Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-



पाठ ३) सङ्गीतज्ञ रामशरण दर्नाल


पाठ परिचय र सारांश

रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै युवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।




दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन  चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो ।


उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ  भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित  गर्ने काम गरेका थिए । यति भएर पनि  उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।





२) औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान् बन्न सक्छ भन्ने विषयमा आफ्ना साथीहरुका बिचमा छलफल गर्नुहोस् । त्यसबाट प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नहोस् ।

समयको घेरामा बाँधिएर  हासिल गरेको शिक्षाबाट मुस्किलले केही व्यक्तिहरु विद्धान् भए पनि मुल रुपमा अनौपचारिक शिक्षाबाटै मानिस विद्धान् बन्न सक्छ । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्न् कथन नेपाली समाजमा प्रचलित रह्ेको छ । हाम्रो मुल मान्यता औपचारिक शिक्षाबाटै विद्धान् हुन सकिन्छ भन्ने छ । धेरै मानिसहरु औपचारिक शिक्षाबाटै विद्धान भएका पनि होलानन् । तर औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान बन्न सक्छ ।

यसको उाहरणका रुपमा हामी स्व. स्वामी प्रपन्नाचार्यलाई लिन सक्छौँ  उनले औपचारिक रुपमा शिक्षा हासिल गरेको देखिँदैन तर उनी नेपालमा निकै उच्च कोटीका विद्धान्का रुपमा चिनिन्छन ।

अनैपचारिक शिक्षा हासिल गर्न समयको पावन्दीले मासिलाई कहिल्यै कज्याएर राख्दैन । स्वतन्त्रतापूर्वक उसले आफ्नो रुचि अनुसार ज्ञान हासिल गर्छ । यसरी हासिल गरेको अनौपचारिक शिक्षाबाट उसको दृष्टिकोणको दायर फराकिलो हुन सक्छ र उसले समाज, राष्ट्र« र विश्वलाई नै मार्ग निर्देशन गर्न सक्छ । त्यसैले विद्धान् हुन औपचारिक शिक्षामा नै जोड दिनुपर्छ भन्ने छैन । अतः अनौपचारिक शिक्षा प्राप्त नगरे पनि मानिस सजिलै विद्धान् बन्न सक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।





लेखाइ

१. जिवनी पढी तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्:

क) रामशरणका पिता किन विदेश गएका थिए ?

उत्तर -रामशरणका पिताको घर परिवारको आर्थिक अवस्था अति नै दयनीय भएका कारण आर्थिक अवस्था सुदूढ बनाउने हेतुले विदेश गएका थिए । निम्न वर्गीय दलित परिवारका सदस्य भएपनि नेपाली सेनाका नायिके थिए । उनलाई ‘हवल्दार मेजर’ भनेर चिन्थे । उनी जागिरे भए पनि घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । जागिर खाउन्जेल पनि परिवारको खर्च धान्न मुस्किल थियो । उनी नागिरकबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झनै नाजुक र जर्जर बन्न पुग्यो । युक्त अवस्थाबाट ऋण पाउनका लागि कामको खोजीमा उनी विदेश गए ।




ख)  उनको पुख्र्यौली पेसा के थियो ?

उत्तर पुख्र्यौली पेसा नै बाजा बझाउने भएकाले त्यसको पत्यक्ष प्रभाव रामशरणमा प¥यो । गाउँघर र सहर बजारका अतिरिक्त सेनामा पनि बाजा बजाएर जीविकोपार्जन गर्ने पेसालाई उनको पुर्खाले अंगालेको थियो ।  बाजा गाजा र सङ्गीतप्रति यस्तो असीम श्रद्धा र लगाबका कारण रामशरण पनि एक सफल सङ्गीतज्ञका रुपमा चिनिन पुगे ।




ग) रामशरणका लागि पठन पाठन किन स्वप्नसरि बन्न गयो ?

उत्तर -दलित परिवारमा जन्मिएका रामशरण तत्कालीन समयमा उनले समाजबाट अनेकैँ अपहेलना र तिरस्कार सहनुप¥यो । घरको आर्थिक अवस्था निकै जर्जर थियो । जीविकोपार्जन गर्न नै उनका लागि चुनौतिका विषय बनेको थियो । विपन्नतामा बाल्यकाल गुजारेका कारण रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेको पाइँदैन । केही समय आफ्नो पेसा गरे पनि विद्यालयको शुल्क तिर्न प्रबन्ध उनले नमिलाएका होइनन् । उनको पेशा गरेर उनले धेरै समय धान्न सकेनन् । आर्थिक अभावका कारण पढाइबाट उनले हात धुनुप¥यो । आर्थिक अवस्था धान्न असम्भव भएपछि रामशरणका लागि पठन पाठन स्वप्नसरि बन्न गयो ।




घ) उनको रुचि अध्ययनमा कसरी जाग्यो ?

उत्तर -बाबुबाजेको पेसा बाजागाजा बजाएर जीविकोपार्जन गर्न रहेकाले रामशरण पनि युक्त पेशा प्रति आर्कषित हुनु स्वाभाविक थियो । घरमा आफ्ना पिताले सङ्कलन गरेका पुस्तकले उनमा पढ्ने चाहना विस्तारै विस्तारै जाग्दै गएको थियो । घरमा धेरै पुस्तक नभए पनि उनको पढाइप्रति रुचि जगाउन ती पुस्तक पर्याप्त थिए । उक्त समयमा उनका पिताले जतन गरि राखेका चर्चित उपन्यासहरु उनी खुब ध्यान दिएर पढ्थे । यसका अतिरिक्त रामायण, महाभारत, गीता, चण्डी नस्त धार्मिक पुस्तकहरु पनि पढ्न पाउने अवसर उनलाई प्राप्त भएको थियो । पिताको सङ्कन् र तिनको पठनप्रतिको आकर्षण र अगाबकै कारण उनको रुचि अध्ययनमा जाग्यो ।




ङ) उनको स्वास्थ्य बालक कालमा कस्तो थियो ?

उत्तर- घरपरिवारको सदस्यालाई समेत उनको स्वास्थ्यको प्रतिकुल प्रति खुबै पिरोलेको थियो । बारम्बार रोगले सताइ रहने हुनाले  उनकी आमा सधैँ चिन्ता ग्रस्त हुन्थिन् ।  सानामा उनी रोगी थिए । हरेक समय उनलाई एउटा न एउटा रोगले सताइरहेका हुन्थ्यो । जन्मेको कही महिनामै नाकको डाँडीमा खटिरा आएर त्यसले सताउनसम्म सताएको थियो । त्यो खटिराले उनलाई जीवनको अन्तिम सास फेर्ने अवस्थामा पुर्याएको थियो । उनलाई बाल्याकालमा जुकाले र आउँले सताउने गथ्र्याे ।




च) उनकी आमाको निधन कसरी भयो ?

वि.स १९९० भूकम्पबाट क्षतविक्षत भएको पुरानै घरमा बस्न रामशरणको परिवार बाध्य थियो । आर्थिक समस्या र खानेकुराले समेत समस्याको चोटमा परेको अवस्थामा घरलाई मर्मेत संभार गरेको थिएन । उनको लागि घर बनाउने कुरा सपना सरि भएको थियो भने आर्थिक अभावका कारण चर्किएको घरको मर्मत गर्न समेत उनले सकिरहेको थिएनन् । २०२५ सालको बडादसैँपछि परेको अविरल वर्षाले उनको चर्किएको घर गल्र्यामगुर्लम ढल्ल्यो । घर भत्कँदा चेपिएर उनकी आमाको निधन भयो । समयमै चर्किएको घर मर्मत  गर्न नसक्दा सोही घरले चेपिएर उनकी आमाकी दुःखद निधन  भएको हो ।




च) वि.सं २०२८ मा उनीमाथि कस्तो विपद् आइलाग्यो ?

उत्तर:आर्थिक समस्याको चोटहरु सहँदै जीवनगति प्रति स्घर्ष गर्दौ जीवनगति अघि बढेको छ । आर्थिक समस्याका कारण पढाई र समयमै चर्किएको घर मर्मत गर्न नसक्दा घर भत्किएर आमाको निधन भयो । समस्या नै समस्याको शोकमा परेका रामशरण वि.सं २०१८ बिना कसुर एकेडेमीको सेवाबाट अवकाश दिइयो । सानो तिनो जागिरबाट जेनतेन  गुजारा गरिरहेका रामशरणको  जागिर अचानक खोसिँदा उनलाई पर्नसम्म पिर प¥यो  । उनको जीवनमा ठुलो समस्या र पिडा भई सघर्षमै बिताउनुप¥यो ।




ज) नेपाल एकेडेमीको जागिरले उनलाई कस्तो अवसर प्रदान ग¥यो ?

उत्तर:रामशरण सामान्या जागिरेको रुपमा एकेडेमीमा उनी कार्यरत थिए । उनले जागिरबाट अवकाश प्राप्त गरेपछि भने उनको व्यापक सामाजिक जविनको प्रारम्भ  भएको देखिन्छ । उनले एकेडेमीमा रहँदा देखाएको कार्य कुशलताकै प्रतिफलस्वरुप उनले जीवन उत्तराद्र्धतिर सफलता हासिल गरे । उनलाई विषय समिति सदस्य पनि बनाइयो । सांस्कृतिक संवर्धन समिति , नेपाल शास्त्रीय समाज, कलानिधि इन्दिरा सङ्गीत महा विद्यालय, लोकबाजा सङ्ग्रहालय, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान , दलित बुद्धिजीवी प्रतिष्ठान, बिसे नगर्ची प्रतिष्ठान आदिका सल्लाहकार पनि उनलाई बनाइयो ।







५. व्याख्या गर्नुहोस्:

ख) साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल  परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रधान गरिरहन्छ , आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन ।

उत्तर: लेखकका जीवनमा अनेकौँ अनुकूल र प्रतिकूल परिस्थितिहरु आउन सक्छन् । खास गरी प्रतिकूल र कठिन अवस्थामा लेखक आफ्नो लेखकीय धर्मबाट विचलित हुन सक्छ । कुनै पनि लेखकले आफ्नो ब्रह्मले ठह¥याएको सत्यको उद्घाटन गर्नुपर्छ मौलिकता र साधना बिनाको लेखन शाश्वत र कालजयी बन्न सक्दैन । त्यसैले आफ्नो मौलिक परम्परा र युगीन परिवेशलाई ख्याल गरी लेखकले आफ्नो लेखकीय धर्मको परिपालना गर्नुपर्छ भन्ने कुरालाई उक्त उद्धरणमा बताइएको छ ।

जत्तिसुकै प्रतिकूल र कठिन परिस्थितिमा पनि लेखकले आफ्नो लेखकीय धर्मलाई ख्याल गरी साधनालाई निरन्तरता दिनुपर्छ । जो प्रतिकूल र कठिन परिस्थितिबाट विचलित हुन्छ, त्यसले आफ्नो लेखकीय धर्मलाई निरन्तरता  दिन सक्दैन ।






७) जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डो¥याउँछ भन्ने कुरालाई रामशरण दर्नालको जीवनीका् आधारमा विवेचना गर्नुहोस् ।




उत्तर-रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।

दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन  चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ  भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित  गर्ने काम गरेका थिए । यति भएर पनि  उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।




कक्षा 9 नेपालीको सम्पूर्ण पाठको लागि सम्पूर्ण सामग्री हाम्रो Mobile Application मा राखिएको छ ..निशुल्क पढ्न सक्नुहुन्छ /यहाँ क्लिक  गरेर Download गर्नुहोस् आजै कुनै पैसा लाग्दैन ।यसको Size मात्र  4.8MB हो ।    Download Here


Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post