Download Here

अनुसन्धानकर्ता: कान्तिप्रसाद तिवारी

विद्यालय: श्री गान्धी आदर्श माध्यमिक विद्यालय

ठेगाना: कागेश्वरी मनोहरा नगरपालिका-, गोठाटार, काठमाडौं


तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

शीर्षक: कक्षा मा अध्ययनरत विद्यार्थीहरूको नेपाली भाषा पठनबोधको कमजोर अवस्थामा सुधार

 

.विषय परिचय:

कार्यमूलक अनुसन्धान शिक्षण सिकनइकाक्रममा आएका व्यवहारिक कठिनाई र ती कठिनाईहरूलाइ कसरी समाधान गर्न सकिन्छ अनि कुनकुन शिक्षण रणनीति अपनाएर समाधान गरियो भन्ने कुरामा आधारित रही गरिएको एक लघु अनुसन्धान  हो । यो एउटा साधन नभएर साध्यमात्र हो । त्यसैले यस अनुसन्धानलाई यसबबाट कुनै कुराको प्रमाणित गर्ने होईन केबल सुधारमात्र गर्ने हो । नेपाली भाषा सरकारी कामकाजको भाषा भएको हुनाले शुध्द र स्पष्ट रूपमा बोल्न लेख्न नसकेमा नेपालीको जीवनशैलीमा केही हदसम्म पक्कै पनि असर पर्न सक्छ भन्ने कुरालाई मध्ये नजरान्दाज गर्दै तल्लो कक्षाबाटै नेपाली भाषाप्रति बालबालिकालाई सचेत बनाउनु पर्छ ।


पठाइ सिपको विकास गर्नको लागि सन् २०१४/०१५ देखि  सन् २०१८/०१९ सम्म ५ वर्षे कार्यक्रम USAID को आर्थिक सहयोग राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम ( NEGEP) सञ्चालित रहेको थियो । यसमा पनि केही जिल्लाका सीमित विद्यालयमा यो कार्यक्रम लागू भएको थियो । त्यस कार्यक्रमले पनि त्यति प्रभावकारिता प्राप्त गरेन । हाम्रोजस्तो विकासोन्मूख मुलुकमा बहुसंख्यक अभिभावकहरूले आफ्ना बालबालिकालाई प्रयाप्त मात्रा पठनपाठनमा ध्यान दिन नसक्नु, नेपाली भाषा जन्मजात बोल्दै आएको हो भनेर नेपाली विषयलाई मात्र नेपाली भाषामा अध्यापन गराइनु, नेपाली विषयलाई पाठ्यक्रममा तोकेको समयभन्दा कम समय पठनपाठनमा दिनु, नेपाली विषय जसले पनि पढाउन सकिन्छ भन्ने सङ्कुचित धारणा हावी हुनु, यस्ता समस्या भएकोले कक्षा ३ का विद्यार्थीहरूले उपयुक्त किसिमले प्रभावकारी ढंगले पठनबोध हुन नसक्नु मुख्य समस्याहरू रहेका छन् । तसर्थ यो अनुसन्धान कक्षाकोठा भित्र देखिएका समस्यालाई पत्ता लगाई तत्काल समस्या समाधान गर्ने उद्देश्यले यो अनुसन्धान गर्ने गरिन्छ ।



 

. पृष्ठभूमि:


विद्यालयमा कुनै पनि भाषा सिक्नको लागि भाषिक सिपहरू सिक्न आवश्यक हुन्छ । नेपाली भाषामा पनि सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरि ३ वटा सिपहरू रहेका छन् । ती सिपहरू एकअर्काको परिपूरक रूपमा रहेका छन् । यी ४ वटा सिपहरू मध्ये कुनै एउटा सीप नसिकेमा भाषासम्बन्धी ज्ञान अपुरो र अधुरो हुन जान्छ । त्योसँगै व्यक्तिको भाषिक क्षमतामा ह्रास आउने हुन्छ । पठनबोध भाषिक सीप अन्तरगतको पढाइ सिपसँग सम्बन्धित रहेको हुन्छ । यसलाई भाषा तत्व वा भाषिक तत्व भनिन्छ । यसमा पनि पठनबोध र पठन प्रवाह गरी दुईवटा तत्वहरू समावेश भएका हुन्छन् । यस अनुसन्धानमा पठनबोधसँग सम्बन्धित भएको हुनाले पठनबोधको लागि मात्र अनुसन्धान गरिएको छ । 

यस श्री गान्धी आदर्श माध्यमिक विद्यालय कागेश्वरी मनोहरा नपा-९ गोठाटार, काठमाडौं कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूमा पठनबोधका क्षमता निकै कमजोर देखिएको थियो उक्त कमजोरीलाई के कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो अनुसन्धान गरिएको छ । यो अनुसन्धानमा अपनाउनु पर्ने सम्पूर्ण चरण र प्रक्रियालाई अपनाई पूरा गरिएको छ ।


. समस्याको पहिचान:

कुनै पनि शोध, अनुसन्धान सञ्चालन गर्न पहिले त्यसको मुख्य समस्यामा केन्द्रित रहनु पर्छ । यदि समस्या पहिल्याउन सकिएन भने त्यस्तो शोध, अनुसन्धानको औचित्य नै रहँदैन । ती र त्यस्ता समस्याहरू के कसरी उत्पन्न भएका छन् र ती र त्यस्ता समस्याहरूलाई के कसरी निराकरण गर्न सकिन्छ भनी निर्क्यौल गर्नु अति आवश्यक हुन्छ । यस अनुसन्धानमा  कक्षा ३ का विद्यार्थीहरूको पठनबोधको अवस्था कमजोर हुनुका निम्नलिखित समस्याहरू रहेका छन्ः

(क) कक्षा ३ का विद्यार्थीहरूको पठनबोधमा कमजोर किन छन् ?

 

(ख)  कक्षा ३ का विद्यार्थीहरूको पठनबोधका कमजोरीहरूलाई कसरी समाधान गर्न सकिन्छ ?

 

. उद्देश्य:

कुनै पनि शोध तथा अनुसन्धान कार्य उद्देश्य बिना गरिएका हुँदैनन् तसर्थ यस अनुसन्धानका उद्देश्य पनि देहायबमोजिका रहेका छन्:

(क) कक्षा ३ का विद्यार्थीहरूले पठनबोधको अवस्थामा सुधा, ल्याउनु,

 

(ख) चित्र वर्णन, पाठ, कविता, गीत आदिलाई पढेर बोध गर्न सक्ने तुल्याउनु,

 

(ग) अभिभावकसँग भेटघाट गरि उनीहरूका बालबालिकालाई पठन पाठनको बेला प्रयाप्त समय प्रदान गर्ने बनाउनु ।

 

. अनुसन्धानको चरण:

कुनै पनि शोध अनुसन्धान कार्य गर्दा विभिन्न चरण र प्रक्रिया अपनाउनु पर्ने हुन्छ । यस अनुसन्धानका पनि योजना, कार्यान्वयन, अनुगमन र प्रतिविम्बन् चरणहरू अपनाएर यो अनुसन्धान पूरा गरिएको छ ।

 


() योजना:

कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूको नेपाली भाषा पठनबोधको कमजोर अवस्था सुधार गरी शैक्षिक गुणस्तर कसरी वृध्दि गर्न सकिन्छ भनी विभिन्न योजनाहरू तर्जुमा गरियो ।

  • विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी उनीहरूको रूचि, क्षमताअनुसार पठनकार्यमा सहभागी गराउने,

 

  • दैनिक कक्षाकार्य, गृहकार्य पठनबोधसँग सम्बन्धित गरी दिने र आवश्यक पृष्ठपोषण तथा उत्प्रेरणा दिने,

 

  • समूहसमूहमा पठनकार्यको प्रतिस्पर्धा गराउने र आवश्यक पुरस्कारको व्यवस्था गर्ने,

 

  • समयसमयमा अभिभावकसँग भेटघाट गरी बालबालिकाको पठाइप्रति सजकताको लागि अनुरोध गर्ने,

 

  • प्रधानाध्यापक र शिक्षकसँग आवश्यक अन्तरक्रिया छलफल गर्ने, प्राप्त सुझावलाई कार्यन्वयन गर्ने,

 

  • पाठ्यक्रम तथा कार्यपुस्तकसँग मेल खाने विविध प्रकारका बालमैत्री पाठहरू सङ्कलन गरी विद्यार्थीहरूलाई......................क्रमशः ...................


    यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् । कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP

     

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post