कक्षा १० मा रहेका सम्पूर्ण पाठहरू |
|
१.जन्मभूमि २.सन्तुष्टि ३.सन्दुक रुइत ४.थाङ्का ५.म पनि सक्छु ६.व्यापारिक चिठी ७.प्रत्यागमन ८.वर्षा |
९.हाम्रो संस्कृति १०.स्थानीयकरणभन्दा
विश्वव्यापीकरण बेस ११.लक्ष्मीपूजा १२.क्लारा जेटकिन १३.जय भुंडी १४.म सड़क बोल्दै छ १५.टीका १६.माउजङ बाबुसाहेबको कोट |
..........................................................................................
पाठ १ : जन्मभूमि
..............................................................................................
१.परिचय
'जन्मभूमि' पौराणिक घटनामा आधारित भएर लेखिएको कथा हो । रामायणको विभिन्न घटना क्रममध्ये श्री रामले सीताको अपहरणपश्चात् रावणसँग युद्ध लडी विजय हासिल गरे तापनि आफ्नो जन्मभूमि अर्थात् आयोध्यालाई त्यागेर लङ्काको सुखसयलमा रमाउन नसक्नुले जन्मभूमिप्रतिको प्रेमलाई सङ्केत गर्दछ।
रामचन्द्रले रावणको अन्त्य गरी लङ्का राज्यलाई जिते । लइका राज्य सुवर्णले भरिभराउ थियो । ठुला ठुला महल र सडकले भरिपूर्ण लका राज्य अत्यन्त सुन्दर थियो । लका जितेपछि रामका भाइ लक्ष्मणले त्यस्तो सुवर्णमय लकामा नै राज गरेर बस्न आग्रह गरे । तर रामचन्द्रले लक्ष्मणको यस अनुरोधलाई अस्वीकार गर्दै भने कि आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् । त्यसैले म आफ्नै जन्मभूमि जान्छु । यसमा तिमी पनि लोभ नगर भन्ने जवाफ दिए ।
अन्तमा रावणकै कान्छो भाइ विभीषणलाई सो राज्य सुम्पेर दुवै भाइ सीतालाई लिई अयोध्या फर्के । यही विषयवस्तुमा 'जन्मभूमि' कथाको रचना गरिएको पाइन्छ । 'जन्मभूमि' कथाले जे गर्नु छ आफ्नै मातृभूमिका लागि गर्नुपर्छ भन्ने सन्देश दिँदै अर्काको देशमा सुविधा छ, सबै व्यवस्था राम्रो भयो भन्दैमा विदेसिने र उतै वस्ने प्रवृत्तिलाई स्वीकार गरेको छैन ।
वर्तमान नेपाली प्रवृत्ति विदेशमुखी र उतै बस्न
रुचाउने युवायुवतीलाई पौराणिक कथाका आधारमा मातृभूमिको ममता, सन्देश र
कर्तव्यबोध गराएको प्रतित हुन्छ ।
पाठको पुरा अभ्यासको सामग्री निशुल्क हेर्न यहाँ क्लिक गरेर Download गर्नुहोस्
२.कथासार
वनबासको क्रममा लङ्का राजा रावणसँगको विवाद र सीता अपहरणपश्चात् भएको युद्धमा पराजित गरी लङ्का विजयी भएपश्चात् श्री रामचन्द्रका सबै वानर फौज, लक्ष्मण, रावणका भाइ विभीषण सुतिरहेका हुन्छन् । तर बनवासमा गएदेखि नै लक्ष्मणलाई भने राम्ररी निन्द्रा परेको छैन । मनमनै विभिन्न कुरा खेलाएर पल्टिरहेका छन् ।
विभीषण पनि राती बिउँझेको देखेर लक्ष्मणको मनमा कुरा खेल्न थाल्छ । उनीहरूले युद्धमा लङ्काका राजा रावण, उनका छोराहरू, सारा राजपरिवारका साथै नातेदारहरू मारेका हुन्छन् । तर विभीषण भने सत्यको पक्षपाती भएकाले रामको पक्षमा युद्ध लडेका त हुन्छन् तर उनलाई आफन्तको विनाश भएकामा चित्त दुखेको छ ।
लडाइँमा आफ्नो पक्षले जितेकामा विभीषणको मन रमाएको छैन । तर लक्ष्मण भने आज सारै खुसी छन् किनकि अपहरणमा परेकी भाउजू सीतालाई सकुशल फर्काउन सफल भएका छन् । त्यसको साथै लड्का जस्तो शक्तिशाली र सम्पन्न राज्यमा उनीहरूको जित भएको छ । मर्नेबेला रावणले रामसँगै तिम्रो भाइ तिम्रो साथमा भएकाले तिमीले युद्ध जित्यो तर मेरो भाइ विमीषण मेरो विभीषण मेरो विपक्षमा भएकाले मेरो हार भयो भनेको वाक्य सम्झिंदा अझै थप आनन्द लाग्छ लक्ष्मणलाई ।
यस्तै विभिन्न कुरा खेलिरहेकाले लक्ष्मण निदाउन सकेका छैनन् । बाल्यकालमा दाजुभाइ खेलेको, वाण हान्न सिकेको, दाजु रामचन्द्रको पराक्रमले भाउजू सीतासँग विवाह गरेको सम्झिदा उनलाई आनन्द लाग्छ । यस्तै सोच्दै गर्दा टाढा भाले बासेको सुनियो, लक्ष्मण उठेर नित्य कर्म गर्न थाले र उनीसँगै विभीषण पनि उठे। लक्ष्मण र विभीषणका बिचमा कुराकानी हुन थाल्यो । लक्ष्मणले चिन्तित विभीषणलाई सम्झाए ।
रावण शक्तिशाली र वैज्ञानिक राजा भएर पनि अहम्, घमन्ड र लोभ लालचाका कारण पतन भए, अब लङ्काको राजकाज सम्हाल्ने जिम्मा विभीषणको हो भन्दा विभीषण अस्वीकार गर्छन् । आफूले पराइलाई गुहारेर युद्ध जितेको, शाखा सन्तान सबैको हत्या गरेर राजा नबन्ने, अब जितेको राज्यमा रामचन्द्र राजा बनेर राज गर्नुपर्ने र सो भएमा आफू सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्छन् ।
लक्ष्मणलाई पनि लङ्काको वैभव, सौन्दर्य र त्यहाँको प्राकृतिक भूबनोटले मोहित पारेको हुन्छ । उनले दाइ रामचन्द्रलाई अब लकाको राजा बनेर राज गर्नुहोस्, अयोध्या भाइ भरतलाई छोड्दिऊँ, जितेको हुनाले अब लङ्का हाम्रो हो भन्ने प्रस्ताव राख्छन् । भाइको कुरा सुनेर राम गम्भीर बन्छन् र सम्झाउन थाल्छन् । लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य दुनियाँमा काही छैन । यो हामीले जितेको पनि हो ।
जितेको राज्यमा राज गर्नु नौलो कुरा पनि नभएकाले सो भन्नु स्वाभविक भन्दै आफू लङ्काको राजा हुन भने नसक्ने बताउँछन् । स्वर्ग भन्ने सबैको आकर्षणको केन्द्र हो, मरेपछि पनि सबै मान्छे स्वर्ग जान चाहन्छन् तर संसारमा स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो भन्दै भाइलाई आफ्नो जन्मभूमि नत्याग्ने कुरा प्रस्ट पार्छन् ।
रामको विचारमा सुख, सुविधा र अवसरका लागि बाहिर बस्नु मानवीय चरित्र हो तर जन्मभूमिलाई चटक्कै बिर्सिएर, लत्याएर हिँड्नु मुर्खता हो । अयोध्याभन्दा प्यारो संसारमा कुनै ठाउँ छैन । रामचन्द्रको कुरा भाइ लक्ष्मणलाई मन पर्यो । रामचन्द्रले सम्झाइबुझाई विभीषणलाई लङ्काको राजा बनाएर आफूहरू अयोध्या फर्किछन् ।
अयोध्यामा उनीहरूको भव्य स्वागत भयो । राम राजा भए। रामले पनि
अयोध्याबासीहरूको मनोभावनाअनुरूप शासन सञ्चालन गरे । रामको असर राज्य व्यवस्थालाई 'राम
राज्य भनी अनुकरण गर्न थालियो । जन्मभूमिको प्रेमका लागि रामचन्द्रको बली बलिदानी
अनुकरणीय र लोकप्रिय मानिन्छ ।
कक्षा १० नेपालीको सम्पूर्ण पाठको लागि सम्पूर्ण सामग्री हाम्रो Mobile Application मा राखिएको छ ..निशुल्क पढ्न सक्नुहुन्छ /यहाँ क्लिक गरेर Download गर्नुहोस् आजै कुनै पैसा लाग्दैन ।
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :