Download Here

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ मा आधारित नमुना  प्रश्नपत्र 

 

समय : १ घण्टा

पुर्णाङ्क : १००

उत्तीर्णाङ्क:५०

 

सबै प्रश्नहरू अनिवार्य छन् ।उत्तरपुस्तिकामा प्रश्नहरूको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन । सबै प्रश्न समान अङ्कका छन ।

 

Key   (A)    (B)     (C)     (D) 

उत्तर अन्तिममा राखिएको छ  हेर्नुहोला । 

 

सम्पूर्ण पाठ्यक्रमलाई समेटेर माध्यमिक र  निमावि  तहको लाइसेन्सको लागि उयोगी सामग्री ल्याएर आएका छौं  । हामी निरन्तर दैनिक ONE SET राख्नेछौं । साथमा NOTE पनि उपलब्ध हुनेछ ।



 १. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार सिकारुका आवश्यकताअनुकूल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकूलन गरी उपयोग गर्ने विषय कुन सक्षमतासँग सम्बन्धित छ ?
(क) सूचना तथा सञ्चार प्रविधि
(ख) सञ्चार तथा सहकार्य
(ग) सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
(घ) निरन्तर सिकाइ र पेसागत विकास


२. पेसागत रुपमा सक्षम तथा तालिम प्राप्त शिक्षक कस्तो हुन्छ ?
(क) उत्प्रेरित गर्ने, नवप्रवर्तन गर्ने, कल्पनाशील हुने
(ख) योजनाबद्ध रुपमा काम गर्ने तथा पढाउने विषयवस्तुबारे स्पष्ट हुने
(ग) विद्यार्थीको ज्ञानलाई पूर्ण रुपमा प्रयोग गर्ने
(घ) माथिका सबै



३. शिक्षकको पेसागत जिम्मेवारी कुन हो ?
(क) पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको पूर्ण ज्ञान तथा सोको प्रयोग क्षमता
(ख) बालमैत्री, सिकाइमैत्री तथा कार्यकलापमैत्री सिकाइ वातावरण निर्माण
(ग) विद्यार्थी केन्द्रित तथा सहभागितामूलक सिकाइ सहजीकरण
(घ) माथिका सबै


४. मनोवैज्ञानिक थर्नडाइकलको प्रयत्न र भूल सिकाइ सिद्धान्तको मुख्य मान्यता कुन हो ?
(क) सिकाइमा त्रुटि धेरै भएपनि प्रयास बढाउँदै जाँदा त्रुटि पनि बढ्दै जान्छ ।
(ख) सिकाइमा त्रुटि धेरै भएपनि प्रयास बढाउँदै जाँदा त्रुटि कम हुन्छ ।
(ग) सिकाइमा त्रुटि धेरै हुँदा प्रयास बढाउँदै गएपनि त्रुटि बढी हुन्छ र सही प्रतिक्रिया देखाउन सकिन्छ ।
(घ) सिकाइमा त्रुटि धेरै भएपनि प्रयास बढाउँदै जाँदा त्रुटि कम हुन्छ र सही प्रतिक्रिया देखाउन सकिन्छ ।


५. आत्मीकरण वा नक्कलबाट सिकाइ हुने सिद्धान्त भनेर कुन सिद्धान्तलाई चिनिन्छ ?
(क) शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्त
(ख) कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त
(ग) सामाजिक सिकाइ सिद्धान्त
(घ) निर्माणवादी सिकाइ सिद्धान्त





६. शैक्षिक योजनाका सन्दर्भमा नमिल्ने भनाइ कुन हो ?
(क) मागको विश्लेषण र आपूर्तिको आँकलन गरिएको लिखित दस्तावेज
(ख) कार्यक्रमहरुको प्राथमिकता निर्धारण गरिएको दस्तावेज
(ग) विभिन्न विकल्पमध्ये सही विकल्पको चयन गरिएको दस्तावेज
(घ) शिक्षाको इतिहास प्रस्तुत गरिएको दस्तावेज


७. समुदायको विशेषता तलका मध्ये कुन हो ?
(क) समुदायको आफ्नै विशिष्ट नाम हुन्छ ।
(ख) समुदायको आफ्नै विशिष्ट नियम हुन्छन् । उक्त नियम समुदायकै सदस्यहरूले निर्माण गर्दछन् ।
(ग) समुदायमा हामी भन्ने भावनाको विकास हुन्छ ।
(घ) माथिका सबै



८. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७ कहिले स्वीकृत भएको हो ?
(क) वि.सं. २०६७/०८/०९
(ख) वि.सं. २०६७।०९।०७
(ग) वि.सं. २०६८।०७।०९
(घ) वि.सं. २०६७।०९।०८


९. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन प्रभावकारिताको अनुगमन तथा मूल्याङ्कन गरी सुधारका कार्य कुन तहबाट हुने नीति लिइएको छ ?
(क) सङ्घीयस्तर
(ख) प्रदेशस्तर
(ग) स्थानीय तह स्तर
(घ) सङ्घीय र प्रदेशस्तर



१०. तलका मध्ये स्थानीय पाठ्यक्रमका सन्दर्भमा कुन कथन ठिक छैन ?
(क) स्थानीय पाठ्यक्रमले केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु, पक्ष, समावेशीकरण, सहभागिता, निर्णय प्रक्रिया, जनअपेक्षा आदिलाई समेट्न सघाउँछ ।
(ख) पाठ्यक्रमलाई समसामयिक, सान्दर्भिक, लचिलो, खुला, सन्तुलित, लोकतान्त्रिक र स्थानीय मूल्य मान्यता अनुरूप बनाउँछ ।
(ग) यसले विद्यालयमा आधारित पाठ्यक्रम निर्माण र कार्यान्वयनमा आदानप्रदान संस्कृतिको विकास गराउँछ ।
(घ) यसले सरोकारवालाको सक्रिय सहभागिताको उपेक्षा गर्दछ र निर्णय प्रक्रियामा कुनै एक पक्षको अर्थपूर्ण सहभागिता गराउँछ ।


११. मुद्रित सामग्रीअन्तर्गत कुन कुन सामग्रीहरु पर्दछन् ?
(क) पाठ्यक्रम र पाठ्यपुस्तक
(ख) शिक्षक निर्देशिका र अभ्यास पुस्तिका
(ग) शब्दकोश र पत्रपत्रिकाहरु
(घ) माथिका सबै


१२. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुख कार्य कुन हो ?
(क) विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्ने
(ख) विद्यालय शिक्षकको सिकाइ कार्यको परीक्षण गर्ने
(ग) विद्यालयको आवधिक मूल्याङ्कन गरी सुझाव दिने
(घ) सिकाइ सहजीकरणको प्रभावकारिता लेखाजोखा गर्ने


१३. एउटा चिम रु. ४५ मा बेच्दा रु. ५ घाटा हुन्छ भने घाटा प्रतिशत कति होला ?
क. १०%
ख. ५%
ग. २०%
घ. २५% 


१४. शैक्षिक अनुसन्धानका सन्दर्भमा तथ्याङ्क सङ्कलनको द्वितीयक स्रोत अन्तर्गत कुन पर्दैन ?
(क) जर्नल
(ख) प्रश्नावली
(ग) अध्ययन प्रतिवेदन
(घ) पत्रपत्रिका


१५. कार्यमूलक अनुसन्धानको विशेषता कुन हो ?
(क) योजना, कार्य, अवलोकन र प्रतिविम्बिनको चक्रीय प्रक्रियाको रुपमा सम्पन्न गरिने
(ख) अनुसन्धानकर्ता र अनुसन्धानको उपभोगकर्ता एउटै व्यक्ति वा समूह हुने
(ग) व्यावहारिक र स्वयम्प्रतिविम्बित खोजमूलक कार्यका रुपमा चिनिने
(घ) माथिका सबै


१६. विद्यालय क्षेत्रमा सुधार योजनाले आधारभूत तह भन्नाले कति कक्षादेखि कति कक्षासम्म हुने भनी उल्लेख गरेको छ ?
क. कक्षा १ देखि ८ सम्म
ख. कक्षा ६ देखि ८ सम्म
ग. कक्षा १ देखि ५ सम्म
घ. कक्षा १ देखि ३ सम्म 



१७. उपलब्धि परीक्षणमा उच्च अङ्क ल्याएको विद्यार्थीले सोही समयमा लिइएको बौद्धिक परीक्षामा पनि उच्च अङ्क ल्यायो भने उक्त उपलब्धि परीक्षणमा कुन वैधता भएको मानिन्छ ?
(क) भविष्यवाणीमा आधारित वैधता
(ख) समवर्ती वैधता
(ग) भूतकालमा आधारित वैधता
(घ) कुनै पनि होइन ।


१८. नेपालको शिक्षाका राष्ट्रिय उद्देश्यहरु तलका मध्ये कुन पक्षबाट निर्दिष्ट छ ?
क. शिक्षा नीति र कार्यनितिहरुमा
ख. संविधानले निर्दिष्ट गरेको उद्देश्य र शिक्षाका सार्वभौम सिद्धान्तमा
ग. शिक्षाका तहगत पाठ्यक्रमले तोकोका विषयवस्तुमा
घ. राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा 


१९. लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ५० र सोभन्दा माथि ६० भन्दा कम उपलब्धि प्रतिशत प्राप्त गरेको विद्यार्थीको स्तरीकृत अंक कति हुन्छ ?
(क) ४.०
(ख) ३.६
(ग) ३.२
(घ) २.८



२०. राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्ले कक्षा एघारमा अक्षराङ्कन पद्धति लागु गर्ने निर्णय कहिले गरेको हो ?
(क) वि.सं. २०७२/१२/२९
(ख) वि.सं. २०७३/१२/२९
(ग) वि.सं. २०७४/१०/२७
(घ) वि.सं. २०७५/०५/०१



२१. कुनै पनि व्यक्ति वस्तु आदिको लम्बाइ, चौडाइ, उचाइ, तौल आदि पक्षहरुको मापन गर्ने कार्य कुन मापनअन्तर्गत पर्दछ ?
(क) मनोवैज्ञानिक मापन
(ख) भौतिक मापन
(ग) सामाजिक मापन
(घ) शारीरिक मापन


२२. नेपालको संविधानअनुसार आर्थिक रुपले विपन्न भन्नाले के बुझिन्छ ?
(क) स्थानीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(ख) प्रदेश कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(ग) सङ्घीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(घ) वार्षिक एकलाख वा सो बराबरको आयभन्दा कम आय भएको व्यक्ति


२३. सामाजिक सुरक्षा र गरिबी निवारण कसको अधिकार क्षेत्रभित्र पर्दछ ?
(क) संघको अधिकारको सूची
(ख) प्रदेशको अधिकारको सूची
(ग) संघ र प्रदेशको साझा अधिकारको सूची
(घ) स्थानीय तहको अधिकारको सूची


२४. नेपाल सरकारबाट नियमित रुपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालयलाई के भनिन्छ ?
(क) सामुदायिक विद्यालय
(ख) संस्थागत विद्यालय
(ग) सहकारी विद्यालय
(घ) आधारभूत विद्यालय


२५. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सचिवालयको काम कसले गर्दछ ?
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) शिक्षा तथा मानव विकास स्रोत केन्द्र
(ग) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 
(घ) सामाजिक विकास मन्त्रालय


२६. तलका मध्ये शिक्षक सेवा आयोगको काम कर्तव्य र अधिकारमा कुन पर्दैन ?
(क) शिक्षकको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने,
(ख) विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमतिपत्र दिने,
(ग) शिक्षकका पेसागत विकासका कार्यक्रमहरु सञ्चालन गर्ने,
(घ) नतिजा प्रकाशन भएको १ वर्षपछि परीक्षा सम्बन्धी कागजात धुल्याउन


२७. बालमैत्री विद्यालयमा अभिभावकको भूमिका कस्तो हुनुपर्दछ ?
(क) विद्यालयको हरेक बैठक तथा कार्यकलापमा सक्रिय सहभागी हुनुपर्ने
(ख) विद्यालयको क्षमता तथा व्यवस्थापकीय पक्षका आधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्न सुझाव दिने
(ग) आफ्ना बालबालिकाहरूको सिकाइ कार्यमा आफ्नो पनि भूमिका स्वीकार गर्नुपर्ने
(घ) माथिका सबै


२८. तलका मध्ये GOOGLE को पुरा रुप के हो ?
(क) Group Organization Of Oriented Global Language Of Earth,
(ख) Global Organization Of Operational Group Language Of Earth,
(ग) Global Organization Of Oriented Group Language Of Everyday,
(घ) Global Organization Of Oriented Group Language Of Earth,


२९. सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ को प्रमुख उद्देश्य कुन हो ?
(क) सूचना तथा सञ्चार प्रविधिलाई सबैको पहुँच र क्रयशक्ति योग्य बनाउने
(ख) सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो र समावेशी आर्थिक विकास गर्ने
(ग) सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विस्तार गर्ने
(घ) माथिका सबै


३०. कुन बौद्धिकता भएका बालबालिकाहरुले खेलेको माध्यमबाट सिक्न खोज्ने हुन्छन् ?
क. दृश्यत्मक
ख. प्रकृतिमुखी
ग. सांगितीक
घ. शरीरिक चाल 


३१. अंग्रेजी अल्फाबेटका अक्षरहरूलाई क्रमशः विजोर संख्या 1, 3, 5, 7 ले जनाउँदा KOSELI नामक शब्द का अक्षरहरूको कुल मान कति हुन्छ ?
(क) 115
(ख) 136
(ग) 163
(घ) 177


३२. Gold को सम्बन्ध Ornament सँग भएजस्तै Wood को सम्बन्ध केसँग हुन्छ ?
(क) Decoration
(ख) Table
(ग) Chair
(घ) Furniture


३३. समस्या समाधान विधिका प्रतिपादक के हुन् ?
क. सिम्पसन
ख. सुकरात
ग. किलाप्याट्रिक
घ. जर्ज पोल्या 


३४. संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणापत्रं कहिले जारी भयो ?
(क) सन् १९३८
(ख) सन् १९४८
(ग) सन् १९२४
(घ) सन् १९३४


३५. प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम नीति कहिले जारी गरियो ?
क. वि.सं. २०६४
ख. वि.सं. २०६५
ग. वि.सं. २०६७
घ. वि.सं. २०६९ 


३६. स्मृति मापनका चरणहरुको उपयुक्त क्रम कुन हो ?
(क) प्राप्ति, पुनः प्राप्ति, सङ्केतीकरण, भण्डारण
(ख) प्राप्ति, पुनः प्राप्ति, सङ्केतीकरण, भण्डारण, प्रत्याह्वान
(ग) पहिचान, प्राप्ति, पुनः प्राप्ति, सङ्केतीकरण, भण्डारण
(घ) प्राप्ति, सङ्केतीकरण, भण्डारण, पुनः प्राप्ति


३७. विद्यालय सुधार योजना (SIP) लाई कुन कार्यक्रमदेखि प्रयोगमा ल्याउन थालिएको हो ?
(क) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम - पहिलो
(ख) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोस्रो
(ग) ग्रामीण विकासका लागि शिक्षा परियोजना
(घ) प्राथमिक शिक्षा परियोजना


३८. वार्षिक कार्यतालिकामा के के कुराहरु समावेश गरिएको हुन्छ ?
(क) शैक्षिक सत्र, भर्ना अभियान, भौतिक पक्ष र विदा
(ख) विद्यालय खुल्ने दिन, पढाइ हुने दिन र परीक्षाहरु
(ग) अतिरिक्त क्रियाकलाप, नतिजा प्रकाशन र वैठक
(घ) माथिका सबै


३९. एक हप्ताका लागि कुन शिक्षकले कुन समयमा कुन विषय कुन कुन कक्षामा पढाउने भनी तयार पारिएको शिक्षण योजनालाई के भनिन्छ ?
(क) दैनिक पाठयोजना
(ख) शिक्षण सुधार योजना
(ग) एकाइ योजना
(घ) दैनिक समय तालिका


४०. शिक्षकको पेसागत विकास प्ररुप २०७२ अनुसार प्रमाणीकरण शिक्षक तालिमको दोस्रो चरण कुन विषयमा सञ्चालन गरिन्छ ?
क. सूचना प्रविधि तथा पेसागत विकाससम्बन्धी विषयमा
ख. उपलब्ध कोर्समध्येबाट आवश्यकताअनुसार
ग. शिक्षकको रोजाइ अनुसारको विषयमा
घ. शिक्षकले पढाउने मुख्य विषयमा आधारित


४१. स्थानीय तहको पाठ्यक्रम विकास, निर्माण र कार्यान्वयका सन्दर्भमा देखिएको चुनौती कुन हो ?
(क) स्थानीय पाठ्यक्रमअनुसार निर्माण गरिएका पाठ्यसामग्री शिक्षण गर्न स्थानीय विज्ञलाई परिचालन गर्न
(ख) राष्ट्रिय पाठ्यक्रम र स्थानीय पाठ्यक्रमबिच सामञ्जस्य स्थापित गर्न
(ग) स्थानीय पाठ्यक्रम र पाठ्यसामग्री तयार गर्ने दक्ष जनशक्तिको खोज, विकास तथा परिचालन गर्न
(घ) माथिका सबै


४२. विद्यालय शिक्षाको पाठ्यक्रम विकासमा मार्गदर्शन कसले गर्दछ ?
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६
(ग) पाठ्यक्रम तथा पाठ्यपुस्तकं विकास तथा वितरण निर्देशिका, २०७६
(घ) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्


४३. मानव विकासको अध्ययनको क्रममा विभिन्न प्रकृतिका बालबालिकाहरुको प्रतिनिधित्व हुने गरी सम्भावनायुक्त नमुना छनोट विधिबाट बालबालिकाहरुको छनोट गर्ने विधि कुन हो ?
(क) लम्वीय विधि
(ख) क्षितीजीय विधि
(ग) मिश्रित क्रमबद्ध विधि
(घ) कुनै पनि होइन ।


.४४. गुणस्तरीय शिक्षाका सन्दर्भमा युनेस्कोले जोड दिएको पक्ष कुन होइन ?
(क) जान्नका लागि शिक्षा
(ख) गर्नका लागि शिक्षा
(ग) पढ्नका लागि शिक्षा
(घ) बन्नका लागि शिक्षा


४५. अभिलेख फाइलिङ गुर्नको मुख्य उद्देश्य के हो ?
(क) अभिलेखलाई सङ्कलन, भण्डारण, सुरक्षा दिनु,
(ख) खोजेको बेलामा तुरुन्त पाउने सकिने गरी व्यवस्थापन गर्नु
(ग) निर्णय तथा कार्य प्रक्रियालाई सरल सहज बनाउनु
(घ) माथिका सबै


४६. तलका मध्ये प्रजातान्त्रिक नेतृत्वको विशेषता अन्तर्गत कुन पर्दैन ?
(क) समर्थकहरूका रुचि, इच्छा तथा आवश्यकताहरूको सम्बोधन हुने
(ख) समर्थकहरूमा सन्तोष र स्वेच्छापूर्ण कार्य गर्ने धारणा हुने
(ग) नेताले नै समग्र अनुयायीहरूको कार्यक्षेत्र निर्धारण गर्नुपर्ने
(घ) तह अनुसार शैक्षिक अधिकारको विकेन्द्रीकरण हुने


४७. सार्वजनिक सेवा प्रवाहलाई नियमित र चुस्तदुरुस्त बनाउन तथा सुशासन कायम गर्न कार्यालयमा के को व्यवस्था गरिएको हुन्छ ?
(क) कार्यालय प्रमुख र कर्मचारी
(ख) सूचना अधिकारी
(ग) गुनासो सुन्ने अधिकारी
(घ) माथिका सबै


४८. तलका मध्ये कक्षा शिक्षणको विशेषता कुन हो ?
(क) एउटा कक्षाका सबै विषय एउटै शिक्षकले पढाउने कार्य
(ख) सिकाइ सहजीकरणमा बालमनोविज्ञानको सम्बोधन हुने
(ग) कक्षामा वैयक्तिक तथा उपचारात्मक शिक्षण गर्न सहज हुने
(घ) माथिका सबै


४९. आधारभूत शिक्षा (कक्षा ४-५) का सक्षमता कतिवटा छन् ?
(क) ६ वटा
(ख) ७ वटा
(ग) ८ वटा
(घ) १२ वटा


५०. तलका मध्ये शैक्षिक अनुसन्धानसँग सम्बन्धित कथन कुन हो ?
(क) शिक्षा क्षेत्रका विषयवस्तु र समस्यामा केन्द्रित रहेर गरिने अनुसन्धान
(ख) शिक्षा क्षेत्रमा नयाँ ज्ञान प्राप्तिको उद्देश्यले गरिने अनुसन्धान
(ग) वैज्ञानिक र दार्शनिक विधिहरुको प्रयोग गरेर शैक्षिक समस्याहरुको अध्ययन गरिने डिस
(घ) माथिका सबै


लाइसेन्स 50 SET Question with answer Download Here





लाइसेन्स Note यसरी हेर्नुहोस् 

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स ) विज्ञापनलाई मध्यनजर गर्दै Siknethalo Plus एपले विद्यार्थीलाइ एउटा सुनौलो मौका सिर्जना गरेको छ ।  लाइसेन्सका लागि चाहिने Notes ,Curriculum,Notice , 50 Set  Objective Model  Question With Answerको व्यवस्था गरेको छ त्यो पनि निशुल्क हेर्न सकिने गरी ।


के के गर्नुपर्छ  Note हेर्नलाई ?
(50 Set  Objective Model  Question With Answer)

1.सर्वप्रथम आफ्नो Mobile मा रहेको Google Playstore खोल्नुहोस् । 

2. Search मा गएर Siknethalo Plus भनेर सर्च गर्नुहोस् । यस्तो Icon देखिन्छ 



3. Install मा Click गरेर DOwnload गर्नुहोस् 

4. Install भएपछी Open गर्नुहोस् 

5. TSC Exam भन्ने Tab खोल्नुहोस् अनि आफूलाई आवश्यक कुरा पढ्नुहोस् 

कुनै समस्या आएमा siknethaloplus@gmail.com मा इमेल गर्न सक्नुहुन्छ । आफ्ना अरू साथीहरू समक्ष पनि पुर्याउन सहयोग गरिदिन अनुरोध छ ।



Post a Comment

आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post