्तिक ३० प्रतिशत र प्रयोगात्मक ७० प्रतिशत

C. सैद्धान्तिक ४० प्रतिशत र प्रयोगात्मक ६० प्रतिशत

D. सैद्धान्तिक ५० प्रतिशत र प्रयोगात्मक ५० प्रतिशत



38. राष्ट्रिय साक्षरता अभियानका क्रममा कुन आर्थिक वर्षलाई निरक्षरता उन्मुलन वर्षको रुपमा मनाइने घोषणा गरिएको थियो ?

A. आ.व. ०७२/०७३

B. आ.व. ०७५/०७६

C. आ.व. ०६७/०६८

D. आ.व. ०७१/०७२



39. नेतृत्वको गुण सिद्धान्तको विकास कहिले भएको हो ?

A. सन् 1920 पूर्व

B. सन् 1960 पछि

C. सन् 1940 भन्दा अघि

D. सन् 1940 देखि 1960 सम्म



40. कक्षाकोठाको वातावरणलाई सुदृढ बनाउने कार्यअन्तर्गत के पर्दैन ?

A. सामुहिकतापूर्ण कक्षाको विकास

B. गुणात्मक वृत्तीय समयमार्फत विकास

C. कक्षाकोठामा प्रतिस्पर्धाको भावनाको विकास

D. विद्यार्थीहरुको आत्मसम्मान र आत्मविश्वासमा अभिवृद्धि



41. कुन बौद्धिकता भएका बालबालिकाहरुले खेलको माध्यमबाट सिक्न खोज्ने हुन्छन् ?

A. दृश्यात्मक

B. प्रकृतिमुखी

C. सांगितीक

D. शारीरिक चाल



42. कक्षाकोठा व्यवस्थापन अन्तर्गतका कार्यहरुलाई नतिजामूलक बनाउन आवश्यक संयोजन गर्ने कार्य कक्षाकोठा व्यवस्थापनको कुन पक्षअन्तर्गत पर्दछ ?

A. योजना

B. संगठन

C. निर्देशन

D. नियन्त्रण



43. समाज वा राज्यका चाहना देहायकामध्ये कुन उद्देश्यले समेट्छ ?

A. साधारण उद्देश्य

B. विशिष्ट उद्देश्य

C. ध्येय

D. लक्ष्य



44. नमूना पाठ्यपुस्तक तथा पाठ्यसामाग्री निजी क्षेत्रका मुद्रक तथा वितरकले छपाइ तथा वितरण गर्न पाउने गरी तोक्ने काम कसले गर्दछ ?

A. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले

B. जनक शिक्षा सामग्री केन्द्रले

C. पाठ्यक्रम विकास केन्द्रले

D. शिक्षा तथा मानव स्रोत विकास केन्द्रले



45. योजनाबद्ध शिक्षणको विशेषता कुन होइन ?

A. सानो सानो ढाँचामा विषयवस्तुको विभाजन गरिएको हुन्छ ।

B. तुरुन्त पृष्ठपोषण प्राप्त गर्ने हुन्छ ।

C. विकल्प दिएर उपयुक्त विकल्पको आधारमा सिकारुले सिक्न सक्छ ।

D. सिकारुले आफ्नो सिकाइको गतिअनुसार समय लिन सक्छ ।



46. ICT ले मुख्यतया कति वटा क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ?

A. 1 वटा

B. 2 वटा

C. 3 वटा

D. 4 वटा



47. नेपालमा इन्टरनेट सर्वप्रथम कहिले भित्रिएको हो ?

A. सन् १९९३

B. सन् १९९२

C. सन् १९८८

D. सन् १९९८



48. वर्तमान पाठ्यक्रम संरचना अनुसार प्राविधिक तथा व्यावसायिक धारतर्फ माध्यमिक तह (कक्षा ९ /१० मा कुन विषयमा वार्षिक ३ पाठ्यघण्टा पठनपाठन हुने व्यवस्था गरिएको छ ?

A. गणित

B. अंग्रेजी

C. विधागत प्रथम

D. विधागत चतुर्थ



49. शैक्षिक सत्र २०७८ मा नयाँ पाठ्यक्रम लागू गरिएको कक्षा देहायकामध्ये कुन होइन ?

A. कक्षा 2

B. कक्षा 3

C. कक्षा 4

D. कक्षा 12



50. प्रौढहरुको शिक्षण पद्धतिलाई पेडागोजीको सट्टा एन्ड्रागोजी कसले नामकरण गरेका हुन् ?

A. पाउलो फ्रेरे

B. माल्कम नोल्स

C. सोक्रेटस

D. इभान इलिच



लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।



Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post