अनुसन्धान कार्यको शीर्षकः कक्षा ४ मा कोण शिक्षण
तह :प्राथमिक
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
१. अनुसन्धान गरिएको समस्याको कथनः
कक्षा ४ को गणित विषयमा ज्यामिति पाठमा कोण शिक्षण गर्दा ८० प्रतिशत विद्यार्थीले प्रोट्राक्टरद्वारा कोणको सही नाप लिन र कोण खिच्न नसकेको पाइयो । कक्षा कार्य अवलोकन र ‘प्रि–टेष्ट’ द्वारा उक्त कुरा पुष्टि गरियो ।
२. अनुसन्धानको उद्देश्यः कक्षा ४ का विद्यार्थीमा कोण मापन र रचना सीप अभिवृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।
३. समस्याका कारणः
(क) विद्यार्थीमा पर्याप्त अभ्यासको कमी
(ख) हरेक विद्यार्थीले ज्यामिति औजार बक्स कक्षामा नल्याउनु ।
(ग) शिक्षकद्वारा कोण मापन र रचनाको सजिलो शिक्षण विधि नअपनाइनु ।
४. समस्या समाधानका लागि अपनाइएको कार्य योजनाः
“विद्यार्थीमा पर्याप्त अभ्यासको कमी” कारणलाई प्रमुख आधार बनाई समस्या समाधानका लागि अपनाइएको हस्तक्षेपकारी प्रयत्न (Intervention) को कार्य योजना निम्न बमोजिम प्रस्तुत गरिएको छः
(क) २०७० मंसीर १५ र १६ गते कक्षाकोठामा “विद्यार्थीलाई साना–साना समूहमा विभाजन गरी वैयक्तिक शिक्षण” प्रयत्न कार्यान्वयन ।
(ख) २०७० मंसीर १७ गते सिकाइ उपलब्धि लेखाजोखाका लागि ‘प्रि–टेष्ट’ सञ्चालन ।
५. कार्य प्रक्रिया
(क) विद्यार्थीलाई ५÷५ जनाको ६ समूहमा विभाजन गरियो । प्रत्येकमा एक जना जान्ने विद्यार्थीलाई समूह नेताको रूपमा समावेश गरियो ।
(ख) प्रत्येक समूहमा शिक्षक आफैं पुगी कोणमाथि प्रोट्राक्टर राख्ने, डिग्रीको अंक हेर्ने र कोण खिच्ने तरिका देखाइयो ।
(ग) प्रत्येक समूहमा एक–एक ओटा न्यून कोण र अधिक कोण कापीमा खिची शिक्षककै सामु प्रत्येक विद्यार्थीलाई नाप्न लगाइयो । समूह नेतालाई अरूको सहयोगको जिम्मा दिइयो । समूह नेता मार्फत अन्य विद्यार्थीलाई व्यक्तिगत रूपमा कोणहरू खिची नाप्ने अभ्यास गराइयो ।
(घ) दोस्रो दिन पुनः प्रत्येक समूहमा एक एक ओटा न्यून र अधिक कोण दिई नाप्न लगाइयो । अवलोकन मार्फत सिकाइ प्रगतिको लेखाजोखा गरियो । सिक्न नसकेका विद्यार्थीलाई पुनः पृष्ठपोषण दिइयो ।
(ङ) बोर्डमा ९०, ६०, १२०, ४५, १०५, १३५, ५७, १२२ र १८० डिग्रीका कोणहरू बनाई विद्यार्थीलाई प्रोट्राक्टरको सहायताले कापीमा त्यस्तै .....................क्रमशः ...................
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :