Download Here


शिक्षक सेवा आयोगका  लागि अति उपयोगी 68 Set Model Questions  प्रकाशित । 


शिक्षक सेवा  आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।शिक्षक सेवा आयोगको तथ्यांकअनुसार अहिले देशभरका सामुदायिक तथा सरकारी विद्यालयमा गरेर एक लाख आठ हजार शिक्षक कार्यरत छन् ।यसैविच शिक्षक सेवा आयोगले खुल्ला विज्ञापन गर्ने चर्चा चलिरहेको छ । 



शिक्षक सेवा आयोगले शिक्षक पदको   खुल्ला विज्ञापन गर्ने प्रयोजनका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार प्रथम पत्र १०० पूर्णांक र विषयगत १०० पूर्णांक गरि जम्मा २०० पूर्णांकको पाठ्यक्रम सार्वजनिक गरेको छ । सो जानकारी तथा पाठ्यक्रम तपाईहरूले शिक्षक सेवा आयोग नेपालको website बाट हेर्न र download गर्न सक्नुहुन्छ । जस अन्तर्गत प्रथम पत्र उत्तीर्ण गरेका परीक्षार्थी मात्र दोस्रो अर्थात् विषयगत पत्रमा सहभागी हुन पाउने छन् 


यहि कुरालाई मध्यनजर गर्दै Sikne Thalo मोबाइल Application ले शिक्षक सेवा आयोगको तयारी गरिरहनु भएका परीक्षार्थीलाई (आधारभूत र माध्यमिक दुवै तह ) सहयोग पुग्ने गरि प्रथम पत्र लक्षित पूर्ण नमुनामा आधारित 68 Set Model Question With Answer निर्माण गरेर सार्वजनिक गरेको छ । उक्त नमुना प्रशोत्तर निशुल्क रूपमा हेर्न र पढ्न सकिन्छ  आफ्नै घरमा बसेर आफ्नै Mobile मा सजिलै आफ्नो अध्ययनलाई बिनाशुल्क अगाडी बढाउन सजिलो हुनेछ । यो Andrid Mobile Application हो । App Download गर्नुहोस् यहाँबाट :


परीक्षार्थीले दैनिक 2 set का दरले १ महिनासम्म अभ्यास गर्न सक्नेछन् । सुरुमा आफैंले परीक्षा सम्झेर उक्त प्रश्नहरूको Answerkey तयार गरेर अभ्यास गर्न सकिन्छ । अन्त्यमा उत्तर पनि दिएकाले कति मिल्यो वा मिलेन चेक गर्न सकिन्छ । अभ्यास नै सफलताको कडी हो । अभ्यासले मानिसलाई पूर्ण बनाउँछ । यसरी परीक्षार्थीले आफ्नो Mobile  मा सिक्नेथलो एप  सजिलै  Install गरेर निशुल्क प्रयोग गर्न सक्नेछन् 


शिक्षक सेवा आयोगले विगतमा सोधेका र भविष्यमा सोध्न सक्ने अति महत्त्वपूर्ण प्रश्नहरू Grid अनुसार समेटेर नमुना प्रश्नहरूको Set तयार गरिएको छ । नयाँ पाठ्यक्रममा आधारित प्रशस्त अभ्यास सामग्रीहरू नभएको स्थितिलाई हाम्रो यो प्रयासले पक्कै पनि सहयोग पुग्नेछ । सामान्यज्ञान ,Iq question,एन नियम -संविधान ,सूचना तथा संचार प्रविधि र शिक्षा सम्बन्धि प्रश्नहरू Grid अनुसार समायोजन गरेर तयार गरिएको छ । त्यस्तै वस्तुगत प्रश्नका विभिन्न मोडेलहरू सोध्न सक्ने संभावित विभिन्न Model हरू राखिएको छ (जस्तै : जोडा मिलाउने ,खालि ठाउ भर्ने ,ठिक वेठिक आदि )। 



त्यस्तै शिक्षा सेवा अन्तर्गत प्राविधिक सहायक (प्रा.स. ) तयारी गरिरहेका परीक्षार्थीलाई समेत यस App ले सहयोग गर्नेछ । यसमा प्रा.स . सहयोगी 30 set प्रश्न सेट उत्तरसहित राखिएको छ । यो सेवा पनि निशुल्क रहेको छ । शिक्षक सेवा आयोग तयारी गर्ने परीक्षार्थीहरूले पनि ती Question set बाट आफ्नो अध्ययन थप मजबुत बनाउन सक्छन  App Download गर्नुहोस् यहाँबाट :



यहाँ सिक्नेथलो (Sikne Thalo) App कसरी प्रयोग गर्ने भन्ने जानकारी राखिएको छ ।  अध्ययन गरेर प्रयोग 
गर्नुहोला । आफ्ना अरू साथीहरूलाई पनि यसको जानकारी पुर्याउन अनिवार्य Share गरेर सहयोग गर्नुहोला । सेवा नै धर्म हो । तपाईको महत्त्वपूर्ण सूचनाले कसैको भविष्य बन्न सक्छ । 






प्रयोग गर्ने तरिका यसप्रकार रहेको छ 

→ सुरुमा आफ्नो मोबाइलमा रहेको Google Playstore खोल्नुहोस्  । 




→ त्यहाँ गएर Sikne Thalo लेखेर search गर्नुहोस्  अनि install गर्नुहोस्  वा (यो link मा Click गरेर Download गर्नुहोस्


 App Install भएपछी Open गरेर आयोग तयारी भन्ने Folder खोल्नुहोस्  अनि त्ससभित्र रहेको TSC Model Question खोल्नुहोस् र निशुल्करूपमा हेर्नुहोस्  




 आफ्नो तयारीलाई मजबूत बनाउनुहोस् । यसमा प्रत्येक नमुना प्रश्नसहित उत्तर पनि अन्तिममा राखिएको छ । 















अनुरोध सबैमा :

सबै भन्दा महत्वपूर्ण कुरा अध्ययन हो । राम्रो समय तालीका बनाउने र आधिकारीक शैक्षिक सामाग्री हँुदैमा मात्र हुदैन । त्यसको लागी अध्ययनलाई निरन्तरता दिने , कडा मेहनत गर्ने र पढेको कुरालाई स्मरण गर्ने गर्नु पर्दछ । अध्ययन गर्ने तरिका ब्यत्तिपिच्छे फरक फरक हुन्छन् । सबै भन्दा पहिले आफुले प्रतिस्पर्धा गर्ने तहको शिक्षक सेवा आयोगले निर्धाण गरेको पाठ्यक्रम लिने र जसको चरणबद्ध रुपमा अध्ययन गर्नु पर्दछ ।परीक्षार्थीले पाठ्यक्रमको अध्ययन गर्न आवश्यक छ। प्रकाशित साल, मूल पाठ्यपुस्तकहरूको खोजी गरी अध्ययन गर्दा द्विविधा हुँदैन। 


भरसक घोकेर होइन, बुझेर पढ्ने बानीले विषयवस्तुलाई सामान्यीकरण हुने पढाइ चिरस्थायी हुने निश्चित छ। अध्ययनलाई स्तरिय, राम्रो र ब्यबस्थीत गर्न आधिकारीक र स्तरिय सामाग्रीको छनौट गर्नु पर्दछ । बजारमा विभिन्न किसिमका सामाग्रीहरु सजिलै पाइन्छन् । यस्ता सामाग्रीहरुबाट आफुलाई आबश्यक पर्ने आधिकारीक सामाग्री छनौट गर्नु  पर्दछ:



थप जानकारी ( यो पनि पढ्नुहोस् ) :
आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ ।  केन्द्रले खुल्ला तर्फ  प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहमा दुई हजार ५ सय ९३ (  नेपाली चार सय ३६, अंग्रेजी छ सय २२, सामाजिक तीन सय ५२, गणित तीन सय ७०, विज्ञान चार सय ४० र ऐच्छिक प्रथममा नौ शिक्षकको पद रिक्त) र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण आयोगलाई बुझाएको छ । निम्नमाध्यामिक तहको ऐच्छिक द्वितीय विषयमा भने एउटा पनि दरबन्दी रिक्त छैन । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।

आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार १७ हजार ४७ जना शिक्षक पदको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

 यसैबीच शिक्षक विज्ञापन गर्ने तयारीसँगै केन्द्रले जिल्लान्तर सरुवा रोक्का गरेको छ । केन्द्रले शिक्षकको परीक्षा र आन्तरिक बढुवा गर्नुपर्ने भएकाले हाललाई जिल्लान्तर सरुवा रोक्का गरेको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

शिक्षक दरबन्दी मिलान व्यवस्थापन कार्यविधि–२०७६ बमोजिम खुद पुल दरबन्दी भएका जिल्लाबाट खुद पुल दरबन्दी रहेका तहका शिक्षकलाई केन्द्रले तोकेका जिल्लाअन्तर्गतका स्थानीय तहमा दरबन्दी मिलान गर्दा दरबन्दीसहित जिल्लान्तर सरुवा गर्न सक्ने व्यवस्था यथावत् राखिएको छ ।

1 Comments

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

  1. आफूले प्रयोग गरेपछि अरूलाई पनि भन्नुहोला ।

    ReplyDelete

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post