Download Here

प्रस्तुतकर्ताः   सुभद्रा अधिकारी

 विद्यालय :श्री पूर्णसञ्जीवनी लङ्खनामाई मा.वि., धुलिखेल, काभ्रे

अवधी :२०७७।०१।०१ देखि २०७७।१।२५ सम्म


तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 

शीर्षक :खाजाको समयपछि कक्षा ९ का विद्यार्थी घर भाग्ने समस्या समाधान गर्ने 

 

 

 

पृष्ठभूमिः

हरेक पेशाका पेशाकर्मीले प्रतिविम्बात्मक अभ्यासबाट आफैँ समाधान गर्दै आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो । कार्यमूलक अनुसन्धान योजना, कार्यान्वयन, अवलोकन र प्रतिविम्बनको प्रक्रिया हो जसबाट पेशाकर्मीले आफ्नै कार्यशैलीमा सुधार गरी गुणस्तरीय र प्रभावकारी बनाउन सक्छ । त्यसैगरी मैले आफ्नो शिक्षण कार्यमा आइपरेका समस्याहरु समाधान गर्दै आउँदा आज फेरि कक्षा ९ का विद्यार्थीहरु खाजाको समय पछि घर भाग्ने समस्या जटिल बनेको छ ।  त्यसैले यही विषयमा म यो कार्यमूलक अनुसन्धान गर्न गइरहेको छु ।

 

समस्या कथन :

                  कक्षा ९ का विद्यार्थीहरुलाई खाजाको समय पछि कक्षामा बस्ने वातावरण  बनाउन सकिनँ ।

 

समस्याको पुष्ट्याईँ  :

                  म खाजाको समयपछिको घण्टीमा कक्षा ९ मा नेपाली विषय पढाउन जाँदा कक्षाका करिव ५ देखि ७ जना विद्यार्थीहरु कक्षा छोडेर घर भागेका पाएँ । यो क्रम प्रत्येक दिन बढ्न थाल्यो । यसमा एक्लै गरेको प्रयास सफल भएन । त्यसैले यो समस्या समाधानका लागि एउटा सानो अनुसन्धान जरुरी भएको छ ।



 

अनुसन्धानको उद्देश्यः 

यो अनुसन्धानको उद्देश्य निम्नानुसार रहेका छन् :

१. समस्याको कारणहरु खोज्ने,

 

२. कक्षामा नियमितरुपमा बस्ने वातावरण बनाउने  ।

 

३. विद्यार्थी उपस्थिति बढाउने ।

 


समस्याको सम्भावित कारणहरु :

१. बाहिरी साथीहरुसँग खेल्न ।

 

२. कक्षामा शिक्षक नियमित नहुनु ।

 

३. अभिभावकले घरायसी कामकाजका लागि घरमा बोलाउनु ।

 

४. कक्षामा पढ्ने वातावरण नहुनु ।

 

५. बिहान खाना नखाई आउनु ।

 

समाधानका  उपायहरुः 

१. विद्यालयभित्र नै खेलकुदका सामग्रीहरु उपलब्ध गराएर खेल्ने वातावरण बनाउने,

 

२. कक्षामा शिक्षकको उपस्थिति नियमित गराउने,

 

३. अभिभाकसँग नियमित  भेटघाट र परामर्श गर्ने,

 

४. खाना खाएरमात्र विद्यालय आउने वातावरण बनाउन पहल गर्ने,

 

विकल्पहरुको प्राथमिकीकरण :

१. अभिभावकसँग नियमित भेटघाट र परामर्श गर्ने,

 

२. खाना खाएरमात्र विद्यालय आउने वातावरण बनाउन पहल गर्ने,

 

३. विद्यालयभित्र नै खेलखुदका......................क्रमशः ...................


यसको पुरा सामग्री हेर्न हाम्रो APPLICATION डाउनलोड गर्नुहोस् । कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । त्यहाँ थप सामग्रीमा गएर हेर्नुहोला   यसको Size मात्र 4.8MB हो  Download Here Our APP

 


Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post