Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

यो सामग्री हामीलाई धनपती अर्यालले Mail गरेर पठाउनु भएको हो । उहाँलाई हार्दिक धन्यवाद ।




अनुसन्धानकर्ता : धनपती अर्याल

 तह :नि.मा. वि.

विषय : विज्ञान

विद्यालय ठेगाना  :श्री  ज्ञानोदय  नमुना माध्यमिक विद्यालय ,मजुवा, गुल्मी

 

 अनुसन्धानको शीर्षक:  महामारीको अवधिमा सिकाइ सहजिकरण,  समस्या र समाधानका उपायहरु ।




१. पृष्ठभूमि:




कुनै पनि रोग तीव्रगतिमा फैलिएर धेरै मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्नु, ज्यान जानु र ज्यान जाने अवस्था उत्पन्न हुनुलाई महामारी भनिन्छ । विश्वमा धेरै महामारी पटकपटक भइरहन्छन् प्राचीनकालदेखि नै हैजा,  क्षय रोग, औंलो आदि रोगहरूले केही पहिचान भएर र केही पहिचान नभएर हजारौ मानिसहरूको ज्यान गएको इतिहास हामीसँग सर्वविदितै छ सन् २०१९  को अन्त्यमा चीनको वुहान शहर बाट देखा परेको कोभिड  -१९  रोगले नेपाल लाई पनि अछुतो राखेन ।



नेपालमा पनि मिति २०७६ माघ ९  मा पहिलोपटक कोभिड  -१९  देखा पर्यो फलस्वरूप वि. स. २०७६ सालको एस. इ. इ. परीक्षा एक दिन अगाडी मात्र स्थगित हुन पुग्यो २०७६  चैत्र ११  गते देखि सुरु भएको  लक् डाउन  २०७७ श्रावन ७    गतेसम्म निरन्तरता पायो तर शैक्षिक संस्था भने आज सम्म पनि  अन्यौलमा नै रहेका छन्  । जसका कारण सबै शैक्षिक संस्थाहरु बन्द भए, विद्यालयहरु  क्वारेन्टाइनमा परिणत भए, परीक्षाहरु  स्थगित भए   समस्या आएपछि समाधान निस्कन्छ भने जस्तै विभिन्न सिकाइका सहजीकरण प्रक्रियाहरू अगाडि आए ।




२. अध्ययनको उद्देश्य:

क  वैकल्पिक सिकाइ सहजीकरण का समस्या पहिचान गर्नु ।


 ख  सहजीकरणमा देखिएका समस्यालाई समाधान गर्नु  ।




३. अध्ययनको औचित्य:

 कुनै पनि अनुसन्धानको आफ्नै औचित्य हुने गर्दछा । यस अनुसन्धानले बालबालिका तथा अभिभावक लाई कोभिड-१९  सर्ने  तरिका, सुरक्षित रहने उपाय, विद्यार्थीको सिकाइ सहजीकरणमा शिक्षक तथा अभिभावकको भूमिकाको बारेमा स्पष्ट पार्नु हुनेछ ।




 ४. अध्ययनको सीमा:

 म श्री ज्ञानोदय  नमुना माध्यमिक विद्यालय चन्द्रकोट- ८  तुरांग , मजुवामा को  शिक्षक भएको हुनाले यसै विद्यालयको वरिपरि रहेको क्षेत्र मजुवा बजार बाट विद्यालयमा पढ्न आउने विद्यार्थी तथा अभिभावक अरूसँग बाट  प्रतक्ष्य कुराकानीको आधारमा अनुसन्धान पूरा गरिएको छ ।




५.  सरकार द्वारा निर्देशित विभिन्न वैकल्पिक प्रक्रिया  भित्र पर्ने विद्यार्थीहरु

 क. रेडियो मात्र हुने ।

 ख. टेलिभिजनको पहुँच भएका ।

 ग. इन्टरनेट बिनाको device भएका ।

 घ इन्टरनेट सहितको device भएका ।

ङ. किताबको मात्र पहुँच भएका ।

हजुरलाई यो अनुसन्धान मन पर्यो भने  यसको पूरा पाठ हेर्न यहाँ Click गर्नुहोस् :



हामीले 18 ओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ ।  कार्यमूलक अनुसन्धानको पूरा पाठ  Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ ।यसको Size मात्र 4.8MB हो  Download Here



Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post