Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

                     कार्यमूलक अनुसन्धान प्रतिवेदन

 

क. कार्यमूलक अनुसन्धानको शीर्षककक्षा ६ मा अध्ययनरत सबै विद्यार्थीलाई नेपाली पाठ्यपुस्तकमा  समाविष्ट गुरु  कवितालाई   लयमा गाउन सक्षम बनाउने  

 

ख. अनुसन्धान कर्ताको नामसुबाश बुढा

 

ग. पेशा : शिक्षण

 

घ. पद : शिक्षक माध्यमिक (तृतीय )

 

ङ. इमेल  :  satheesubasha@gmail.com

 

च. विद्यालयको नाम जनकल्याण माध्यमिक विद्यालय कल्याणपुर - , माडी न.पा., चितवन ।

 

. सिटरोल नं  : …………………………..

 

 १. परिचय


नेपाली भाषा शिक्षणको  क्रममा  विद्यार्थीको भाषिक सीप बिकासका लागि   पाठ्यक्रमले विभिन्न साहित्यिक बिधाहरु समावेश गरेको छ।जस्तै :कथा ,कविता ,जिवनी , निबन्ध , रुपक आदि ।पाठ्यक्रमद्वारा निर्दिष्ट बिधा नै पाठ्यपुस्तकमा सामावेस गरिन्छ । ती  विभिन्न साहित्यक बिधाहरु मध्ये विद्यार्थीलाई अति नै मनपर्ने बिधा कविता हो त्यसैले प्राय नेपाली पाठ्यपुस्तकका प्रथम पाठहरुमा कविता बिधा राखिएको पाइन्छ । कविताले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै लय हालेर गाउन उत्प्रेरित गर्दछ । त्यस्तै उनीहरुलाई यस बिधामा रमाउन,स-सना कविता कोर्न तथा जानी नजानी गुनगुनाउने बानीको बिकास गर्दछ ।


यसै क्रममा जनकल्याण माद्यमिक बिद्यालय कल्याणपुर -६ माडी नगरपालिका चितवनमा शैक्षिक शत्र  २०७३/२०७४ को दैनिक कार्यतालिकामा (रुटिन) कक्षा ६ को नेपाली शिक्षण गर्ने मेरो जिम्मा  परेको थियो ।  सोहीअनुरुप मैले दोस्रो पिरियडमा पढाउनु पर्ने भयो। सो कक्षामा जम्मा ५० जना विद्यार्थीहरु  रहेका थिए ।पाठ १ मा नै गुरु शीर्षकको कविता राखिएको थियो । मैले दैनिकरूपमा झैं कक्षा शिक्षण अगाडि बढाए ।  मैले  मेरो मोबाइलमा रहेको उक्त गुरु कविता स्पिकरबाट सुन्न लगाए ।उक्त कविता सम्बन्धित लेखक अर्थात देबी नेपाल आफैले वाचन गरेका थिए । 

सो वाचन युट्युवबाट संकलन गरिएको थियो।मैले बालबालिकालाई थोरै लेखकका बारेमा जानकारी दिँए । मैले त्यो पुरै कविता  सबैले एकसाथ सुन्ने गरी बजाएर विद्यार्थीलाई  सुन्न निर्देशन दिएँ । स्पिकरसँगै  लयमा गाउन पनि अनुरोध गरेँ । त्यसपछि स्पिकर बन्द गरेर मसँगै गाउन अनुरोध गरेँ । यसबेलासम्म हेर्दा २० जना विद्यार्थीले मात्र लयमा गाउन सके र बाँकीले सकेनन् अर्थात् करिब  ६०% विद्यार्थीले गाउन नसक्नु मेरा लागि समस्या बन्यो ।

उक्त दिनको शिक्षणपश्चात् मैले सामना गरेको समस्या किन आएको होला भनी सोच्न थालेँ र कारणहरू पहिचान गरेँ । त्यस्ता कारणहरुमा विद्यार्थीले  साथीहरूका अगाडि कविता गाउन लाज मान्नु , कुनै विद्यार्थीले पहिलो पटक स्पिकरबाट सुनेकाले  स्पष्ट नबुझेको बताउनु  र पर्याप्त मात्रामा अभ्यास नगराइनु आदि पाएँ । त्यसपछि मैले उक्त तथ्यलाई समस्या मानेर  समाधानका उपायहरू खोजी गरेँ र तिनको कार्यान्वयन गरी प्रतिवेदन तयार पारेँ ।


२. उद्देश्य-अपेक्षित उपलब्धि

 – कक्षा ६ का  सबै विद्यार्थीहरूलाई गुरु कविता  लयमा गाउन सक्षम बनाउने ।


 

३. अनुसन्धान प्रक्रिया, कार्यविधि विश्लेषण

– कार्यान्वय अवधि : २०७३।१।१६ देखि  २०७३।१।१८ सम्म

– अनुसन्धान विधि :  गुणात्मक र परिमाणात्मक(अवलोकन, छलफल ,प्रयोगात्मक ..................)


 

४. सुधारका उपाय, रणनीति

  • शिककसँगैसँगै , बेन्च बेन्चमा , सबै विद्यार्थीसँगै ,२जनाको जोडीमा तथा एकलरूपमा गाउन प्रोत्साहित  गर्ने ,

 

  • समूह ,जोडी वा एकलरूपमा गाउन रहर गर्नेलाई मौका दिई कक्षाका सबैलाई ताली बजाउन लगाई प्रोत्साहित गर्ने ,

 

 

  • दुरि ,आवाजको मुल्यांकन गरि स्पष्ट बुझिने गरि स्पिकर बजाउने ,

 

  • नबुझेको ठाउँ/लाईन वा शब्द पहिचान गरि पुनः दोहोर्याएर  सुन्ने व्यवस्था गरी कविता बजाउने र पाठ्यपुस्तकको पनि सहायता लिने  ,
  • . कवितालाई लय हालेर  गाउनको लागि पर्याप्त अभ्यास गराउने ।

 

पहिलो चक्र :

- पहिलो चक्रमा माथि उल्लेखित सबै उपायहरू प्रयोग गर्ने निर्णय गरेँ किनकि ती उपाय एकअर्कोसँग अन्तरसम्बन्धित थिए ।


() योजना :

 - कवितालाई स्पष्ट बुझिने गरि स्पिकरबाट बजाउने , नबुझेको वा स्पष्ट ................क्रमशः 

हजुरलाई यो अनुसन्धान मन पर्यो भने  यसको पूरा पाठ हेर्न यहाँ Click गर्नुहोस् :



हामीले 15 ओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ ।  कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ ।यसको Size मात्र 4.8MB हो  Download Here



Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post