Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।



1. निम्नमध्ये कुन समीकरण ठीक छ ?

A. विभिन्न शिक्षक + विभिन्न विषय + विभिन्न कक्षा =विषय शिक्षण

B. एउटा कक्षा + एकजना शिक्षक + विभिन्न विषय = विषय शिक्षा

C. एकजना शिक्षक + विभिन्न विषय + विभिन्न कक्षा = विषय शिक्षा

D. एकजना शिक्षक + एउटा कक्षा + एउटा विषय + पूरै समय = विषय शिक्षा



2. कुनै पाठको सिकाइपश्चात् निश्चित रुपमा यो–यो र यस्ता–यस्ता ज्ञान र सिपहरु प्राप्त गर्न सक्ने गरी उद्देश्यहरुको किटान गरिएका उद्देश्यलाई के भनिन्छ ?

A. साधारण उद्देश्य

B. विशिष्ट उद्देश्य

C. ध्येय

D. लक्ष्य



3. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार सिकाइ क्षमतास्तरका आधारमा विद्यालय शिक्षालाई कति तहमा विभाजन गरिएको छ ?

A. तह ३

B. तह ४

C. तह ६

D. तह ५



4. नेपालमा विद्यालयस्तरीय पाठ्यक्रम विकासको चरण अन्तर्गत कुन पर्दैन ?

A. पाठ्यक्रम ढाँचा निर्धारण

B. नीतिगत निर्णय

C. आवश्यकताको पहिचान

D. पाठ्यक्रम मूल्यांकन





5. मनोक्रियात्मक क्षेत्र अन्तर्गत पर्ने उद्देश्य कुन हो ?

A. संगठन गर्नु

B. मूल्य निर्धारण

C. चरित्र निर्माण

D. मौलिकीकरण


6. आधारभूत शिक्षा पाठ्यक्रम २०७६ अनुसार कक्षा १ देखि  ३ मा मातृ भाषिक सीप÷ स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलापका लागि वार्षिक कति घण्टा भार छुट्याइएको छ ?

A. १२८ घण्टा

B. १५० घण्टा

C. १६० घण्टा

D. १८० घण्टा


7. छलफल विधिको फाइदा देहायकामध्ये कुन होइन् ?

A. नेतृत्व क्षमताको विकास

B. सबै विषयवस्तुमा उपयोगी

C. विद्यार्थीको सक्रिय सहभागिता

D. सहयोगात्मक सामुहिक क्रियाकलाप


8. शिक्षण सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउने कौशलता .......... हो ।

A. Teaching Methods

B. Teaching Strategy

C. Educational Pedagogy

D. Teaching Science


9. शिक्षण विधिको छनोट गर्दा ध्यान दिनुपर्ने कुरामा देहायमध्ये कुनलाई कम महत्वपूर्ण मानिन्छ  ?

A. विषयवस्तुको प्रकृति

B. शिक्षणको समय

C. शिक्षकको दक्षता

D. विद्यार्थीको उमेर


10. विद्यार्थी केन्द्रित विधि कुन होइन ?

A. खोज विधि

B. समस्या समाधान विधि

C. निगमन विधि

D. सर्वेक्षण विधि


11. एड्गर डेलको सिकाइ पिरामिड अनुसार गरेर सिक्ने (Practice by doing) विधिमार्फत सिकाइ गर्दा औसत कति प्रतिशत धारणा दर पाइएको उल्लेख गरेका छन् ?

A. ३० प्रतिशत

B. ५० प्रतिशत

C. ७० प्रतिशत

D. ७५ प्रतिशत


12. परियोजनामा आधारित सिकाइ विधिका प्रतिपादक को हुन् ?

A. जोन डिवे

B. सुकरात

C. किलप्याट्रिक

D. जर्ज पोल्या


13. विद्यार्थी सिकाइको मूल्यांकन गर्नका लागि बढी उपयोगी र व्यवहारिक शिक्षण विधि देहायमध्ये  कुन हो ?

A. व्याख्यान

B. प्रश्नोत्तर

C. परियोजना

D. छलफल


14. नेपालमा बसोबास गर्ने कुन कुन समुदाय र र जातजातिलाई आफ्नो भाषासंस्कृतिसांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ ?

A. प्रत्येक नेपाली समुदायलाई

B. आफ्नो समुदाय र जातजातिको

C. कानुनले तोकिदिएका जातजाति

D. विशिष्ट अवस्थाबाहेक त्यस्तो हक छैन


15. शिक्षा विभागको स्थापना कहिले भएको हो ?

A. वि.सं. २०५४

B. वि.सं. २०५५

C. वि.सं. २०५६

D. वि.सं. २०५७


16. शिक्षा ऐन २०२८ अनुसार नेपाल सरकारबाट नियमित रुपमा अनुदान पाउने गरि अनुमति वा स्वीकृति प्राप्त विद्यालय कस्ता विद्यालय हुन् ?

A. सरकारी विद्यालय

B. सामुदायिक विद्यालय

C. सार्वजनिक विद्यालय

D. संस्थागत विद्यालय


17. विद्यालय व्यवस्थापन समितिको कार्यक्षेत्रभित्र नपर्ने कुन हो ?

A. विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत परिचालन गर्ने

B. विद्यालय सञ्चालनको लागि प्राप्त साधन र स्रोत स्थिर राख्ने

C. विद्यालयको शैक्षिकभौतिक तथा आर्थिक तथ्यांक र विवरण अद्यावधिक गराई राख्ने

D. विद्यालयको चल अचल सम्पत्तिको लगत राख्नेराख्न लगाउने र सुरक्षा गर्ने


 

18. शिक्षक सेवालाई समावेशी बनाउन छुट्याइएको पदको कति प्रतिशत आदिवासी/जनजातिलाई छुट्याइएको छ ?

A. 33%

B. 27%

C. 22%

D. 15%


19. शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षामा सफल उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस गर्दा रिक्त पद संख्याको कति प्रतिशतले हुने संख्या उम्मेदवारको नाम वैकल्पिक सूचीमा राख्नु पर्नेछ ?

A. १० प्रतिशत

B. १२ प्रतिशत

C. १५ प्रतिशत

D. २० प्रतिशत


20. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्धारा सञ्चालित कार्यक्रम कुन होइन ?

A. टि. एस. एल. सी

B. माध्यमिक तह कक्षा ९–१२ को प्राविधिक शिक्षा

C. प्राविधिक डिप्लोमा

D. व्यावसायिक तालिम


21. कमजोर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गराई गुणस्तर सुधार गर्न के गर्नु आवश्यक छ ?

A. विद्यार्थी क्षमता अनुसारको मूल्यांकन

B. थप पाठ्यसामग्री प्रदान

C. उपचारात्मक शिक्षण

D. अतिरिक्त कक्षा सञ्चालन


22. हावार्ड गार्डनरले प्रतिपादन गरेका बहुबौद्धिकताका सिद्धान्त अन्तर्गत कुन समावेश छैन ?

A. आध्यात्मिक बौद्धिकता

B. शारीरिक  चाल

C. प्रकृतिमुखी

D. दृश्यात्मक


23. कुन विधिमा दैनिक जीवनसँग समबन्धित उद्देश्यमूलक कामको जिम्मा विद्यार्थीलाई नै दिइन्छ ?

A. आगमन विधि

B. परियोजना विधि

C. सर्वेषण विधि

D. घटना अध्ययन विधि


24. शैक्षणिक योजनाको महत्व अन्तर्गत देहायको कुन पर्दैन ?

A. सामग्रीको निर्धारण

B. विशिष्ट उद्देश्य किटान

C. समयको स्पष्टता

D. पाठ्यक्रममा आधारित


25. प्राथमिक तहमा कुन मूल्यांकनका आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ ?

A. निर्माणात्मक

B. निदानात्मक

C. निर्णयात्मक

D. त्रैमासिक र वार्षिक परीक्षा


26. विद्यार्थीलाई सोधिने प्रश्नहरुको खाका तयार गरिने कार्यलाई तलकामध्ये कुन नामले चिनिन्छ ?

A. पद विश्लेषण कार्य

B. नमुना प्रश्न निर्माण कार्य

C. सम्भाव्य प्रश्न निर्माण कार्य

D. अनुमान प्रश्न निर्माण कार्य


27. मूल्यांकनको अभिप्राय : के हो ?

A. श्रेणीकरण र स्थान निर्धारण गर्नु

B. प्रमाणीकरण गर्नु

C. निदान र शैक्षणिक सुधार

D. माथिका सबै


28. कम्प्युटर र टेलिफोन लाइनका बीचमा सञ्चार गर्न देहायका मध्ये केले सक्षम बनाउँछ  ?

A. Modem

B. Motherboard

C. NIC

D. ISP


29. IBM-1401 कुन पिढीँको कम्प्युटर हो ?

A. पहिलो

B. दोस्रो

C. तेस्रो

D. चौथो


30. राष्ट्रिय साइबर सुरक्षा नीति कहिले जारी गरियो ?

A. वि.सं. २०७१

B. वि.सं. २०७२

C. वि.सं. २०७३

D. वि.सं. २०७४


31. निर्देशन : प्रश्नवाचक चिन्ह भएको ठाउँमा विकल्पबाट उपयुक्त शब्द छनौट गर्नुहोस् ।

रेडियो : श्रोता :: फिल्म : ?

A. प्रशारण

B. अभिनेता

C. आलोचक

D. दर्शक


32. निर्देशन : समूहमा नमिल्दो पत्ता लगाउनुहोस् ।

A. नर्स

B. डाक्टर

C. रोगी

D. औषधि

E. अस्पताल


33. दुई संख्याहरु तेस्रो संख्या भन्दा क्रमश : 20% तथा 50% बढी छन् । यी दुई संख्याहरुको अनुपात कति हुन्छ ?

A. 5 : 4

B. 6 : 7

C. 3 : 5

D. 4 : 5


34. मूल्यांकनका साधनहरुमा तलकामध्ये कुन पर्दैन ?

A. विषयगत परीक्षा

B. वस्तुगत परीक्षा

C. प्रयोगात्मक परीक्षा

D. कक्षाकोठा छलफल


35. ठीक बेठीक प्रश्नबाट तलकामध्ये के कुरा परीक्षण गर्न सकिँदैन  ?

A. विद्यार्थीको स्मरणशक्ति जाँच्न सकिँदैन

B. विद्यार्थीको विषयगत ज्ञान वा गहिराइ जाँच्न सकिँदैन

C. माथिका दुवै जाँच्न सकिन्छ

D. माथिका दुवै जाँच्न सकिँदैन


36. मूल्यांकनको विश्वसनियतामा प्रभाव पार्ने कुरामा तलकामध्ये कुनलाई मानिन्छ ?

A. परीक्षणको लम्बाइ

B. परीक्षण वातावरण

C. अंकन विधि

D. माथिका सबै


37. वस्तुगत परीक्षा प्रणालीका तरिकाहरुमा तलको कुन पर्छ ?

A. ठीक/बेठीक प्रश्न

B. बहुविकल्प प्रश्न

C. जोडा मिलाउने प्रश्न

D. माथिका सबै


38. मौखिक परीक्षाका गुणहरुमा तलको कुन पर्दैन ?

A. कम खर्चिलो हुनु

B. विद्यार्थी नर्भस भई उत्तर दिन नसक्ने अवस्था हुन

C. विश्वसनियता र वस्तुनिष्ठता सुनिश्चित हुनु

D. लिखित परीक्षा गर्न नमिल्ने अवस्थामा यो उपयुक्त हुनु


39. आधारभूत शिक्षा पाठ्यक्रम २०६९ मा कक्षा ६–७ मा निरन्तर विद्यार्थी मूल्यांकनलाई कति श्रेणीमा विभाजन गरिएको थियो ?

A. 

B. 

C. 

D. 


40. विद्यार्थीको उपलब्धि पत्ता लगाउने साधनहरु के–के हुन् ?

A. विषयगत परीक्षा

B. गृहकार्य

C. कक्षा कार्य

D. माथिका सबै


41. विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन निर्देशिका कहिले स्वीकृत गरियो ?

A. २०७२ /८ /२३

B. २०७१/ ८/ २३

C. २०७२/ ८/ २४

D. २०७१ /८ /२४


42. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत राष्ट्रिय सीप परिक्षण समितिबाट तह चारको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले कुन तहमा उमेदवार हुन पाउँछ ?

A. तह एक

B. तह दुई

C. तह तिन

D. तह चार


43. ‘उत्प्रेरणा त्यस्तो प्रक्रिया हो जसले कार्य आरम्भ गर्दछप्रगतितर्फ उन्मुख गराउँछ र क्रियाकलापको ढाँचालाई नियमित गराउँछ  ।’ यो भनाइ ............ को हो ?

A. स्किनर

B. गुड

C. टलम्यान

D. यङ्ग


44. दिगो विकासको स्थानीयकरणसहितको गाउँ/नगर शिक्षा योजना निर्माणका थालनी कहिलेदेखि गरिएको छ ?

A. आ. व २०७५।०७६

B. आ.व २०७७।०७८

C. आ.व २०७६।०७७

D. आ.व २०७८।०७९


45. प्राथमिक शिक्षा परियोजनाले १५० घण्टे तालिमलाई कसरी सञ्चालन गरेको थियो ?

A. १२/१२ दिनको ३ पटक

B. १५/१५ दिनको ३ पटक

C. १५/१५ दिनको २ पटक

D. ३०/३० दिनको ३ पटक


46. कार्यमूलक अनुसन्धानको मुख्य उद्देश्य के हो ?

A. संस्थामा सुधार ल्याउनु

B. व्यक्तिमा सुधार ल्याउनु

C. आफ्नो काममा सुधार ल्याउनु

D. काममा सुधार ल्याउनु


47. कुर्ट लेविनले कार्यमूलक अनुसन्धानको प्रतिपादन कहिले गरेका हुन् ?

A. सन् १९४५

B. सन् १९४६

C. सन् १९४८

D. सन् १९५०


48. मामला अध्ययनसँग देहायको कुन सम्बन्धित छ ?

A. आफ्नै लागि सुधार

B. कार्यअभ्यासमा परिवर्तन

C. वैयक्तिक अध्ययन

D. सिद्धान्तको निर्माणमा उपयोग


49. कार्यमूलक अनुसन्धानका सम्बन्धमा देहायको कुन कुरा सम्बन्धित छैन ?

A. समस्याको बृहत् प्रकृतिको अध्ययन

B. सूक्ष्म रुपमा अध्ययनमार्फत समस्या समाधानका लागि सुझाव पेस

C. सिद्धान्तहरुको प्रयोगमार्फत व्यावहारिक समस्याहरुको समाधान

D. योजनाकार्यान्वयनअवलोकन र प्रतिविम्बनसहितको चक्रिय प्रक्रिया



50. कम्प्यूटरमा प्रयोग हुने आई. सी. चिप केले बनेको हुन्छ ?

A. डेस्कटप कम्प्युटर

B. सिलिकन कम्प्युटर

C. मिसान कम्प्युटर

D. जेल कम्प्युटर


  लाइसेन्स 50 SET Question with answer Download Here


लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।


Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post