सक्षिप्त
उत्तर लेख्नुहोस्
(क) लक्ष्मणका विचारमा रावणको
दुर्दशा हुनुको कारण के हो ?
उत्तर : लङ्का युद्धमा रावणको वध भएपछि विभीषणले लक्ष्मणलाई रावणको अन्त्य हुनाको कारण सोध्दा त्यसको प्रति उत्तरमा लक्ष्मणले दिएको जवाफअनुसार रावण आफ्नै कारणलले मुद्धमा मर्नु परेको जवाफ दिएका छन् । उनका अनुसार रावण एउटा ठूलो वीर र वैज्ञानिक भए पनि उसले आफ्नो शक्तिको दुरुपयोग गर्यो । उसमा मभन्दा ठुलो कोही छैन भन्ने घमण्ड गर्यो । लोभ लालसा र भ्रष्ट विचारले उन्मत्त भयो । स्त्री लप्पट भएर सीता जस्ता महान् नारीको अपहरण गर्ने दुष्कर्म गर्यो।
अहङ्कार गर्ने मानिसको एक दिन अन्त्य भएरै छाड्छ । यही नियम
उसमा लागु भयो । येश, आराम, सुख सयल र
सम्पन्नताका साथै शान्त राज्य रावणको घमण्ड आदिले ऊ क्षत विच्छेद बन्न पुग्यो ।
मान्छेले जस्तो कर्म गर्यो, उस्तै फल भोग्नै पर्छ । यसरी आफूसँग धन
सम्पत्ति, वैभव र शक्ति छ भन्दैमा जे पनि गर्दै हिड्नु हुँदैन ।
समाजमा असहयै काम गर्दै हिडेपछि अवश्य एकदिन जसको पनि पतन हुन्छ । आफू वीर, बुद्धिमानी
हुँदैमा सबैलाई आफ्नो वशमा राख्न खोज्नु उसको सबभन्दा ठुलो भुल थियो । रावणले
आफ्नो शक्ति र हैसियतको दुरूपयोग गयो जसका कारण ऊ आफै पतन हुन पुग्यो भन्ने धारणा
लक्ष्मणको छ ।
ख: लक्ष्मणका
विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
उत्तर : लक्ष्मणका विचारमा रावणको दुर्दशाका विभिन्न कारणहरू छन् । लक्ष्मणले विभीषणसँग गरेको कराकानीअनुसार रावण आफनै कारणलले युद्धमा मर्नु परेको हो। रावण एउटा ठूलो वीर र वैज्ञानिक भए पनि उसले आफ्नो शक्तिको दुरुपयोग गर्यो । उसमा मभन्दा ठूलो कोही छैन भन्ने घमन्ड गयो । लोभ लालसा र भ्रष्ट विचारले उन्मत्त भयो ।
सीता जस्ता महान नारीको अपहरण गर्ने
दुष्कर्म गर्यो । ऐश, आराम, सुख सयल र
सम्पन्नताको शान्त राज्य रावणको घमन्डले नै क्षत विच्छेद हुन पुग्यो । आफू वीर, बुद्धिमान्
हुँदैमा सबैलाई आफ्नो वशमा राख्न खोज्नु उसको सबैभन्दा ठुलो भुल थियो । रावणले
आफ्नो शक्ति र हैसियतको दुरुपयोग गर्यो जसका कारण ऊ आफै पतन हुन पुग्यो भन्ने
धारणा लक्ष्मणको छ।
ग. लक्ष्मणका मनमा के के कुरा ताजा
भएर आए ?
लक्ष्मणका मनमा बाल्यकालदेखिका
आफ्नै दाजुभाइ संग खेल्दै विताएका दिनहरु लेखपढ गरेका क्षणहरु राम चन्दले शिवधन
उचालेको , सीतासँग दाजु राम चन्दको विवाह गरेको जस्ता एकएक घटना ताजा
भएर आए।
तार्किक उत्तर
राम र रावणको
युद्धमा आफ्नै दाजु रावणको पक्षमा नलागी रामको पक्षमा लाग्ने विभीषणका ठाउँमा तपाइँ
भए के गर्नुहुन्थ्यो ?
पौराणिक ग्रन्थ रामायणको एउटा
प्रसङ्गलाई कथात्मक रूपमा ढालेर पाठ्यपुस्तकका लेखकहरूले 'जन्मभूमि' शीर्षक
दिएका छन् । रामकी पत्नी सीतालाई रावणले अपहरण गरेपछि राम र रावणका बिच भीषण युद्ध
भएको थियो। यो युद्धमा रावणका भाइ विभीषण भने रामको पक्षमा लागेका थिए। विभीषण
रामको पक्षमा लागेकाले नै रावणले युद्ध हार्नुपरेको थियो । रावणले पनि मर्ने
बेलामा यही कुरा भनेको थियो । लडाइँ सकिएपछि विभीषणले पनि आफ्ना कारणले गर्दा
आफन्तहरूको मृत्यु भएकोमा दुःखमनाउ गरेका थिए । झट्ट विचार गर्दा आफ्नै दाजुका
पक्षमा नलागी विपक्षीपट्टि लाग्नु अनौठो नै थियो तर जस्तोसुकै कठिन परिस्थितिमा
पनि सत्यको साथ नछोड्ने न्यायप्रेमी विभीषणको यो निर्णय शतप्रतिशत नै उचित थियो। .
यदि म विदुरका ठाउँमा भएको भए, अर्काको श्रीसम्पत्ति हडप्ने, अनावश्यक
अहङ्कार गर्ने दाजुका पक्षमा म पनि कदापि लाग्ने थिइनँ । म पनि विभीषणले जस्तै
रावणलाई सम्झाउँथें । सम्झाउँदा पनि केही नलागे अन्नतः त्यागिदिन्थें । रावण सुख
समृद्धि र बलको घमन्डले चुर भएको थियो । रावणको बुद्धिमा बिर्को लागेको थियो । अझ
ठुलो कुरा त रावणले जानीजानी बुझ पचाएको थियो । त्यसैले यस्तो परिस्थितिमा
रावणसँगको सम्बन्ध तोड्नु नै बुद्धिमानी हुन्थ्यो । रावणले सीतालाई अपहरण गरेर
लुकाउन छिपाउन नसक्ने गल्ती गरेको थियो । यसो नगर भनेर सम्झाउँदा पनि नमानेपछि
फेरि पनि रावणको साथमा नै रहनु भनेको रावणको गलत कामलाई साथ दिएको जस्तै हुन
जान्थ्यो ।
रावणको गलत कामको विरोध गर्न पनि
उसको साथ छोदनु अनिवार्य थियो । फेरि रावण दाजु नै भए पनि उसले अन्याय गरेको
हुनाले न्यायको साथ दिन रामका पक्षमा लाग्नु पनि यत्तिकै जरुरी थियो । आफ्ना
मान्छेले अरूमाथि अन्याय गर्दा चाहिँ चुप लागेर बस्नु पनि त मनासिब होइन नि। जसले
जसलाई गरे पनि आखिर अन्याय अन्याय नै हो त । त्यसैले न्यायप्रेमी, विवेकशील
र सतको पक्षपाती भएकाले म पनि रावणको साथ छोडिदिन्थें र अन्यायमा परेका रामको
साथमा लाग्थें ।
सप्रसङ्ग व्याख्या गर्नुहोस्
क. “यो युद्ध
तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए ।
उत्तर : “यो युद्ध
................................................................. थिए।"
प्रस्तुत अंश कक्षा १० को नेपाली
पाठ्य पुस्तकको पाठ १ मा रहेको जन्मभूमि नामक कथाबाट साभार गरिएको हो । यस कथामा
महाभारतको पौराणिक विषयवस्तुलाई कथ्यको रूपमा समेटिएको छ । सीता हरणपश्चात्
रामचन्द्र र रावणको विचमा युद्ध भई लङ्का रामचन्द्रले जितेपछि लङ्काका राजा रावणले
आफ्नो हार स्विकार्दै आफू हार्नुको प्रमुख कारण भाइसँग भएको फुट र वैमनस्य भएको
कुरा व्यक्त गर्ने क्रममा माथिको अंश आएको हो।
हजुरलाई यो सामग्री मन पर्यो भने यसको पूरा पाठ हेर्न यहाँ Click गर्नुहोस् :
कक्षा १० नेपालीको सम्पूर्ण पाठको लागि सम्पूर्ण सामग्री हाम्रो Mobile Application मा राखिएको छ ..निशुल्क पढ्न सक्नुहुन्छ /यहाँ क्लिक गरेर Download गर्नुहोस् आजै कुनै पैसा लाग्दैन ।यसको Size मात्र 4.8MB हो । Download Here
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :