अनुसन्धानकर्ताको नाम : व्रजभूषण कुमार कुशवाहा
पद र श्रेणी : मा. शि. तृतीय, गणित
कार्यरत बिद्यालय : श्री मा. बि. प्रितपुर पर्वता, धनुषाधाम न. पा. ५, धनुषा
१. अनुसन्धानको शीर्षक : कक्षा १० मा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणमा समस्या
२. अनुसन्धानको पृष्ठभूमि :
नेपालको विद्यालय तहमा गणितलाई अनिवार्य बिषयका रुपमा कक्षा १ देखि १० सम्म अध्यापन गरिदै आएको छ । बिद्यालय तहको वर्तमान पाठ्यक्रममा भाषा पछिको प्रमुख बिषयको रुपमा गणितलाई राखिएको छ । हाम्रो दैनिक जिवनमा क्षेत्रमिति सम्बन्धि समस्याहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देखा परिरहेका हुन्छन् । यी समस्याहरुको समाधान गर्न जानेमा हामीलाई व्यवहारमा सकारात्मक ढंगले अघि बढ्न हौसला पैदा हुन्छ ।
गणितीय तथ्य र धारणाहरु मनव जीवनको कुनै न कुनै कृयाकलापमा उपयोगी हुन्छ । तसर्थ क्षेत्रमिति सम्बन्धि धारणालाई पनि दैनिक जीवनमा समस्याहरु समाधान गर्नका लागि प्रयोग गरिन्छ । क्षेत्रमिति सम्बन्धि धारनाको उपयोगितालाई हृदयंगन गरेर विद्यालय तहको पाठ्यक्रममा यसलाई समावेश गरिएको छ ।गणित बिषयमा राम्रो अङ्क प्राप्त गर्नु र बिषयबस्तुमा राम्रो हुनुलाई बिद्यार्थी स्वयम् र अन्य सामाजिक तहबाट पनि प्रतिष्ठा र शक्तिका रुपमा लिएको पाइन्छ । तर हालको एस. ई. ई. को नतिजा हेर्दा अन्य बिषयको तुलनामा गणित बिषयको नतिजा निराशजनक हुनु गणित बिषय अध्यापन गर्ने शिक्षकहरुका लागि चुनौति साबित हुन्छ । गणितिय धारणा शिक्षण कहाँ र कहिले गर्ने भन्दा पनि कसरी गर्नुपर्छ भन्ने कुरा नै बढी चुनौतिपूर्ण रहेको छ ।
३. अनुसन्धान गरिएको समस्याको कथन :
कक्षा १० को गणित बिषयमा क्षेत्रमिति पाठमा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षण गर्दा धेरैजसो ( लगभग ८१% ) बिद्यार्थीले बेलनाको सतहको क्षेत्रफल र आयतन निकाल्न नसकेको पाइयो । कक्षा कार्य, अवलोकन र प्रिटेष्टद्वारा उक्त कुरा पुष्टि गरियो । शैक्षिक सत्रको सुरुवातदेखि नै बिद्यार्थीहरुमा पूर्बज्ञान तथा बिभिन्न तत्वलाई ध्यान दिदा मैले कक्षा १० मा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको बिषय बनाई समाधानको उपाय खोजेको छु
४. अनुसन्धानको उद्देश्य :
कक्षा १० मा बिद्यार्थीमा वेलनाको सतहको क्षेत्रफल र आयतन निकाल्ने सीप अभिबृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।
५. अनुसन्धानको औचित्य :
श्ैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा कार्यमुलक अनुसन्धानको बिशेष महत्व हुने हुदा मैले पनि वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणको लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।
६. समस्याको कारण :
- बिद्यार्थीमा पर्याप्त अभ्यासको कमी ।
- शिक्षकद्वारा सजिलो शिक्षण विधि नअपनाउनु ।
७. समस्या समाधानका लागि अपनाइएको कार्य योजना :
उक्त समस्या आउनुका प्रमुख कारण आधार मानी निम्न बमोजिमको कार्ययोजना बनाइयो :.......................क्रमशः ...................
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :