Download Here

प्रस्तुतकर्ता:- संविधान लामिछाने

ठेगाना- पोखरा ११, काहुँ

बिद्यालय:- श्री हिमालय आधारभूत बिद्यालय मादी-१२,कास्की


तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

 

शीर्षक:- कक्षा ६ का विद्यार्थीहरूमा विज्ञान विषय पढ्ने बानीको कमी हुनु ।

 

सन्दर्भ


श्री हिमालय आधारभूत विद्यालय कास्की जिल्लाको पश्चिम उत्तरमा रहेको मादी गाउँपालिकाको वडा नं १२ लिपेयनि गाउँमा अवस्थित छ । कोभीड महामारीको विषम् परिस्थितिले गर्दा विद्यालयमा भौतिक उपस्थिति भई विद्यालय सञ्चालन गर्न सकिएको अबस्था थिएन। अनलाइन शिक्षण सम्भव नभएको कारण टोल शिक्षण कार्यक्रमहरू भने सञ्चालन भएका थिए । टोल शिक्षणले पर्याप्त विद्यार्थी शिक्षक सम्पर्क भने भएको थिएन । विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भने आश्विन देखि मात्र भएको थियो । जसले गर्दा विद्यार्थीमा पढ्ने वानी अत्यन्त कम भएको पाइयो ।


समस्याको कथन
कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूमा कोभिड महामारीका कारण शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको कारण विज्ञान विषय पढ्ने बानीको विकास कम भएको पाइयो । घरमा पनि सहजीकरण गर्ने अभिभावक नभएका र विद्यार्थीले घरमा नटेर्ने भएकोले विद्यार्थी पढ्ने बानी कम भएको पाइयो । फलस्वरूप कक्षा ६ का धेरैजसो विद्यार्थीले विज्ञान विषयको गृहकार्य नगर्ने पाठ नपढ्ने, पढ्न अल्छी गर्ने एवं प्रथम त्रैमासिक परीक्षामा समेत अत्यन्त न्यून अङ्क ल्याएर उत्तीर्ण भएको पाइयो । घरमा मोबाइल मात्र चलाउने र विद्यालयमा पनि कक्षामा खासै चासो दिएर नपढेको पाइयो । कक्षा ६ का प्रायजसो विद्यार्थीमा पढ्ने बानी नभएको कारण विद्यार्थीको शैक्षिक उन्नयनमा गम्भीर समस्या पर्न सक्ने सम्भावना देखेकोले उक्त समस्या तत्कालै समाधान गर्नुपर्ने अत्यन्त जरुरी देखियो ।


समस्याको पहिचान
कक्षा ६ का विद्यार्थीको विज्ञान विषय पढ्ने बानी कम भएको समस्या निम्न उपाय द्वारा पहिचान गरिएको थियो ।

  • कक्षामा पढ्न लगाउँदा

 

  • गृहकार्य गर्न लगाउँदा

 

  • प्रथम त्रैमासिकको विज्ञान विषयको नतिजा विश्लेषण गर्दा

 

  • विद्यार्थीको निर्माणात्मक मूल्याङ्कन गर्दा

 



अनुसन्धानको उद्देश्य
    यस अनुसन्धानको उद्देश्य निम्नानुसार रहेको छ ।

  • कक्षा ६ का विद्यार्थीहरूमा विज्ञान विषय पढ्ने बानीको विकास गर्नु ।


समस्याका सम्भावित कारणहरू
यस समस्याका निम्नानुसार कारण हुन सक्छन्

  • विद्यालयमा नियमित पढाइ नहुनु

 

  • घरमा विद्यार्थीलाई सहजीकरण गर्ने वातावरण नहुनु ।

 

  • विद्यार्थीहरूको मोबाइलमा लत बस्नु

 


समस्या समाधानका सम्भावित विकल्पहरू
यस समस्या समाधानका लागि निम्न अनुसारका विकल्प अपनाउन सकिन्छ ।

  • विद्यार्थीलाई परामर्श गर्ने

 

  • विद्यार्थीलाई योजना बनाएर पढ्न सिकाउने

 

  • विद्यार्थीलाई पढ्ने प्रतिस्पर्धा गराउने

 

  • विद्यार्थीलाई छलफल विधि बाट पढ्न लगाउने

 

  • विद्यार्थीलाई पढ्ने वैज्ञानिक प्रविधि सिकाउने

 

  • समस्या समाधानका विकल्पहरूको प्राथमिकीकरण

 

  • विद्यार्थीलाई परामर्श गर्ने

 

  • विद्यार्थीलाई प्रतिस्पर्धात्मक शैलीमा पढ्न लगाउने

 

  • विद्यार्थीलाई योजना बनाएर पढ्न लगाउने

 

  • विद्यार्थीलाई पढ्ने वैज्ञानिक एवं रोचक विधिहरू सिकाउने

 

  • उपरोक्त सबै तरिकालाई उपयुक्त ढंगमा प्रयोग गरी पढाउने

 

कार्यमूलक चरण

प्रथम चक्र

१.योजना


के गर्ने - व्यक्तिगत परामर्श गर्ने, समूहमा परामर्श गर्ने, सम्पूर्ण विद्यार्थीलाई एकसाथ परामर्श गर्ने


कहिले गर्ने - 2077 मंसिर 7 गते 8 गते र 9 गते व्यक्तिगत परामर्श, १० गते समूहमा परामर्श, 11 गते सम्पूर्ण विद्यार्थीलाई एकसाथ परामर्श, 12 गते 14 गते र 15 गते अबलोकन गर्ने


कसले गर्ने - विज्ञान शिक्षक ले गर्ने, प्रधानाध्यापकको सहयोग र मनोचिकित्सकको सल्लाहमा


कसरी गर्ने - प्रत्येक विद्यार्थीलाई कार्यालय कोठामा बोलाएर, कक्षाकोठामा नै परामर्श गर्ने, विद्यार्थीलाई समूहमा बोलाएर परामर्श गर्ने,


किन गर्ने- विद्यार्थीमा पढ्ने बानीको विकास गर्न

 

२. कार्यान्वयन
श्री हिमालय आविका कक्षा छ का विद्यार्थी प्रत्येकलाई 2077 मंसिर 7 देखि 9 गतेसम्म विभिन्न चरणमा प्रधानाध्यापक एवं मनोचिकित्सक सल्लाहबमोजिम विद्यार्थीको पढाइ सम्बन्धि समस्या पहिचान गर्न समस्या समाधान गर्न निम्न .....................क्रमशः ...................


यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् । कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post