कक्षा ९ मा समावेस पाठहरू |
|
1. दुई मितको कथा 2.यात्रा सुरु गरौँ 3.सङ्गीतज्ञ रामशरण दर्नाल 4.म को हुँ ? 5.मानव बेचविखन विरुदध हाम्रो दायित्व 6.बहिनीलाई चिठी 7.निद्रा 8.वसन्त कोकिल |
9.जैविक खेती 10.मङ्गलाका तीन दिन 11.डाक्टर अङ्कल 12.आङ सान सुकी 13.सय रङ इन्द्रेनी 14.महिला हिंसा 15.छात्रवास 16.बन्धनबाट मुक्ति |
तार्किक प्रश्न
प्रश्न : लाटोकोसेरो र हात्तीमा तपाईंलाई कुन चलाख जस्तो लाग्यो ? तर्क दिएर लेख्नुहोस्।(लेखाइ, प्र. नं. ७)
दुई मितको कथाको मूल भाव वा सन्देश
१. हामीले प्रेम र सद्भावको सम्बन्ध भएको असल मित्रता गाँस्नुपर्छ ।
२. साथीलाई सुख र दुःख दुवै अवस्थामा साथ दिनुपर्छ ।
३. दुःख पर्यो भने आत्तिनु हुँदैन हिम्मत हार्नु हुँदैन।
४ दुःख विपत्मा धैर्य भई सोचविचार गरी आत्मविश्वास राखेर समस्याको समाधान पहिल्याउनुपर्छ । क्रमशः ...................
सप्रसङ्ग व्याख्या गर्नुहोस् :
प्रश्नः मेरा प्यारा मित, त्यसरी मर्नुभन्दा अगाडि नै खुट्टा तान्न तपाईं जस्ता वीरलाई सुहाउँदैन।(पृष्ठ ५, अनुच्छेद ३७ को उद्धरण)
मेरा प्यारा मित................. सुहाउँदैन।
' प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तकअन्तर्गत
पर्ने ‘दुई मितको कथा' लोककथाबाट साभार गरिएको हो । यस कथाका रचयिता यस पाठ्यपुस्तकका लेखक/सम्पादक नै हुन् । बाँच्ने आशा मारिसकेको कर्णकान्तलाई हिम्मत जुटाइदिने सन्दर्भमा माथिको भनाइ नेत्रलालमार्फत् आएको हो । माथिको कथांशले मर्नुभन्दा अगाडि नै खुट्टा तान्नहुँदैन भन्ने सन्देश मितलाई प्रवाह गरेको छ।
जन्म र मृत्यु प्रकृतिको नियम हो । प्राण वा ज्यान भएका सबैले बाँचुन्जेल दुःख र सुखको अनुभव गरिरहन्छन् । आपतविपतको सामना हरेकले गर्नैपर्छ । यस कथामा पनि कर्णकान्तले एक्कासि आपतविपतको सामना गर्नुपर्यो । आफ्ना मितसंग बिदावारी भई आहारको खोजीमा निस्किएका बेला कर्णकान्त राक्षसहरूको घेराबन्दीमा पर्यो। मितलाई भेटेर अन्तिम बिदा मागी घर फर्किने जुक्ती कर्णकान्तले निकाले पनि समस्याबाट पार पाउने उपाय उसले देखेन ।
क्रमशः ..........................
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :