कार्यमूलक अनुसन्धान प्रतिवेदनको नमूना
कार्यमूलक अनुसन्धानको शीर्षक :कक्षा – ४ को विज्ञान विषय अन्तर्गत पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकारसँग सम्बन्धित विद्यार्थीका समस्या
अनुसन्धान कर्ताको नामः ...................
संलग्न संस्थाको नामः गोरखकाली प्रा.वि.
अनुसन्धानको समयावधिः ........................
१.पृष्ठभूमि
कार्यमूलक अनुसन्धान अरु अध्ययन÷अनुसन्धान भन्दा एउटा छुट्टै प्रकारको अनुसन्धान हो । जुन अनुसन्धानबान्धानबाट शिक्षकलाई शिक्षण गर्ने कुनै विषयवस्तुमा परेका कठिनाइहरु पत्ता लगाई समस्या समाधान गर्ने तरिकाहरु अपनाउन मद्धत मिल्दछ भने आफ्नो पेशाको स्तर उन्नति गर्न पनि सहयोग पुग्दछ ।
आधुनिक प्रविधिको तव्रि वृद्धि र विस्तार भए अनुरुप शिक्षामा पनि त्यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तार सँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित त्चभलम को माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सवल बन्दै जानु पर्ने, शिक्षामा थपिएका नयाँ नयाँ विषय वस्तु तथा परिवर्तित एवं विकसित पाठ्यक्रम तथा पाठ्यवस्तुहरुप्रति ग्उमबतभम हुंदै जानुपर्दछ ।
परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षणका क्रममा देखी–भोगी आएका समस्याप्रति सचेत भई समस्या समाधानार्थ आवश्यक सल्लाह, सुझाव एवं परामर्श लिइरहनु पर्दछ ।
यसै सिलसिलामा म विगत २५ वर्षदेखि विभिन्न विद्यालयको विभिन्न तह र कक्षामा अध्यापन गर्दै आएकोमा र हाल विगत २ वर्ष देखि श्री गोरखकाली प्रा.वि.–८, ठिगँुरेश्वारा, गोरखामा अध्यापनरत छु । यहाँ अध्यापन गर्दा हासिल गरेका अनुभवका साथै विभिन्न विद्यालयहरुमा गरिएको शैक्षिक क्रियाकलापको आधारमा पनि मैले यो कार्यमूलक अध्ययन गरेको छु ।
मैले यहाँ कक्षा – ४ को विज्ञान विषयको शिक्षण गर्ने क्रममा ‘पदार्थ’ पाठ शिक्षण गर्दा विद्यार्थीलाई सिक्न कठिन परेको महसुस गरी उक्त पाठको कार्यमूलक अनुृसन्धान गर्न खोजेको छु । कार्यमूलक अनुसन्धानले परम्परागत शिक्षण विधिलाई सुधार गर्नुका साथै विषयवस्तुको समस्या के हो र कक्षा कोठामा शिक्षण सिकाइ कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी दिन्छ ।
२. अनुसन्धानको उद्देश्य
कक्षा – ४ को विज्ञान विषय अन्तर्गत पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकारसँग सम्बन्धित विद्यार्थीका समस्या पत्ता लगाई समस्याको समाधान गर्ने ।
३. लक्षित समूह
यो अनुसन्धान गोरखकाली प्रा.वि. ठिगुँरेश्वाराको कक्षा – ४ को विद्यार्थीलाई पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकार शिक्षण गर्दा आएका समस्याको समाधान गर्न लक्षित छ ।
४. समस्याको पहिचान
हाम्रो देश नेपालका धेरै जसो विद्यालयमा हुने शिक्षण विधि भनेको शिक्षक केन्द्रित विधि हो । शिक्षक सक्रिय र विद्यार्थी निष्क्रिय विधि धेरै जसो विद्यालयमा देखापरेको शैक्षिक समस्या हो । विद्यार्थीहरुले नबुझीकन घोक्ने, घोकेको प्रश्न भएमा मात्र त्यसको उत्तर दिने गर्छन् तर कुनै पनि पढेका सिद्दान्तलाई व्यवहारमा उतार्ने र कसरी बुझ्ने भन्ने कुरा विद्यार्थीले सोचेको पाइँदैन ।
अझ बालमैत्री शिक्षणको अति आवश्यकता देखिएतापनि त्यसतर्फ शिक्षकहरुले ध्यान नपु¥याएको देखिन्छ । शिक्षकहरु आधुनिक प्रविधिसँग पनि उत्तिकै जानकार रहनुपर्ने, नियमित रुपमा अपडेट हुनुपर्ने अवस्था छ । यसै सिलसिलामा मैले शिक्षण गर्ने कक्षा – ४ का अधिकांश विद्यार्थीले विज्ञान विषय गाह्रो मानेको र अझ पदार्थको प्रकारमा धेरैजसो विद्यार्थीले गाह्रो मानेको हुँदा उक्त विषयवस्तुमा कार्यमूलक अनुसन्धान गर्न मैले चासो दिएको हुँ ।
................क्रमशः पूरा हेर्न यहाँ Click गर्नुहोस् :
हामीले बाह्ओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ । कार्यमूलक अनुसन्धानको पूरा पाठ Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ ।यसको Size मात्र 4.8MB हो । Download Here
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :