कार्यमूलक अनुसन्धानको शीर्षक : अनुच्छेद लेखन सीप विकास गर्ने।
अनुसन्धान कर्ता : सरोज सुवेदी
पद: शिक्षक
श्रेणी: तृतीय
कार्यरत विद्यालय : श्री ................., चितवन
१.० परिचय :
निर्धारित सिकाई उपलब्धिहरु (उद्देश्य) प्राप्तिका लागि गरिएको शिक्षणसिकाइ क्रियाकलापमा आइपरेका समस्याहरू समाधान गर्न तयार पारिएको योजनाबद्ध कार्यपद्धतिलाई कार्यमुलक अनुसन्धान भनिन्छ।कार्यमुलक अनुसन्धान समस्या र यसको समाधानसंग सम्बन्धित छ।विशेष गरी शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन योजनाबद्ध ढङ्गले शिक्षण गर्नु अनिवार्य मानिन्छ।सिकाइ दिगो र प्रभावकारी एवं जीवनोपयोगी हुनुपर्दछ।त्यसका लागि सिकारु र शिक्षक बीच सुमधुर सम्बन्धको जरुरत पर्दछ।प्राथमिक तहमा अध्ययन गर्ने वालबालिका र शिक्षकसंगको सम्बन्ध जति नजिक कायम हुन्छ त्यतिने सिक्ने सम्भावना बढी हुन्छ।
अर्को तर्फ प्राथमिक तहका कक्षाहरुमा पढ्ने कलिला बालबालिकाहरुले शिक्षक-शिक्षिका सामु आफ्ना सिकाइमा देखापरेका सबै किसिमका समस्याहरु प्रष्टसँग बताउन सक्दैनन्।त्यसैले बालबालिकाहरुका सिकाइमा देखापरेका र देखापर्न सक्ने समस्याहरुलाई पहिचान गर्नु कठीन कार्य हुन जान्छ।तसर्थ शिक्षण सिकाइका क्रममा देखिएका समस्याहरु समाधान गर्न सम्बन्धित बिषय शिक्षकको हस्तक्षेपकारी प्रयत्नले समस्या निराकरणको लागि सहयोग पुग्दछ।
शिक्षकले गर्ने त्यस्तो हस्तक्षेपकारी प्रयत्न नै कार्यमुलक अनुसन्धान हो।यसले शिक्षण सिकाइको क्रममा देखापर्ने अधिकाङ्स समस्याहरुलाई न्युनिकरण गर्न सहयोग गर्दछ।त्यसैले कार्यमुल अनुसन्धानलाई शिक्षण सिकाई क्रियाकलापमा देखापर्ने समस्या समाधान गर्ने उपयुक्त माध्यमको रुपमा लिने गरिएको छ।
शिक्षण सिकाइमा देखापरेका समस्याहरु समाधान गर्न सम्बन्धित बिषय शिक्षकले मूल समस्याको पहिचान गरी शिक्षण सिकाईका क्रममा अनुसन्धान गर्दै योजनाबद्ध तरिकाबाट शिक्षण गर्दा सजिलै लक्षित उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ। यसै परिपेक्षमा शै.स.२०७१ फाल्गुण महिनामा श्री झुवानी उ.मा.वि.को कक्षा पाँचमा अध्ययन गर्ने बालबालिकाहरुले नेपाली विषय अन्तर्गत अनुच्छेद लेखन सीप विकासमा समस्याहरु आइपरेको कारणले अनुच्छेद लेखन सीपको विकास गरी समस्या समाधान गर्न कार्यमूलक अनुसन्धान गरिएको थियो।
२.० उद्देश्य:
कार्यमूलक अनुसन्धानको प्रमुख उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो।
(क) विभिन्न शीर्षकहरुमा स्वतन्त्ररुपमा अनुच्छेद लेखन सीपको विकास गर्ने।
३.० कार्यान्वयन अवधि : २०७१ फाल्गुण १५ देखि २५ सम्म
४.० कार्यबिधि :
क) कार्य योजना : माथि उल्लेखित उद्देश्य प्राप्तिका लागि निम्नलिखित कार्यहरु गर्ने योजना गरिएको थियो।
- शिक्षण सिकाई क्रियाकलाप गर्नका लागि सहयोग पुग्ने शैक्षिक सामग्री संकलन, निर्माण, र खरिद गर्ने र गर्न लगाउने।
- शैक्षिक सामग्रीको सहितको आवश्यक शैक्षिक क्रियाकलाप संचालन गर्ने।
iii. लघु शैक्षिक भ्रमण
- तत्पश्चात त्यसको अवलोकन र मूल्याङ्कन गर्ने।
................क्रमशः पूरा हेर्न यहाँ Click गर्नुहोस् :
हामीले नौओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ । कार्यमूलक अनुसन्धानको पूरा पाठ Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ ।यसको Size मात्र 4.8MB हो । Download Here
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :