Download Here

तयार पार्ने : वीरेन्द्र पोख्रेल 

विद्यालय : श्रीपुर मावि भरतपुर ,चितवन 


तपाई पनि जुनसुकै तह र विषयको Note हरू Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

कक्षा ९ सामाजिक अध्ययन (पठन सामाग्री)

 

१. समाज विकास भनेको के हो ?

उत्तर : सामाजिक घटना, प्रकिया, संरचना आदिमा आउने सकारात्मक परिवर्तननै समाज विकास हो । सामाजिक संरचना, सामाजिक सम्बन्ध, सामाजिक सङ्गठन आदिमा रूपान्तरण वा परिवर्तन हुने प्रकिया नै समाज विकास हो । जस्तोः कच्ची बाटाहरु पक्की भएको, साक्षरता दर बढेको, मानिसहरु चेतनशील भएका, खानेपानी तथा बिद्युतको सुविधा बढ्दै गएको, जीवनशैली उच्च हुँदै गएको अवस्था नै समाज विकास हो ।


 

२. समाजलाई कसरी वर्गीकरण गरिन्छ ?

उत्तर : समाजलाई निम्न आधारमा वर्गीकरण गरिन्छ :

समाजलाई विभिन्न आधार र तरिकाका आधारमा वर्गीकरण गर्ने गरिन्छ ।

  • समाजशास्त्री टेलरले समाजलाई जङ्गली समाज, बर्बर समाज र सभ्य समाजका बाँडेका छन् ।

 

  • कार्लमाक्सले समाजलाई सिकारी, पशु पालन, सामन्ती, पुँजीवादी र समाजवादी भनी प्रस्तुत गरेका छन् ।

 

  • समाजका प्रकारलाई विकासको स्तर, असमानता, सहरीकरण, समाजको स्तर र राजनीतिक सङ्गठनका आधारमा वर्गीकरण गरिन्छ ।

 

  • प्रविधि, जीवन निर्वाहको आधार तथा सांस्कृतिक तत्त्वहरूका आधारमा पनि समाजको प्रकार छुट्याइन्छ ।

 



३. पूँजीवादी समाजका विशेषताहरु लेख्नुहोस् ।  

उत्तर : प्रतिस्पर्धाका आधारमा आर्थिक विकास हुने निजी क्षेत्रले कृषि, उद्य्योग, व्यापार लगायतका आर्थिक गतिविधि सञ्चालन गर्ने राज्यले आर्थिक गतिविधिमा हस्तक्षेप नगर्ने ।

 


४. समाजवादी समाजका  विशेषताहरु लेख्नुहोस् ।  

उत्तर : देशको आर्थिक गतिविधिमा राज्यको पूर्ण नियन्त्रण हुन्छ । देशका अधिकांश आर्थिक गतिविधिहरू कृषि, उद्योग, व्यापार लगायतका राज्यले सञ्चालन गर्छ । योजनावद्ध विकास हुन्छ ।

 

५. मिश्रित समाजका  विशेषताहरु लेख्नुहोस् ।  

  • देशको आर्थिक क्षेत्रका अति आवश्यक र सेवामूलक व्यवसायहरू राज्यले सञ्चालन गर्ने र बाँकी आर्थिक गतिविधिहरू निजी क्षेत्रले सञ्चालन गर्ने 

 

  • योजनावद्ध विकास हुने

 

  • सार्वजनिक र निजी क्षेत्र दुवैको संलग्नतामा आर्थिक गतिविधि सञ्चालन हुने

 

  • बजारमा सरकारले हस्तक्षेप गर्न सक्ने ।

६. सामाजिकीकरण ( Socialization ) को अवधारणा चर्चा गर्नुहोस् ।

उत्तर : सामाजिकीकरण भन्नाले निम्न कुराहरु पर्दछन् :

  • समाजमा समायोजित हुनु, समाजसँग एकीकरण हुनु, वा मिल्नु, समाजमा मिलेर बस्ने, आपसमा सहयोग गर्ने

 

  • अरुको अस्तित्व स्वीकार गर्ने तथा सबैलाई सम्मानपूर्वक व्यवहार गनर्,े समाजले चाहेका व्यवहार, स्वीकार गरेका मूल्यहरू र प्रचलित सिद्धान्तहरूलाई आत्मसात्् गर्ने । समाजले स्वीकार गरेका मूल्य मान्यता, सिद्धान्त एवम् आदर्श ग्रहण गर्नु र त्यसै अनुसारको जिम्मेवारी पूर्ण रूपमा निभाउनु नै सामाजिकीकरण हो ।

 

  • मानवले समाजमा आफ्नो के स्थान छ र आफूले अरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छन् । सामाजिकीकरणबाट बाल बालिकाहरूले आआफ्नो समाजको मूल्य, मान्यता, विश्वास र आदर्श प्राप्त गर्छन् ।

 

७. सामाजिकीकरणको महत्त्व लेख्नुहोस् ।  

उत्तर : सामाजिकीकरणका महत्वहरु :

  • सामाजिकीकरणका माध्यमबाट हामिले सामाजिक मूल्य, मान्यता र आदर्शहरू सिक्न सकिन्छ ।

 

  • सामाजिक सिपको विकास गरी बाँच्नका लागि आवश्यकपर्ने आधारभूत ज्ञान प्राप्त हुन्छ ।

 

  • सामाजिकीकरणले हरेक व्यक्तिलाई समाजको अनुशासित, जीम्मेवार सक्रिय सदस्य बनाउँछ ।

 

  • सामाजिकीकरणले मानवलाई सामाजिक भावनाले भरिपूर्ण असल व्यक्तित्व निर्माण गर्न सहयोग गर्छ ।

 

८. हाम्रो पहिचान भनेको के हो ?

उत्तर : हाम्रो पहिचान को परिचय :

परिचय, चिनारी वा अरुमाझमा आफुलाई चिनाउने कार्य नै पहिचान हो । नाम, हुलिया, क्षमता र विशिष्टताका आधारमा चिनारी दिने । प्राकृतिक सम्पदा, बौद्दिक सम्पति, धर्म, भाषा तथा विशिष्टताका आधारमा आफु र आफ्नो देशलाई अरुसमक्ष चिनाउने कार्य नै पहिचान हो ।

 

 

९. हाम्रो पहिचानका बिषयहरु बारे छोटकरीमा लेख्नुहोस् ।

राष्ट्रिय पहिचान

  • नेपाल भौगोलिक बनावटका आधारमा हिमाल, पहाड र तराई प्रदेशमा विभक्त छ ।

 

  • विश्वको सर्वोच्च शिखर सगरमाथा पनि हाम्रो पहिचान हो ।

 

  • धार्मिक हिसाबले यहाँ हिन्दु, बादै्ध, इस्लाम, किराँत, व्रिmश्चियन, जैन, शिख लगायत दस ओटा धर्म प्रचलनमा छन् ।

 

  • यहाँ १२३ ओटा भाषाहरूको पहिचान गरिएको छ ।

जातीय पहिचान

  • पछिल्लो जनगणनाअनुसार नेपालमा पहिचान गरिएका जातजातिको सङ्ख्या १२५ रहेको छ ।

 

  • विविधतामा एकता हामा्रे पहिचान हो ।

 

  • आफ्नो लिपि, भाषा र संस्कृतिको संरक्षण र संवर्धन गर्दै सबल राष्ट्रिय एकता कायम राख्नु आजको आवश्यकता हो ।

भाषिक पहिचान

नेपालमा भाषिक विविधता रहेको छ । सन् २०११ को जनगणनामा नेपालमा १२३ ओटा भाषाहरू मातृभाषाका रूपमा पहिचान गरिएका छन् । सरकारी कामकाजको भाषाका रूपमा प्रचलनमा रहँदै आएको नेपाली भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्नेहरूको सङ्ख्या बढी छ । सन् २०११ को जनगणनाअनुसार भारापेली समूहका मातृभाषा बोल्नेहरू कुल ७९.१ प्रतिशत, भोट बर्मेली समूहका १८.४ प्रतिशत, आग्नेय समूहका ०.२ प्रतिशत र द्रविड समूहका मातृभाषा बोल्नेहरू ०.१ प्रतिशत रहेको छ । अन्य मातृभाषा बोल्नेहरू २.२ प्रतिशत रहेका छन् ।

धार्मिक पहिचान

धार्मिक हिसाबले यहाँ हिन्दु, बौद्ध, इस्लाम, किरात, व्रिmश्चियन, जैन, शिख लगायत दस ओटा धर्म प्रचलनमा छन् ।आफूलाई कुनै पनि धर्ममा नराख्ने वा निरपेक्ष रहनेहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढद्ै गएको छ ।......................क्रमशः ...................


यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् ।   Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP


Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post