Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-



    खस्कँदो शैक्षिक गुणस्तर


स्थायी अध्यापन अनुमति पत्रको सम्बन्ध शिक्षाको गुणस्तरसँग जोडिएको छ । शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्कँदै गएको छ । विगत ५ बर्षको त्रि. वि नतिजा २५ प्रतिशत भन्दा माथि जान सकेको छैन त्यस्तै कक्षा १२ को परीक्षाको नतिजा समेत ४० प्रतिशत को हाराहारीमा रहेको छ । शिक्षा सेवा आयोगबाट  स्थायी अध्यापन अनुमति पत्रको  लागि लिएको परीक्षाको  नतिजाले भने शैक्षिक गुणस्तर कस्तो छ भन्ने  छर्लङ्ग देखाएको छ ।


 प्राथमिक तहको परीक्षामा  सहभागी कुल ६६ हजार ५ सय ६४ मध्ये ३ हजार ८ सय ८३ मात्र सफल भएका छन् । अर्थात ५.८३ प्रतिशत उत्तीर्ण भए । नि. मा. वि. तहमा सहभागी कुल १ लाख १ हजार ४ सय ८४ मध्ये ४ हजार ७ सय ३७ सफल भए । अर्थात ४.६६ प्रतिशत सफल देखिए । माध्यमिक तहको परीक्षामा सहभागी कुल ५२ हजार २ सय ६६ मध्ये सफल हुनेको सङ्ख्या ८ हजार ४ सय २१ रहेकोछ । अर्थात् १६.११ प्रतिशत हुन आउँछ । 

प्राप्त तथ्याङ्कलाई हेर्दा हाम्रो शिक्षा प्रणालीमा गम्भीर त्रृटि रहेको देखिन्छ । शिक्षा क्षेत्र पूरै क्यान्सर ग्रस्त भएको छ । समग्रमा हामीले अपनाएको शिक्षा नीति र लागू गरेका ऐन र नियम असफल भए । सम्पूर्ण शैक्षिक प्रशासन असक्षम देखियो । शिक्षक र प्राध्यापकको दक्षता माथि प्रश्न उठ्यो । 

यसबेला  कसैलाई आक्षेप लगाएर आफू पानी माथिको ओभानो हुनु भन्दा सबैको सामुहिक प्रयासबाट शैक्षिक क्षेत्रको सुधार गर्नु आजको आवश्यकता हो । 

शैक्षिक गुणस्तरलाई सापेक्षित रूपमा हेर्नु पर्छ । शैक्षिक गुणस्तर कमजोर हुनुको मुख्य कारण शिक्षा नीति र यसको कार्यान्वयन पक्ष कमजोर हुनु हो ।

  • शिक्षामा राजनीतिक प्रभाव हुनु 
  • विषयगत शिक्षकको व्यवस्था नहुनु 
  • राम्राभन्दा हाम्रा शिक्षकको नियुक्ति हुनु
  • शिक्षक नियुक्तिमा एकद्वार प्रणाली हुन नसक्नु 
  • समान कामको लागि असमान सुविधा हुनु 
  • उचित पुरस्कार र दण्डको अभाव हुनु
  • मर्यादित शिक्षण पेशा बन्न नसक्नु 
  • अव्यावहारिक र अव्यवसायिक पाठ्यक्रम हुनु  
  • अभिभावकको कमजोर आर्थिक अवस्था हुनु 
  • विद्यालयमा बाह्य संस्कृतिको प्रभाव पर्नु 
  • विद्यालय मेल्टिङ्ग पटको रूपमा विकास हुनु 
  • विद्यालयको भौतिक अवस्था कमजोर हुनु
  • अव्यवहारिक मूल्याङ्कन प्रणाली हुनु 
  • शिक्षक र कर्मचारीमा  ठेकेदारी प्रवृत्ति हावि हुनु 
  • शिक्षा प्रशासनमा भ्रष्टचारले प्रश्रय पाउनु
  • पाण्डित्य पूर्ण सिकाइ हुनु 
  • त्रिविमा शिक्षक र  निजी विद्यालयमा  मालिक हुनु 
  • विद्यार्थीले काम गरेर पढ्नुपर्ने बाध्यता हुनु आदि कारणले  शैक्षिक गुणस्तर खस्कँदै गएको छ । 
  • शिक्षा क्षेत्र कमजोर मध्येको कमजोरको जागिरको अवसरको  क्षेत्र बनेको छ । सत्ता र शक्तिका आडमा  कार्यकर्ता व्यवस्थापन गर्ने पहिलो क्षेत्र  शिक्षा बन्यो । 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post