Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

पाठ २ : सन्तुष्टि

...................................................................................................

 

१.परिचय

'सन्तुष्टि कविताका रचनाकार कवि भरतराज पन्त हुन् । नमस्कार कविता सङ्ग्रह, २०४६ बाट साभार गरिएको यस कवितामा मानिसले सन्तुष्टि प्राप्त गर्ने तरिकाका बारेमा चर्चा गरिएको छ । एक पेट खान, एक धरो लाउन र एउटा छतमुनि सुत्न चाहिँ पाउनुपर्छ । काम भनेको कुनै ठुलो र कुनै सानो भन्ने हुँदैन । केवल स्वावलम्बी भएर बाँच्न जान्नुपर्छ । लोभ र लालचबाट टाढा रहनुपर्छ । भोग विलास पनि अणिक सन्तुष्टि मात्र हो । यसलाई बानीको रूपमा लिनु हुन्न । सुखमा मात्तिने र दुःखमा आत्तिने मान्छे कहिल्यै सुखी हुन सक्दैन । सदा धीर रहन जान्नुपर्छ । सदाचार नै मानिसको सबभन्दा ठुलो गुण हो । परोपकारभन्दा अर्को ठुलो कुनै धर्म छैन । आत्मसुखी भएर बाँच्न जान्ने मान्छे नै संसारको सबभन्दा सन्तुष्ट मान्छे हो । सादा जीवन उच्च विचार लिएर जिउनु नै मानवीय सर्वोत्तम आदर्श हो । यस्तैसन्तोषम् सदा सुखम्, असन्तोषम् सदा दुःखम्' जस्ता जीवनोपयोगी सन्देशहरू यस कविताले दिएको पाइन्छ ।

 

 


२.कविताको मुख्य भाव


'सन्तुष्टि' कवितामा कविले आफूलाई एक पेट खान, एक जोर लाउन, वस्नलाई एउटा झोपडी र सुत्नका लागि तिन हात जमिन भए पुग्ने भावना व्यक्त गरेका छन् । भोग विलासमा रम्ने र धेरै रमझम गर्ने उनको चाहना छैन । आफै जाँगर चलाएर स्वावलम्बी भई सबैसँग मित्रवत् सम्बन्ध राखेर बाँच्ने कविको चाहना घुस खाएर अरूमाथि अन्याय गरेर धनी हुन उनलाई पटक्कै मन छैन आफैले नखाएर जोगाई राख्ने लोभी बानी पनि उनको मन छैन अरूको कमाइ खाएर आफू सुखी हुने पापी बन्ने काम उनलाई मन पर्दैन

 

कविको विचारमा अर्काको भाग खान खोज्नु डॉका काम गरे जस्तो हो कसैले कुनै लाञ्छना लाएर बाँचेको जिन्दगी धिक्कारपूर्ण हो दुःखमा नआत्तिने सुखमा नमात्तिने मानिसको जीवन गति हुनुपर्छ भन्ने उनको मान्यता कानको काम राम्रा नराम्रा कुरा दुवै सुनेर राम्रा मात्र कुरा लिनु हो त्यस्तै आँखाको काम पनि सबैतिरका कुरा हेरेर सही कुरालाई मात्र ग्रहण गर्नु हो त्यस्तै बत्तिस दन्तको काम अरूको सुख उन्नति देखेर रिसले दाँत कट्कटाउनु होइन हात पाउको काम कामकाजबिना यताउति भड्केर हिँड्नु होइन नाकको काम सुगन्ध दुर्गन्ध पहिचान गरी सुगन्धलाई अपनाउनु हो त्यस्तै जिब्रोको काम मनलागी बोल्नु होइन कि विचार गरेर मात्र चाहिने कुरा मात्र बोल्नु हो

 

कविको भनाइअनुसार बलको काम निर्बलमाथि तागत देखाउनु होइन नयाँनयाँरचना विकासमा लगाउने बल नै सच्चा बल हो त्यस्तै बुद्धिको काम अशिक्षितमाथि शासन शोषण गर्नु होइन यसले सवै प्राणीको हित कल्याण हुने सिर्जनात्मक कार्य गर्नुपर्छ मनको काम चञ्चलता बढाउने होइन यसले सबैमा ममता छर्नुपर्छ यसलाई मातृभूमिको मायामा समर्पण गर्नुपर्छ त्यसै गरी तन वा शरीरको काम बाह्य शृङ्गारको प्रदर्शन गर्नु होइन यसको काम भित्री चेतनाको विकास विस्तार गर्नु हो ययार्थमा जनता नै जनार्दन वा ईश्वर हुन् जहाँ ईश्वर बस्छन्, त्यो नै स्वर्ग हो। जनताको उपकार गर्नु नै ईश्वरको सच्चा पूजा हो जनताका दुख मोचन गरेर सबैलाई हँसाउन सकियो भने त्यो नै सच्चा ईश्वरीय फल हो कविका यस्तै विचार तथा सन्देशहरूले यो कविता भरिपूर्ण रहेको पाइन्छ।

 


तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :( संक्षिप्त उत्तर )


बत्तिस दन्तको काम कट्कटाउनु होइन

यी हात पाउको काम छटपटाउनु होइन ।

 

अ) बत्तिस दन्तको काम कट्कटाउनु होइन भन्नुको आशय के हो ?

मानव शरीर विशिष्ट महत्त्वको हुन्छ । यसलाई देश समाज, मानव समुदाय र मानव सभ्यताको विकासका लागि पनि प्रयोग गर्न सकिन्छ र मानव सभ्यताको विनाशका लागि पनि कस्तो कामका लागि यसको प्रयोग/उपयोग गर्ने भन्ने कुरा स्वयम् व्यक्तिमा निर्भर हुन्छ । दाँत मानव शरीरको एक अङ्ग हो । दाँतले स्पष्ट बोलीका लागि सहयोग पुऱ्याउँछ । यति महत्त्वपूर्ण अङ्गलाई अरूसँग झगडा गर्नमा प्रयोग नगरी मिठो बोलेर संसारलाई आफ्नो बनाउनका लागि प्रयोग गर्नुपर्छ भन्ने आशय प्रश्नमा निहित रहेको पाइन्छ।


 आ) हात पाउको काम छटपटाउनु होइन भनेर कविले हात पाउको काम केचाहिँ हो भन्न खोजेका होलान् ?

 मानव शरीर सार्थक कामका लागि बनेको हो । सार्थक कामबाट नै सन्तुष्टि प्राप्त हुन्छ। मानवको सार्थक र सिर्जनात्मक कामले विश्व सिंगारिन सक्छ, धर्ती जगमराउन सक्छ । मानव शरीरका हात खुट्टा परिश्रम र गतिशीलताका प्रतीक पनि हुन् । हात खुट्टाले छटपटाएर समय नष्ट गर्नु भनेको परिश्रम र गतिशीलतामा पूर्णविराम लाग्नु हो । त्यसैले परिश्रम गर्नु र अघि बढ्नु नै हात खुट्टाको सार्थक काम हो भनेर कविले भन्न खोजेका होलान् ।

 


तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :(संक्षिप्त उत्तर )


खाने त एक पेटै हो त्यसैले टम्म हुन्छु म  

लाउने एक जोरै हो त्यसैले गम्म हुन्छु म।

 

अ) प्रस्तुत कवितांशको आशय के हो ?

प्रस्तुत कवितांश सन्तुष्टि शीर्षकमा रचिएको कविता अन्तर्गतको हो । यसका रचनाकार भरतराज पन्त हुन् । कवि पन्त' आफूसँग जे जति छ, त्यसैमा खुसी हुन सके वास्तविक सन्तुष्टि मिल्ने आशय व्यक्त गर्छन् । मान्छेका चाहना र आवश्यकता अन्तहीन हुन्छन् । ती कहिल्यै पूरा नहुने तृष्णाले मानिसलाई सधैं दरिद्र बनाउँछ । प्रशस्त धन, दौलत, सुख ऐश्वर्य भएको मानिस पनि मनमा अझै पाउने तृष्णा पालेर नास्छ भने ऊ कहिल्यै सन्तृष्ट हुन सक्दैन । त्यसैले एक पेट खाना र एक जोर लुगाजस्ता आधारभूत आवश्यकतामा पनि सन्तुष्टि मान्नुपर्छ भन्ने आशय प्रस्तृत कविताले व्यक्त गरेको छ ।


आ) सन्तुष्टि कविताका माध्यमबाट कविले आधुनिक मानव समाजलाई के सन्देश दिन चाहेका छन् ?

कवि भरतराज पन्त आधुनिक समाज भौतिकवादको दलदलमा धसिँदै गएकोमा निकै चिन्तित छन् । अहिले भइरहेको भन्दा केही राम्रो भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो तर आफू र आफ्नो धरातललाई नै बिर्सेर भौतिकवादको पछाडि आँखा चिम्म गरी दौडनु दुःख पाउनुमात्र हो। रातारात धन ऐश्वर्यमा चुर्लुम्म डुब्न खोज्नु मनासिब होइन । त्यसैले मन, वचन, कर्मलाई सन्मार्गमा लगाई थोरैमा पनि सन्तृष्ट हुन सिक्नुपर्छ भन्ने सन्देश कविले दिन चाहेको छन् ।

हजुरलाई यो सामग्री मन पर्यो भने  यसको पूरा पाठ हेर्न यहाँ Click गर्नुहोस् :


कक्षा १० नेपालीको सम्पूर्ण पाठको लागि सम्पूर्ण सामग्री हाम्रो Mobile Application मा राखिएको छ ..निशुल्क पढ्न सक्नुहुन्छ /यहाँ क्लिक गरेर Download गर्नुहोस् आजै कुनै पैसा लाग्दैन यसको Size मात्र 4.8MB हो  Download Here

 

 



Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post