Download Here

अनुसन्धानकर्ताको नाम  : अञ्जना श्रेष्ठ

विद्यालय : श्री आदर्श माध्यमिक विद्यालय ,विराटनगर, मोरङ


तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

अनुसन्धानको शीर्षक :सरकारी विद्यालयका विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन कठिन हुनाका कारणहरू 

 

१. अनुसन्धानको शीर्षक :  

     यस कार्यमूलक अनुसन्धानको शीर्षक सरकारी विद्यालयका तल्ला कक्षाका विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन कठिन हुनाका कारणहरू रहेको  छ ।


 

२. समस्याको कथन :

               नेपाली माध्यमबाट पढाइ भइरहेको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम सुरु गर्दा अपेक्षा अनुरुप विद्यार्थीहरूले भाषा बुझ्न नसक्ने समस्या रहेको छ । एकदम सामान्य किताब राखेर पढाइ गर्दा पनि उपलब्धि लगभग शून्य देखिएको छ । पुस्तकबाट जस्ताको तस्तै सार्न सक्ने, प्रश्नको जवाफ जेनतेन बल गरेर दिन सक्ने तर बोल्न र पढ्न भने नसक्ने समस्या देखिएको छ । अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषय केही सजिलो भएपनि सामाजिक जस्ता विषय पटक्के पढ्न नसकेको अवस्था छ । 

 

               यो समस्या नबुझ्ने हो र नाम मात्रको अङ्ग्रेजी माध्यम सुचारु गर्ने हो भने बालुवामा पानी खन्याएको परिणाम आउने कुरामा दुइमत छैने । तसर्थ किन यस्तो भएको हो भन्ने खोजमूलक अनुसन्धान गरी समस्या पत्ता लगाएर समाधान जरुरी छ ।

 

३.  समस्याले पारेको असर :

               समस्या नबुझि यसरी नेपाली माध्यम चलिरहेको विद्यालयमा अङ्ग्रेजी माध्यम बनाउँदा एकातिर नेपाली पनि विर्सदै जाने र अङ्ग्रेजी पनि सिक्न नसक्ने भएकोले झन विकराल अवस्था आउन सक्दछ । कक्षाकोठामा गएर पढाउदा शिक्षकलाई पनि कठिन महसुस हुने, विद्यार्थीहरू पनि बुझ्न नसक्ने जसको कारण कक्षाकोठा शान्त नहुने समस्या आउने गर्छ ।



 

४. समस्याको कारण :

               हरेक समस्याको केही न केही कारण हुन्छ त्यस्तै उपयुक्त समस्याको मूल कारण भनेको विद्यार्थीको घरायसी पृष्ठभूमी, विद्यार्थीको स्तर र शिक्षकहरूको क्षमतामा कमी आदि हुन् । सर्वप्रथम त आजको परवेशमा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू त्यसमा पनि तराइको जिल्लामा त झन तराई बासी नै बढी रहेका हुन्छन । उनीहरूको घर समाजमा अङ्ग्रेजी वातावरण न्यून नै हुन्छ भने मातृभाषाको बाहुल्यता रहेको छ । घरमा सिकाउने अभिभावक त्यति देखिएन । विद्यालयमा सिकाएर पठाएको जस्ताको तस्तै व्यागमा राखेर भोलिपल्ट लिएर आउने देखियो । पारिवारिक पृष्ठभूमी खासै स्तरीय नभएपछि विद्यार्थीको स्तर त्यसै पनि खस्कने नै भयो । जसको कारण उनीहरूले अङ्ग्रेजी भाषा सिक्न सकेको छैन ।

 

               त्यो भन्दा पनि मुख्य समस्या भनेको सरकारी विद्यालयका सरकारी शिक्षकहरू अधिकांश अङ्ग्रेजीमा राम्रो दखल नभएको पाइयो । जेनतेन काम चलाउ तरिकाले मिसमास भाषा प्रयोग गरेर अध्यापन गराउँदा अपेक्षा अनुरुप परिणाम नआउनु स्वभाविक हो । विद्यार्थीले त्यतिवेला मात्र राम्ररी बुझ्न सक्छ जतिबेला धेरै समय सुन्न सक्छ । सिक्ने भनेकै सुनेर हो पर्याप्त सुन्न नपाएपछि नबुझ्नु स्वभाविकै हो । कक्षाकोठामा प्रेश गरेपछि सामान्य Classroom Language  पनि प्रयोग गर्न शिक्षकले सकेन भने विद्यार्थीले सुन्न नै पाउदैन र नसुनी सिक्न सक्दैन । अध्ययन अनुसन्धानको क्रममा शिक्षकहरूले कक्षाकोठामा अङ्ग्रेजी भाषा प्रयाप्त प्रयोग नगरेको पाइयो ।

 

५.   समस्या समाधानका लागि अपनाइएका कार्य योजना :

               सरकारी विद्यालयको विद्यार्थीहरूले अङ्ग्रेजी भाष सजिलौ बोल्न र प्रयोग गर्न नसक्नुका कारणरु पत्ता लगाई सो समस्या समाधान गर्न अपनाइएका कार्योजना यसप्रकार छन् :

क) विद्यार्थी नियमिततामा प्रोत्साहन गर्ने,

 

ख) व्यक्तिगत रुपमा Satelete teaching अर्थात Networking teaching को Process गर्ने ।

 

ग) कक्षाकोठामा शिक्षकले अधिकांश समय अङ्ग्रेजी भाषा मात्र बोल्ने ।

 

घ) कोर्स सकिदैन भनेर कोर्स सक्ने तर्फ नलागि विद्यार्थीको स्तर बढाउन तर्फ लाग्ने ।

 

ङ) Conversation प्रर्याप्त मात्रामा गर्ने ।

 

च) नेपालीमा Meaning भनिदिनुको सट्टा सम्भव भएसम्म हाउभाउबाट वा उदाहरण दिएर ब्अतष्लन गरेर बुझाउन पट्टि लाग्ने ।

 

छ) शिक्षक आफूलाई कुनै Confusion भए अरु बुझेका शिक्षकसँग सम्पर्क गरी स्पष्ट पारिदिने ।  

 

ज) विद्यार्थीहरूलाई कक्षाकोठामा जतिसक्दो बढि समय सुन्न पाउने अवसर दिने ।

 

झ) सजिला सजिला Thyer chant हरू कण्ठाग्र गर्न लगाउने ताकि घरमा पनि खेल्दा पनि गुनगुनाउन सकोस ।

 

ञ) सानासाना नानीहरूलाई लेख्नमा......................क्रमशः ...................


यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् । कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post