Download Here

शिक्षक सेवा नमुना प्रश्न एक (आधारभूत तथा माध्यमिक तह दुवै तहको लागि )

उत्तर अन्तिममा हेर्नुहोला 



शिक्षक सेवा आयोग

माध्यमिकनिमावि र प्रावि.तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको,

वस्तुगत अभ्यास परीक्षा-२०७८

सबै प्रश्नहरु अनिवार्य छन्।

पूर्णाङ्क : १००

समय-६० मिनेट

५० प्रश्न x२ अंक = १00 अंक

                      

App Download गर्नुहोस् यहाँबाट : 





१.सवै भन्दा तातो ग्रह कुन हो ?

A) बुध

B) शुक्र

C) मंगल

D) बृहस्पति



 

२.सौर्य दिन भन्नाले केलाई बुझिन्छ ?

A) पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समय

B) सूर्यलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समय

C) चन्द्रमालाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समय

D) पृथ्वीमा सवै भन्दा उज्यालो दिन



 

३.खाना पकाउन प्रयोग गरिदै आएको LPG ग्याँस तयार पार्ने श्रेय कसलाई जान्छ ?

A) डा. मार्कोस

B) डा. लिन्थोग

C) डा. वाल्टर स्नेलिड

D) डा. ह्यारी ग्लेन



 

४.नेपालमा बृष्ट्रिछायामा पर्ने जिल्ला कुन हो ?

A) मुस्ताङ

B) डोल्पा

C) दाचुला

D) रसुवा




 

५.हिमालमा मूल नभएको नदी कुन हो ?

A) अरुण

B) महाकाली

C) तमोर

D) त्रिशुली



 

६.लिच्छवीकालमा प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?

A) पौर

B) जानपद

C) जनाना

D) मर्दाना



 

७.बावुआमाको मृत्यू हुँदा १३ दिन सम्म किरीया बस्ने चलन कसले चलाएका हुन् ?

A) जंगबहादुर

B) जयस्थिति मल्ल

C) वीर शमशेर

D) जुद्ध शमशेर



 

८.ललितपुरको निर्माण कस्ले गरेका हुन ?

A) राजा जगज्योती मल्ल

B) महेन्द्र मल्ल

C) भूपालेन्द्र मल्ल

D) जयजितामित्र मल्ल



 

९.जिल्लामा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था कहिलेबाट गरिदै आएको छ ?

A) वि.सं. २०२१ पुष १

B) वि.सं. २०२२ पुष १

C) वि.सं. २०२३ पुष १

D) वि.सं. २०२८ पुष १



 

१०.नेपालका लखन थापालाई कहिले देखि पहिलो शहिद घोषणा गरिएको हो ?

A) वि.सं. २००७ पुष १

B) वि.सं. २०१५ पुष १

C) वि.सं. २०४८ असोज १

D) वि.सं. २०७२ असोज ३



 

११.नेपालमा कहिले देखि प्रत्येक वर्ष बैशाख १ गतेका दिनलाई नया वर्ष रुपमा मनाउन थालिएको हो ?

A) वि.सं. १९६०   

B) वि.सं. १९०३      

C) वि.सं. १९१०         

D) वि.सं. २००४



 

१२.सतार जातिको मुखियालाई के भनिन्छ ?

A) सन्थाल

B) माझिम

माझिहडाम

D) माघीपापानी

शिक्षक सेवा आयोगका 68 Set Model Question


 

१३.महाभारतका रचयिता वेदव्यासको पत्नी को थिईन ?

A) शकुन्तला

B) पिङ्गला

C) प्रभा

D) अरुन्धति



 

१४.'स्कूलमा इलम पाएका मानिसहरुले मुलुकको धन हर किसिमले बढाउछन्' भन्ने धारणा कस्को हो ?

A) जय पृथ्वीबहादुर सिंह

B) देव शमशेर

C) बीर शमशेर

D) भीम शमशेर



 

१५.नेपालका क वर्गका बैंकहरुमध्ये नेपाल बैक लिमिटेडलाई जेठो मानिन्छ भने कान्छो बैंक कुन हो ?

A) सिभिल बैंक

B) जनता बैंक

C) नेपाल क्रेडिट एण्ड कमर्स

D) सानिमा



 

१६.पाठ्यक्रम निर्माणमा समाजको कुन पक्षले मुख्य प्रभाव पार्दछ ?

A) सामाजिक संरचना

B) सामाजिक गतिशिलता

C) सामाजिक मुल्य मान्यता

D)सामाजिक स्रोत



 

१७.विषयवस्तुको फराकीलो पना र गहिराईले के लाई जनाउदछ ?

A) Scope

B) Integration

C) Sequence

D) Continuity



 

१८.सवैका लागि शिक्षा कार्यक्रम अर्न्तगत तलका मध्ये पहुच अभिवृद्धिसंग सम्बन्धीत कार्यक्रम कुन हो ?

A) प्रभावकारी शिक्षकको व्यवस्था

B) भौतिक सुविधा विस्तार

C) निरन्तर विद्यार्थी मूल्यांकन

D) विद्यालय सुधार योजना



 

१९.श्रेस्ता पाठशालाको पाठ्यक्रममा कुन विषय थप गरि तीन पासेबाट चार पासे बनाइएको थियो ?

A) औंठा

B) हिसाब

C) लेखा

D) सेस्ता



 

२०.विद्यालय क्षेत्र विकास कार्यक्रमका उपलब्धीहरु मापन गर्न कतिवटा सूचकहरु अवलम्बन गरीएका थिए ?

A) ३०

B) १८

C) २२

D) ३१



 

२१.सन् २०३० सम्मकालागि दिगो विकासकालागि शिक्षा सम्बन्धी दस्तावेज तलका मध्ये कुन कुरामा जोड दिइएको छ ?

A)  समाहिता वा समावेशी शिक्षा

B) समतामूलक शिक्षा

C) गुणस्तीय शिक्षा

D) माथिका सवै



 

२२.जोडा मिलाउनुहोस् ।

a) छात्रवृत्तिको शुरुवात                            i) वीर शमशेर                 

b) दरबार स्कूल सर्वसाधारणका लागि खुला  ii) देव शमशेर               

c) गोरखापत्रको प्रकाशन                          iii) १९५८ बैसाख २४      

d) भाषा पाठशाला खोल्न बन्देज               iv) १९५८ असोज १२     

  A) a-i, b-ii, c- iii, d-iv

 B) a-ii, b-i, c- iii, d-iv

C)a-i, b-ii, c- iv, d-iii

D)a-i, b-iii, c- ii, d-iv



२३.'Knowledge is truth; truth verywhere the same' भन्ने धारणा तलका मध्ये कस्को हो ?

A) Phenix

B) Hutchin

C) Bruner

D) Schwab



२४.पाठ्यक्रमको संकुचित अर्थ तलका मध्ये कुन हो ?

A) विषय सूची

B) कार्य योजना

C) शैक्षिक उद्देश्य प्राप्तीको कार्यक्रम

D) सवै सिकाइ अनुभव



 

२५.विद्यालयलाई Miniature society हो भनि आफ्नो धारणा राख्ने विद्वान को हुन् ?

A) कार्ल मार्क्स

B) कोम्टे

C) जोन डीवे

D) इमाइल दुर्खिम



 

२६.नेपालमा रेडियोबाट दैनिक दूर शिक्षा कार्यक्रमको प्रशारण कुन समयमा गरिन्छ ?

A) साझ ७.३० देखि ७:४५ सम्म

B) विहान ७.३० देखि ७:४५ सम्म

C) शुक्रवार साझ ७.३० देखि ७:४५ सम्म

D) विहान १०:१५ बजे देखि ११ बजे सम्म



 

२७.राउटेले बनाउदै आएका काठका भाडाकुडा बनाउने परम्परागत सिपको प्रमाणिकरण गर्ने निकाय कुन हो ?

A) CTEVT

B) EVENT

C) CEHRD

D) MOEST




 

२८.विद्यालय तहमा मापनको शाब्दीक अर्थ कुन हो ?

A) अंकन गर्नु

B) लेखाजोखा गर्नु

C) निर्णय गर्नु

D) मुल्यांकन गर्नु

 

शिक्षक सेवा आयोगका 68 Set Model Question

२९.अनौपचारिक शिक्षालाई समात्ने र अघि बढ्ने प्रक्रियाका रुपमा अर्थ्याउने विद्वान को हुन ?

A) डीबे

B) युनेस्को

C) इभान इलिच

D) एन्ड्रस




३०.शिक्षा र संस्कृति बीचको सम्बन्धलाई तलका मध्ये कुन भनाइले बढी दर्शाउँदछ ?

i) शिक्षा र संस्कृति दुवैको केन्द्रीय तत्व समाज हो ।

ii) संस्कृति शिक्षाको प्रतिफल हो।

iii) शिक्षा ज्ञान हो भने संस्कृति परम्पराको हुबहु नक्कल मात्र हो ।

iv) शिक्षाले संस्कृतिको प्रवर्धनमा भूमिका खेल्दैन ।


A) i ii दुवै ठीक

B) iii iv दुवै ठीक

C) i मात्र ठीक

D) ii मात्र ठीक



 

३१.जोडा मिलाउनुहोस् ।

a) Educare                              i) to bring up

b) Educere                             ii) to draw out

c) शिक्षाको व्यक्तिगत कार्य            iii) जीवनकालागि शिक्षा

d) शिक्षाको सामाजिक कार्य          iv) सिर्जनात्मक क्रियाकलापमा विशि

A)a-i, b-ii, c- iii, d-iv

B) a- ii, b-i, c- iii, d-iii

C)a-i, b-ii, c- iv, d-iii

D)a-i, b-iii, c- ii, d-iv

 



३२.विद्यालय क्षेत्र विकास योजनाको अन्त्य सम्ममा कति वटा नमूना विद्यालय स्थापना गर्ने लक्ष्य राखेको छ ?

A) ५००

B) १०००

C)१५००

D) २०००

 



३३.जोडा मिलाउनुहोस ।

a) व्यक्तिको रुचि, चाहाना तथा आवश्यकता अनुसार दिइने शिक्षा      i) अनौपचारिक शिक्षा

b) रुसो                                              ii) बालकेन्द्रीत शिक्षा

c) जोन डीवे                                       iii) त्रिमुखि शिक्षा

d) जर्ज प्याने                                    iv) शैक्षिक समाज शास्त्रको पिता

A) a-i, b-ii, c- iii, d - iv

B) a-ii, b-i,c- iii, d - iv

C) a-i, b-ii, c- iv, d - iii

D) a-i, b-iii, c- ii,d - iv



३४.कक्षा ७ को सिकाइ क्षमता स्तर कुन हो ?

A) तह तीन

B) तह चार

C) तह पाँच

D) तह दुई



 

३५.साक्षरताको राष्ट्रिय परिभाषा निर्धारण गर्न प्रतिवेदनमा सिफारिस गरिएको थियो ?

A) रा.शि.प.यो. २०२८

B) रा.शि.आ. २०४९

C) सर्वाङ्गीण रा.शि.स. २०१८

D) उच्चस्तरीय रा.शि.आ. २०५५



 

३६.तल दिइएका मध्ये संबैधानिक परिषद्मा सदस्य नहुने पदाधिकारी कुन हो ?

A) प्रतिनीधि सभाका सभामुख

B) राष्ट्रिय सभाका अध्यक्ष

C) प्रतिनीधि सभाका उप-सभामुख

D) राष्ट्रिय सभाका उपाध्यक्ष



 

३७.तलका कथन मनन् गर्नुहोस ।

a Ivan Pavlov                     i) सिकाइमा दृष्य तथा अदृष्य दुवै कार्यको प्रभाव रहन्छ ।

b) कार्यपरक सिद्धान्त           ii) Money is not a reinforcement if it doesn't increase behavior

c) सिकाइको अपवाद                  iii) वाम सर्दै गरेको वालकले हिड्न थाल्नु ।

d) Edward Thorndike            iv) Puzzle Box

A) a- i , b- ii, c- iii, d- iv

B) a-ii, b-i,c - iii, d - iv

C) a-iii, b-ii,c-i, d - iv

D) a - iv, b-ii,c - iii,d-i



 

३८.उपयुक्तताका आधारमा जोडा मिलाउनुहोस ।

a) समस्याको उमेर                                 i) मनोवैज्ञानिकहरूद्वारा प्रयोग गरिने नाम ।

b) सिर्जनात्मक उमेर                               ii) आमा वावुद्वारा प्रयोग गरिने नाम

c) शारीरिक प्रकृयाको परिवर्तन                       iii) मानव विकास ।

d) शारीरिक मानसिक संवेगात्मक सामाजिक पक्षको विकास   iv) मानव वृद्धि ।

A) a- i ,b - ii, c- iii, d- iv

B)a-ii , b-i,c- iv, d - iii

(C) a - iii ,b- ii , C-i, d - iv

D)a - iv, b-ii ,c - iii,d-i

 



३९.शंकरको 7 बर्ष अघिको उमेर कुनै संख्याको घन हो । 2 बर्ष पछि हुने उस्को उमेर अर्को संख्याको बर्ग हो । फेरि उस्को उमेर अर्को संख्याको बर्ग हुन कति समय पर्खनु पर्दछ?

A) 14

B) 38

C) 15

D) 24



 

४०. Arrange the words given below in a meaningful sequence.

 

1. Police       2. Punishment        3. Crime   4. Judge 5. Judgement          

A.3, 1, 2, 4, 5

B.1, 2, 4, 3, 5

C.5, 4, 3, 2, 1

D.3, 1, 4, 5, 2



 

४१.Complete the given matrix.



 


A) 85

B) 65

C) 56

D) 24



 

४२. 3:9:27:81:?

A) 234

B) 345

C) 243

D) 343



४३.समुहमा नमिल्ने पत्ता लगाउँनुहोस् ।

A) ताल

B) समुन्द्र

C) नदी

D) पोखरी

४४. Which one will replace the question mark ?










Ans : D

 

शिक्षक सेवा आयोगका 68 Set Model Question



४५. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.






Ans : 2

A. 1

B. 2

C. 3

D. 4

E. 5


 

 

४६. Select a suitable figure from the four alternatives that would complete the figure matrix.









Ans: 1

A. 1

B. 2

C. 3

D. 4

 

 



४७.कम्यूटरको परिचय तलका मध्ये कुनले दिन्छ ?

A) असाध्यै छिटो, शुद्ध र जटिल गणितीय कार्य गर्न सक्ने साधन ।

B) अरवौं, अंक अक्षर, सानो चिप्समा उटाउन, सम्पादन गर्न सक्ने अपार भण्डारण र पढ्न वा बुझ्न सक्ने क्षमता भएको साधन।

C) कमाण्ड आदेश (इनपुट) अनुसार काम गरी नतिजा आउटपुट) दिनसक्ने बहुरुपी यन्त्र ।

D) माथिका सबै।



 

४८.'विद्यालय क्षेत्र विकास योजनाले मुलुकको विकास तथा विश्वव्यापी समुदायसँग नेपालको समायोजनका लागि आवश्यक ज्ञान तथा , सीपयुक्त नागरिक तयार पार्नु नै शिक्षाको दिर्घकालीन उद्देश्य हो' भन्ने कुरा तलका मध्ये कुन क्षेत्रमा उल्लेख गरेको छ ?

A) शिक्षामा सूचना तथा सञ्चार प्रविधि

B) आधारभूत शिक्षा अन्तर्गत

C) माध्यमिक शिक्षा अनतर्गत

D) प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत



 

४९.राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मा सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रुपान्तरणका लागि तलका मध्ये कुन प्रयोग गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ ?

A) विषयका रुपमा

B) विषयबस्तुका रुपमा

C) माध्यमका रुपमा

D) माथिका सबै



 

५०.सिकारु र सहजकर्ता आमनेसामने नभए पनि विभिन्न प्रविधिको माध्यमबाट आमने सामने भए जस्तै गरी सोझो सम्पर्कमा रहेर कुराकानी र अन्तरक्रियाका माध्यमबाट सिक्ने सिकाउने पद्धतिलाई के भनिन्छ ?

A) E-Learning

B) Virtual Classroom Learning

C) Multimedia

D) Cyber Buffet

माथिका प्रश्नहरूको Answerkey तपाइंले हाम्रो App मा निशुल्क हेर्न सक्नुहुन्छ । यसका लागि Google Playstore मा गएर Sikne Thalo एप डाउनलोड गर्नुपर्ने हुन्छ ।  यो निशुल्क प्रयोग गर्न सकिन्छ ।  


Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post