अनुसन्धानकर्ताको हस्ताक्षर :...........................
अनुसन्धानकर्ताको नाम : व्रजभूषण कुमार कुशवाहा
पद र श्रेणी : मा. शि. तृतीय,
गणित
कार्यरत बिद्यालय :श्री मा. बि. प्रितपुर पर्वता, धनुषाधाम न. पा. ५, धनुषा
१. अनुसन्धानको शीर्षक : कक्षा ९ मा षड्मुखाको सतहको क्षेत्रफल शिक्षण
२. अनुसन्धानको पृष्ठभूमि :
नेपालको विद्यालय तहमा गणितलाई
अनिवार्य बिषयका रुपमा कक्षा १ देखि १० सम्म अध्यापन गरिदै आएको छ । बिद्यालय तहको
वर्तमान पाठ्यक्रममा भाषा पछिको प्रमुख बिषयको रुपमा गणितलाई राखिएको छ । गणित
बिषयमा राम्रो अङ्क प्राप्त गर्नु र बिषयबस्तुमा राम्रो हुनुलाई बिद्यार्थी स्वयम्
र अन्य सामाजिक तहबाट पनि प्रतिष्ठा र शक्तिका रुपमा लिएको पाइन्छ । तर हालको एस.
ई. ई. को नतिजा हेर्दा अन्य बिषयको तुलनामा गणित बिषयको नतिजा निराशजनक हुनु गणित
बिषय अध्यापन गर्ने« शिक्षकहरुका लागि चुनौति साबित हुन्छ । गणितिय धारणा शिक्षण
कहाँ र कहिले गर्ने भन्दा पनि कसरी गर्नुपर्छ भन्ने कुरा नै बढी चुनौतिपूर्ण रहेको
छ ।
३. अनुसन्धान गरिएको समस्याको कथन :
कक्षा ९ को गणित बिषयमा क्षेत्रमिति पाठमा षड्मुखाको सतहको क्षेत्रफल शिक्षण
गर्दा धेरैजसो ( लगभग ८१% ) बिद्यार्थीले षड्मुखाको सतहको क्षेत्रफल निकाल्न नसकेको
पाइयो । कक्षा कार्य, अवलोकन र प्रिटेष्टद्वारा उक्त कुरा पुष्टि गरियो । शैक्षिक
सत्रको सुरुवातदेखि नै बिद्यार्थीहरुमा पूर्बज्ञान तथा बिभिन्न तत्वलाई ध्यान दिदा
मैले कक्षा ९ मा षड्मुखाको सतहको क्षेत्रफल शिक्षणमा देखापरेको समस्यालाई
अनुसन्धानको बिषय बनाई समाधानको उपाय खोजेको छु ।
४. अनुसन्धानको उद्देश्य :
·
कक्षा ९ मा
बिद्यार्थीमा षड्मुखाको सतहको क्षेत्रफल निकाल्ने सीप अभिबृद्धि गरी १०० प्रतिशत
सक्षमता हासिल गराउने ।
५. अनुसन्धानको औचित्य :
शैक्षिक समस्याको पहिचान,
सुधार र समाधानमा कार्यमुलक अनुसन्धानको
बिशेष महत्व हुने हुदा मैले पनि षड्मुखाको सतहको क्षेत्रफल शिक्षणको लागि
कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति
गरेको छु ।
६. समस्याको कारण :
·
बिद्यार्थीमा
पर्याप्त अभ्यासको कमी ।
·
शिक्षकद्वारा
सजिलो शिक्षण विधि नअपनाउनु ।
हजुरलाई यो अनुसन्धान मन पर्यो भने यसको पूरा पाठ हेर्न यहाँ Click गर्नुहोस् :
हामीले २० ओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ । कार्यमूलक अनुसन्धानको पूरा पाठ Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ ।यसको Size मात्र 4.8MB हो । Download Here
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :