Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

यो सामग्री हामीलाई कबिता कुमारीले Mail गरेर पठाउनु भएको हो । उहाँलाई हार्दिक धन्यवाद ।


अनुसन्धानकर्ताको हस्ताक्षर :......................

अनुसन्धानकर्ताको नाम : कबिता कुमारी

पद र श्रेणी : प्राथमिक शिक्षक ,तृतीय

कार्यरत बिद्यालय र ठेगाना : श्री राष्ट्रिय आधारभूत बिद्यालय श्रीपुर, मिथिला न. पा. , धनुषा

 

 

. अनुसन्धानको शीर्षक : कक्षा ४ मा शब्दार्थ शिक्षण



. अनुसन्धानको पृष्ठभूमि :


नेपालको विद्यालय तहमा नेपाली भाषा बिषयलाई अनिवार्य बिषयका रुपमा कक्षा १ देखि १२ सम्म अध्यापन गरिदै आएको छ । बिद्यालय तहको वर्तमान पाठ्यक्रममा भाषा बिषयलाई प्रमुख बिषयको रुपमा राखिएको छ । प्राथमिक तहमा नेपाली भाषा शिक्षणको मूल उद्देश्य भाषिक सीप सिकाउनु हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका चार सीपहरु हुन । 


बिद्यार्थीले यिनै चार सीपको प्रयोग गरेर भाषिक क्षमता अभिवृद्धि गर्दछन् । अरुले बोलेको सुनेर बुझ्नु सुनाइ, सुनेका वा आफूले कल्पना गरेका कुरा अरुले बुझ्ने गरी अभिव्यक्त गर्नु बोलाई, लेखिएका कुराहरु पढेर बुझ्नु पढाइ र आफुले पढेका, सुनेका, जानेका वा बुझेका कुरालाई लेख्नु लेखाइ सीप हुन । भाषा शिक्षणमा शब्दार्थ शिक्षणको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । शब्दार्थ शिक्षणबाट सिकारुको शब्दभन्डारमा बृद्धि मात्र नभै शब्दको शुद्ध प्रयोग क्षमतामा समेत बृद्धि हुन्छ । यसले अभिव्यक्तिलाई स्तरीय वनाउन मदत गर्दछ ।


३.अनुसन्धान गरिएको समस्याको पहिचान :

               कक्षा ४ को नेपाली बिषयको विभिन्न पाठमा शब्दार्थ शिक्षण गर्दा धेरैजसो (लगभग ८५% ) बिद्यार्थीले शब्दहरुको अर्थ बताउन र दिइएका शब्दहरु प्रयोग गरी वाक्य बनाउन नसकेको पाइयो । कक्षा कार्य, अवलोकन र प्रिटेष्टद्वारा उक्त कुरा पुष्टि गरियो । शैक्षिक सत्रको सुरुवातदेखि नै बिद्यार्थीहरुमा पूर्बज्ञान तथा बिभिन्न तत्वलाई ध्यान दिदा मैले कक्षा ४ मा शब्दार्र्थ शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको बिषय बनाई समाधानको उपाय खोजेको छु ।


. अनुसन्धानको उद्देश्य :

               कक्षा ४ का बिद्यार्थीहरुमा शब्दार्थ शिक्षणका क्रममा देखिएका समस्याको समाधान गर्ने, आफ्नो कार्य शैलीमा सुधार सहितको परिबर्तन ल्याउने र दिइएका शब्दहरु प्रयोग गरी वाक्य बनाउने सीप अभिबृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।


. अनुसन्धानको औचित्य :

               शैक्षिक समस्याको पचिान, सुधार र समाधानमा कार्यमुलक अनुसन्धानको बिशेष महत्व हुने हुदा मैले पनि शब्दार्थ शिक्षणको लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।

हजुरलाई यो अनुसन्धान मन पर्यो भने  यसको पूरा पाठ हेर्न यहाँ Click गर्नुहोस् :



हामीले २० ओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ ।  कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ ।यसको Size मात्र 4.8MB हो  Download Here



Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post