Download Here

शिक्षक सेवा नमुना प्रश्न एक (आधारभूत तथा माध्यमिक तह दुवै तहको लागि )

उत्तर अन्तिममा हेर्नुहोला 


१. सामान्यतया अनौपचारिक शिक्षाको स्वरुपमा तलका मध्ये कुन पर्दैन ?
A. अनौपचारिक शिक्षा विद्यालय शिक्षा जस्तो कठोर नभई लचिलो हुन्छ ।
B. अनौपचारिक शिक्षा विश्वव्यापी स्वभावको नभई स्थानीय स्वभावको हुन्छ ।
C. विषय केन्द्रित, स्तरीय खालको हुन्छ ।
D. अनौपचारिक शिक्षा परिपक्व जीवन निर्माण गर्ने एउटा प्रविधिका रुपमा जीवनपर्यत्न स्थापीत भएको हुन्छ ।


२. किशोरावस्थाका बालबालिकाको समुचित विकासका लागि आमाबाबु तथा शिक्षकको कुन पक्षमा ध्यान दिनु आवश्यक छ ?
A. सामाजिक सहभागिता र सक्रियता बढाउने
B. कुसङ्गतबाट बचाउने
C. बालबालिकाको स्वास्थ्यप्रति ध्यान दिने
D. माथिका सबै


३. कुनै एउटा परिस्थितिबाट सिकेको सिकाइको सिकाइले अर्को कुनै ठाउँमा वाधा सिर्जना गर्ने खालको स्थानान्तरणलाई के भनिन्छ ?
A. सकारात्मक स्थानान्तरण
B. न्कारात्मक स्थानान्तरण
C. शुन्य स्थानान्तरण
D. विस्मरण





४. तलको मध्ये कुन भनाई ठीक होइन ?
A. व्यवहारमा आउने सबै परिवर्तन सिकाइ होइनन् ।
B. आर्जित वा सिकेका व्यवहार मात्र सिकाइ हुन् ।
C. सिकाइ जैविक प्रक्रिया हो ।
D. नसिकेका व्यवहार नै सिकाइका अपवाद हुन् ।


५. उद्दीपक र प्रतिक्रियाबीच सम्बन्ध स्थापना भएर अस्वभाविक उत्तेजनाप्रति पनि स्वभाविक जस्तै प्रतिक्रिया देखाई सिकाइ गर्ने प्रक्रिया कुन सिकाइ सिद्धान्त सँग सम्बन्धित छ ?
A. शास्त्रीय सम्बन्धन प्रत्यावर्तन
B. कार्यपरक सम्बन्ध प्रत्यावर्तन
C. प्रयत्न र भूलको सिकाइ
D. अन्तरदृष्टि सिकाइ


६. राष्ट्रिय पाठ्यक्रम प्रारुप (परिमार्जन २०७१), २०६३ ले शिक्षक शिक्षालाई कुन रुपमा हेरेको छ ?
A. शिक्षक तालिमलाई व्यवहारिक बनाउने ।
B. पेशागत तालिमलाई स्तरीय, व्यवस्थित एवम् मागमा आधारित हुने गरी सञ्चालन गर्ने ।
C. शिक्षक सहयोग कार्यक्रम, पेशागत सहयोग, सरसल्लाह पद्धतिलाई कार्यमूलक बनाउने ।
D. माथिका सबै ।


७. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले पाठ्यक्रमको स्वरुप एवम् संरचना, शिक्षण सिकाइ क्रियाकलाप जस्ता पक्षलाई सम्बोधन गर्दै कस्तो दृष्टिकोण हुनुपर्ने गरी औँल्याएको छ ?
A. नेपाली मूल्यमान्यतामा आधारित पाठ्यक्रम निर्माण
B. शान्ति र सहिष्णुतामा आधारित पाठ्यक्रम निर्माण
C. व्यावसायिक तथा जीवनोपयोगी सिप प्रवद्र्धन गर्न सक्ने सिप
D. माथिका सबै बुँदामा आधारित पाठ्यक्रम निर्माण


८. बार्षिक योजनामा उल्लेख भएका कार्यक्रमहरु तोकिएको समयमा सम्पन्न भए/नभएको, सम्पन्न नभएको भए सोको कारण र जिम्मेवार व्यक्ति र देखा परेका समस्याहरु त्था समाधानका उपायहरु पत्ता लगाई सञ्चालकलाई सहयोग पु¥याउने योजनालाई के भनिन्छ ?
A. विद्यालय सुधार योजना
B. कार्यक्रम अनुगमन
C. अनुगमन योजना
D. योजनाको मूल्याङ्कन



९. छलफल विधिसँग कुनचाहिँ मेल खाँदैन ?
A. छलफलको तरिका अनुसार बसाइ व्यवस्थित गर्नुपर्दछ ।
B. छलफलमा सबै विद्यार्थीको सहभागिता गराउनुपर्दैन ।
C. छलफल गर्ने विषयका बारेमा विद्यार्थीहरु परिचित हुनुपर्छ ।
D. छलफल गर्नु अगाडि नियमहरु तयार गरी कक्षामा प्रस्तुत गर्नुपर्दछ ।



१०. विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सिप तथा धारणाहरु परीक्षण गर्नको लागि लिखित प्रश्नका माध्ययबाट लिखित उत्तर नै दिन लगाउने परीक्षालाई के भनिन्छ ?
A. लिखित परीक्षा
B. मौखिक परीक्षा
C. प्रयोगात्मक परीक्षा
D. अवलोकन


११. बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ ?
A. एउटा कक्षाका सबै विषय एउटै शिक्षकले अध्यापन गराउने ।
B. धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखी अध्यापन गराउने ।
C. दुई वा सो भन्दा बढी कक्षाका विद्यार्थीलाई एउटै शिक्षकले अध्यापन गराउने ।
D. प्रत्येक विषय छुट्टाछुट्टै शिक्षकबाट अध्यापन गराउने ।


१२. शिक्षकको शिक्षण कला र सीपमा सुधार ल्याउन तथा शिक्षकहरु लाई बढी सिर्जनशील तथा क्रियाशील बनाउने कार्य तलका मध्ये कुन हो ?
A. शैक्षिक सामाग्रीको प्रयोग
B. शिक्षक तालिम
C. कार्यमुलक अनुसन्धान
D. माथिका सबै




१३. पहिलो मानव निर्मित उपग्रह देहायको कुन हो ?
A. स्पुतनिक १
B. लुना २
C. स्पुतनिक २
D. सबै बेठीक


१४. पोल्याण्डका बैज्ञानिक निकोलस कपर्निकसले सौर्य प्रणाली कहिले पत्ता लगाएका हुन् ?
A. सन् १५४३ मा
B. सन् १७४५ मा
C. सन् १६४५ मा
D. सन् १५४५ मा


१५. दिइएको मध्ये कुन तथ्य ठीक हो ? 
(अ) सबै भन्दा ठुलो नदी अमेजन हो भने लामो नदी नाइल हो । 
(आ) एशियाको ठुलो नदी यान्जे हो भने लामो नदी ह्वाङहो रहेको छ । 
(इ) विश्वकै ठुलो हिमनदी ल्याम्बर्ट ग्लासियर अष्ट्रेलियामा रहेको छ । 
(ई) विश्वकै धेरै बालुवा बोक्ने नदी ह्वाङहो रहेको छ ।
A. अ र आ ठीक
B. आ र ई ठीक
C. अ र ई ठीक
D. सबै बेठीक



१६. एन्जेल झरना भेनेजुयलामा पर्दछ भने पुका ओकु झरना कहाँ पर्दछ ?
A. अमेरिका
B. क्यानडा
C. नर्वे
D. न्युजिल्याण्ड



१७. सानो भेरी र ठुलो भेरी नदीको संगम स्थललाई रिम्ना दोभान भनिन्छ भने तीला नदी र जवा नदीको सङ्गमस्थल लाई के भनिन्छ ?
A. दानासाँगु
B. त्रिवेणी
C. जितेगडा
D. कर्णाली



१८. नेपालमा दक्षिण तिरबाट उत्तर तिर बहने नदी ....... हो भने, उक्त नदी ...... जिल्लामा पर्दछ ?
A. बबई/दाङ
B. अरुण/संखुवासभा
C. कर्मनशा/ललितपुर
D. राप्ती/बर्दिया



१९. नेपालको पहिलो वन्यजन्तुमैत्री पुल कहाँ निर्माण गरिएको छ ?
A. चितवन राष्ट्रिय निकुञ्ज
B. बाँके राष्ट्रिय निकुञ्ज
C. बर्दिया राष्ट्रिय निकुञ्ज
D. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज



२०. कोत पर्व भएको कति दिनपछि भण्डारखाल पर्व भएको थियो ?
A. ३५ दिनपछि
B. ४० दिनपछि
C. ४५ दिनपछि
D. ४१ दिनपछि



२१. नेपाल र तिब्बतबीचको केरुङर बेत्रावति सन्धि देहायका कुन राजाको पालामा भएको थियो ?
A. रणबहादुर शाह
B. प्रतापसिंह शाह
C. गिर्वाणयुद्ध विक्रम शाह
D. राजेन्द्र विक्रम शाह



२२. किच्चक वध नेपालको कुन स्थानमा रहेको छ ?
A. रौतहट
B. बारा
C. सप्तरी
D. झापा



२३. जलविद्युत उत्पादनको क्षमताको दृष्टिकोणले सबैभन्दा बढी वाट घटीको क्रममा देहायका जलविद्युत् योजनाहरुको सही क्रम छनौट गनुहोस् ?
A. कालीगण्डकी, मस्र्याङ्कदी, खिम्ती, कुलेखानी, भोटेकोशी
B. कालीगण्डकी, कुलेखानी, मस्र्याङ्कदी, खिम्ती, भोटेकोशी
C. कुलेखानी, कालीगण्डकी, खिम्ती, मस्र्याङ्कदी, भोटेकोशी
D. मस्र्याङ्कदी, कुलेखानी, कालीगण्डकी, भोटेकोशी, खिम्ती



२४. नेपालमा सर्वप्रथम भूमिसुधार कार्यक्रम कहिले लागु भएको थियो ?
A. वि.सं. २०१२
B. वि.सं. २०१६
C. वि.सं. २०१८
D. वि.सं. २०२१


२५. उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा बनेको हो ?
A. जापान
B. चीन
C. अमेरिका
D. बेलायत



२६. राष्ट्रिय जनगणना, २०६८ अनुसार प्रति वर्ग कि.मी. मा कति जनसङ्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ?
A. ३४
B. ३२
C. ३०
D. २८



२७. मुख्यत देहायको कुन हरित गृह ग्यास होइन ?
A. नाइट्रोजन
B. मिथेन
C. कार्वनडाइअक्साइड
D. जलवाष्प



२८. भारत भन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र कुन हो ?
A. पाकिस्तान
B. श्रीलंका
C. बंगलादेश
D. भुटान



२९. संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकार सम्बन्धी महासन्धि, १९८९ अनुसार बालबालिकाका लागि सीमित उमेर कुन हो ?
A. १२ वर्ष
B. १४ वर्ष
C. १६ वर्ष
D. १८ वर्ष



३०. नेपाल सरकारले “नागरिक एप” को सुरुवात कहिले गरियो ?
A. वि.सं. २०७७ माघ २ गते
B. वि.सं. २०७७ पौष २ गते
C. वि.सं. २०७७ मंसिर २ गते
D. वि.सं. २०७७ माघ ५ गते





३१. नेपालमा टोनी हेगनको तस्वीर अङकित हुलाक टिकट कहिले देखि प्रचलनमा ल्याइएको हो ?
A. २०७६ पुष १२ गते
B. २०७६ पुष ८ गते
C. २०७६ पुष १४ गते
D. २०७६ पुष २ गते



३२. सुचना तथा सञ्चार प्रविधि सम्बन्धी सक्षमताले सम्वोधन गर्ने विषय कुन हो ?
(A) सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरुको छनौट तथा उपयोग गर्न

(B) सिकारुका आवश्यकता अनुकुल डिजिटल सामग्री विकास गर्ने तथा उपलब्ध सामग्रीको अनुकुलन गरी उपयोग गर्न

(C) सूचना प्रविधिका साधनमार्फत सिकारुहरुको स्वसिकाइ प्रवर्धन गर्न आपसि सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन

(D) माथिका सबै



33. In the series 10, 17, 24, 31, 38, ...... which of the following will be a number of the series?
(A) 48
(B) 346
(C) 574
(D) 1003


34. GRAND MOTHER लाइ GRAND FATHER ले कोड गरीन्छ भने के को कोड हो ?
(A) ATHER
(B) UNCLE
(C) BROTH
(D) ANPUG



35. If you rearrange the letter in "HRAAOPK' you would have the name of city of Nepal.
(A) Delhi
(B) Pokhara
(C) Kolkota
(D) New York




36.दिइएको चित्रबाट पहिलो र दोस्रो चित्रको क्रम पत्ता लगाई त्यसैलाई आधार मानेर तेस्रो र चौथो चित्र पूरा गर्नुहोस्






(A)  a
(B) b
(C)  c
(D) d


37.दिइएका चित्र मध्य कुनै एक फरक चित्र पत्ता लगाउनुहोस् 









(A) a
(B) b
(C) c
(D) d

38. Find The Missing Figure.
























(A) a
(B) b
(C) c 
(D) d 



39. Running at the same constant rate, 6 identical machines can produce a total of 270 bottles per minute. At this rate, how many bottles could 10 such machines produce in 4 minute?
(A) 648
(B) 1800
(C) 2700
(D) 10800



४०. १०० विद्यार्थीको मध्यक ४० भएछ तर पछि अर्कोले यस हिसावलाई राम्ररी जाँच गर्दा ४० अंश लाई ८० राखेर हिसाव गरेको ठहर भएछ अव शुद्ध मध्यक कति होला ?
(A) ४०
(B) ४०.६
(C) ३४
(D) ३९.६



41. Which is not the computer of first-generation?
(A) ENIAC
(B) UNIVAC
(C) IBM650
(D) IBM 1401



४२. देहायका विकल्पहरु मध्ये विद्यायलमा प्रयोग नगरिने सफ्टवेयर कुन हो ?
(A) Reference software
(B) Spelling tutor software
(C) Typing tutor software
(D) CAD



४३. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगमा, व्यवस्थापन समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
(A) सूचना तथा सञ्चार सचिव
(B) शिक्षा सचिव
(C) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
(D) शिक्षा विभागको महानिर्देशक



४४. ICT को पूरा रुप के हो ?
(A) Internet Call Time
(B) International communication Technology
(C) Information and communication Technology
(D) International call time



४५. साइवर अपराधबाट बच्ने तरिका देहायका विकल्पहरु मध्ये कुन होइन ?
(A) इन्टरनेटमा व्यक्तिगत विवरण खुल्ला रुपमा नराख्ने
(B) अपरिचित व्यक्तिबाट आउने इमेललाई नखोल्ने
(C) सामाजिक सञ्चालमा सबै सँग बोल्ने र विश्वास गर्ने
(D) इन्टरनेट प्रयोग गरिसकेपछि अनिवार्य रुपमा साइन आउट गर्ने



४६. प्रत्येक व्यक्तिलाई प्राप्त हुने स्वतन्त्रताको हकमा कुन पर्दैन ?
(A) प्रत्येक व्यक्तिलाई व्यक्तित्व विकासमा सहभागी हुन पाउने स्वतन्त्रता
(B) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता
(C) राजनीतिक दल खोल्ने स्वतन्त्रता
(D) विचार र अभिव्यक्तिको स्वतन्त्रता



४७. शिक्षा ऐन, २०२८ को नवौं संशोधन कहिले भएको हो ?
(A) वि.सं. २०७४।७।६
(B) वि.सं. २०७४।६।६
(C) वि.सं. २०७४।५।६
(D) वि.सं. २०७४।७।७



४८. कस्ता विद्यालयलाई कम्पनीका रुपमा सञ्चालन गर्न पाइने गरी अनुमती वा स्वीकृति दिइने छैन ?
(A) दानदातब्य बाट प्राप्त भएको भवन वा जग्गामा भवन वनाई सञ्चालन भएको विद्यालय
(B) सरकारी वा सार्वजनिक भवनमा सञ्चालन भएको विद्यालय
(C) सरकारी वा सार्वजनिक जग्गामा भवन बनाई सञ्चालन विद्यालय
(D) माथिका सबै



४९. शिक्षक पदमा बढुवाको निमित्त सम्भाव्य उम्मेद्वार बन्न सक्ने अवस्था कुन हो ?
(A) वढुवा हुने श्रेणी भन्दा मुनीको श्रेणीमा कम्तिमा पाँच वर्ष स्थायी सेवा गरेको ।
(B) बढुवा रोक्का गरिएकोमा रोक्का भएको अवधिभर ।
(C) तल्लो पदमा घटुवा गरेकोमा घटुवा भएको मितिले दुई वर्षसम्म ।
(D) तलब बृद्धि (ग्रेड) रोक्का भएकोमा रोक्का भएको मितिले एक वर्षसम्म ।



५०. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको शैक्षिक अधिकारमा कुन पर्दैन ?
(A) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन
(B) अन्तराष्ट्रिय शैक्षिक दाताहरुसँग समन्वय
(C) शिक्षण सिकाइ शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास
(D) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन


माथिका प्रश्नहरूको Answerkey तपाइंले हाम्रो App मा निशुल्क हेर्न सक्नुहुन्छ । यसका लागि Google Playstore मा गएर Sikne Thalo एप डाउनलोड गर्नुपर्ने हुन्छ ।  यो निशुल्क प्रयोग गर्न सकिन्छ ।  










 



Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post