Download Here

अनुसन्धानकर्ता : अञ्जना श्रेष्ठ                  

विद्यालय र ठेगाना :आदर्श माध्यामिक विद्यालय,विराटनगर,मोरङ


तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

शीर्षक : सामाजिक सञ्जालको प्रयोगले विधार्थीमा पारेको प्रभाव

 

 

१.परिचय

      प्राचीन ढुंगे युगबाट शुरु भएको मानव इतिहास क्रमिक रुपमा वर्तमान अवस्था सम्म आइपुग्दा अनेकौं उतार चढाव भइरहेको कुरा सर्वविदितै छ | समयको विकासक्रममा युगले फड्को मार्दै आधुनिक युगमा समय व्यतित भइरहेको छ| यसै क्रममा बिज्ञान प्रविधिले आम विश्वमा प्रभाव पारेको छ | जव जव मानिस समस्याको महसुस गर्दै जान्छ तव समाधानको उपाय पनि खोज्दै जान्छ यसरी नै विकास हुदै जान्छ | बिज्ञान प्रविधिले सवै ठाउँमा वा सवैलाई राम्रो नै गर्छ,फाइदा नै पुर्याउछ भन्ने हुँदैन त्यसैले त बिज्ञान वरदान कि अभिषाप भनेर दुवैको तर्क वितर्क गरेको पाईन्छ | यहि बिज्ञान र  प्रविधिको विकास क्रममा भएका धेरै विकास सम्वन्धि शुरुवात भएको छ |



आधुनिकिकरणको नाममा एक ठाउँमा वसेर विश्वका कुना कुनाको खवर सकेन्ड भरमा थाहा पाउन सकिने समेत प्रविधिको विकास भएको छ | यस्तै नेट-इन्टरनेट,फेसबुक,ट्वीटर, भाइबर,वाट्सअप आदि आदि | यसै गरि यी प्रविधिले हरेक क्षेत्रमा प्रभाव पारेकै हुन्छ | त्यसैक्रममा यो अनुसन्धानमा विद्यालयमा बिद्यार्थीहरुलाई सामाजिक संजालले के कस्ता प्रभाव पारेको छ भन्ने कुरालाई उजागर गर्न खोजिएको छ | सबै कुराको सकारात्मक र नकारात्मक तथा सुधारात्मक पक्ष अवश्य हुन्छ |  कसरी उपयोग गर्ने भन्ने कुरा उपयोग गर्ने व्यक्तिमा भर पर्दछ | अन्य क्षेत्रमा भन्दा विद्यालयमा बिद्यार्थीहरुमा भने निर्णय गर्ने क्षमता अलि कम नै हुन्छ | उत्तर वाल्यावस्था तथा किशोरावस्था भनेको परिपक्व भैसकेको हुँदैन जसले गर्दा सोचेर के ठिक के वेठिक छुट्याउन निकै कठिन हुन्छ | यसै सन्दर्भमा यो सामाजिक संजालले बिद्यार्थीहरुमा के कस्ता प्राभाव पारेको छ भन्ने कुराको अध्ययन गर्न खोजिएको छ |    




२. अध्ययनको सन्दर्भ :

      समयको माग वा आवश्यकता नै भनौ वर्तमान समयमा बिद्यार्थीहरुलाई कितावी ज्ञान संग संगै प्रविधि मैत्री शिक्षाको पनि शुरुवात भइसकेको छ त्यसले बिद्यार्थीहरुमा आफै खोज गर्ने बानीको विकास हुनुको साथै रमाइलो संग अघि बढाउन सहज भएको छ | अव अधिकांस नेपालीहरुको पनि घरघरमा मोवाइल भइसकेको छ| भने सामाजिक संजाल फेसवुक पनि धेरैले चलाउन थालिसकेको अवस्था छ | यो सामाजिक संजालले एकातिर जीवनलाई रोमांचक र रमाइलो वनाएको छ भने अर्कोतिर पढाई तथा घर ब्यवहारमा केहि नकारात्मक प्रभाव पनि पारेको छ | घरमा अभिभावकले शुरु गरेको यो प्रविधियुक्त संजाल छोराछोरीले पनि प्रयोगमा ल्याउन थालिसकेका छन् |

यसै क्रममा यो अध्ययनमा विशेषत बिद्यार्थीहरुमा चाहिं यो सामाजिक संजालले के कस्तो प्रभाव पारेको छ सकारात्मक पक्षमा वढी उपयोगी भएको छ कि नकारात्मक असर  पुर्याएको छ भन्ने सन्दर्भमा विद्यालयको केहि कक्षाका बिद्यार्थीहरुको ब्यवहारलाई निगरानीपुर्वक तुलानात्मक रुपमा अध्ययन गर्न खोजिएको छ |  विद्यार्थीहरुमा किन अनुशासन कम हुदै गएको छ? कि उत्सृङखल कुरा हरु गर्न थाले? किन ठुलो समूह भन्दा प्राय: २/२ जनाको समूह वन्न थाले?  एक्लाएक्लै बस्न किन रुचाउन थाले? घरव्यवहार स्थानीय खेलहरु खेल्न किन रुचाउन छोडे? किन अभिभावकहरुको गुनासो अलि बढी आउन थाल्यो? समग्रमा नैतिकतामा निकै गिर्दो अवस्था देखिएकोले सरसर्ती हेर्दा सामाजिक संजालको प्रयोगले निम्त्याएको समस्या जस्तो लागेकोले यो विषयलाई एक अध्ययनको रुपमा लिएको हो |

 

३. समस्याको कारण:

      विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयको कक्षाकोठामा बिद्यार्थीहरुको गतिविधिहरुमा तुलानात्मक रुपमा अनुशासनमा गिरावट आएको पाइन्छ | कक्षाकोठा तथा कक्षा बाहिर पनि बिद्यार्थीहरुको ब्यवहार,शिक्षकसंगको ब्यवहार, बोल्ने शैली, तुरुन्त प्रतिक्रया दिने,साथिभाइसंगको कुराकानीमा प्रयोग गर्ने शब्द भाषा जस्ता कुराकानीले गर्दा सहजै अनुमान गर्न सकिन्छ व्यक्ति मात्र नभएर केहि पहिरन तथा फेसनले पनि यसको प्रमाण दिएको छ | अब यी सब सामाजिक संजालले नै हो त? भन्ने अनुमानमा उनीहरुका अभिभावकबाट आएका गुनासोहरुले थप प्रमाण पेश गर्दछ | घरमा अधिकांश मोवाइल चलाउने फेसवुकमा रमाउने साथीहरुसंग कुराकानी गर्ने फोटो खिच्ने लाइक र कमेन्टको कुरा  गर्ने पढ भन्दा झनक्क रिसाउने, फरक व्यवहार देखाउने, एक्लै बस्न रुचाउने जस्ता गुनासा लिएर अभिभावक आउने गरेको कारणले पनि सामाजिक संजालको प्रयोगले बिद्यार्थीहरुमा नकारात्मक असर गरेको सहजै अनुमान गर्न सकिन्छ|


यसमा सरोकारवाला सबै जिम्मेवार पक्ष त छदैछन् त्यसमा पनि विद्यार्थी स्वयं र अभिभावक प्रमुख कारक तत्व मानिन्छ | शिक्षक पनि जिम्मेवार पक्ष त हो तर शिक्षकले त केवल त्यसको दुरुपयोग नगर्नु भन्ने र यसबाट हुनसक्ने परिणामहरु बताइदिने मात्र हो तर नियन्त्रण निगरानी त अभिभावकहरुले नै गर्ने हो भने बिद्यार्थी स्वयंले पनि सहि र गलत पक्ष बुझ्नुपर्ने हुन्छ|

 

४. समस्या समाधानको लागि गरिएका कार्ययोजना:

    हरेक कार्य सम्पादन गर्नको लागि योजनाको आवश्यकता पर्दछ विना योजना कार्य सम्पन्न हुन सक्दैन तसर्थ विभिन्न सिप तथा अनुभवको अभावमा पनि यो कार्यमूलक अनुसन्धानको योजना यसप्रकार तय गरिएको छ |

 

पहिलो चरण:

१.कक्षा कोठा तथा कक्षा बाहिर बिद्यार्थीहरुको चालचलन तथा व्यवहार, साथि संगत के कस्तो गर्छ विना सुचना जानकारी नदिई अवलोकन गर्ने |

२.कक्षा कोठामा अनुशासन र नैतिकताको......................क्रमशः ...................


यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् । कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP

 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post