कार्यमूलक अनुसन्धान अनुसन्धान कार्यको शीर्षक: कक्षा ४ मा कोण शिक्षण
१. अनुसन्धान गरिएको समस्याको कथन -
कक्षा ४ को गणित विषयमा ज्यामिति पाठमा कोण शिक्षण गर्दा ८० प्रतिशत विद्यार्थीले प्रोट्राक्टरद्वारा कोणको सही नाप लिन र कोण खिच्न नसकेको पाइयो । कक्षा कार्य अवलोकन र 'प्रि-टेष्ट' द्वारा उक्त कुरा पुष्टि गरियो।
२. अनुसन्धानको उद्देश्य -
कक्षा ४ का विद्यार्थीमा कोण मापन र रचना सीप अभिवृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने।
३. समस्याका कारण -
(क) विद्यार्थीमा पर्याप्त अभ्यासको कमी
(ख) हरेक विद्यार्थीले ज्यामिति औजार बक्स कक्षामा नल्याउनु ।
(ग) शिक्षकद्वारा कोण मापन र रचनाको सजिलो शिक्षण विधि नअपनाइन् ।
४. समस्या समाधानका लागि अपनाइएको कार्य योजना -
“विद्यार्थीमा पर्याप्त अभ्यासको कमी” कारणलाई प्रमुख आधार बनाई समस्या समाधानका लागि अपनाइएको हस्तक्षेपकारी प्रयत्न (Intervention) को कार्य योजना निम्न बमोजिम प्रस्तुत गरिएको छ:
(क) २०७६ मंसिर १५ र १६ गते कक्षाकोठामा “विद्यार्थीलाई साना समूहमा विभाजन गरी वैयक्तिक शिक्षण" प्रयत्न कार्यान्वयन ।
(ख) २०७६ मंसीर १७ गते सिकाइ उपलब्धि लेखाजोखाका लागि 'प्रि-टेष्ट' सञ्चालन ।
पूरा हेर्न यहाँ Click गर्नुहोस् :
हामीले चारओटा नमुना राखेका छौं । हजुरहरूले हेरेर आफुलाई उपयुक्त लागेको मोडेलमा तयार गर्न सक्नुहुन्छ । यहाँ उल्लेख गरिएको कार्यमूलक अनुसन्धानको पूरा पाठ Sikne Thalo मोबाइल Application बाट निशुल्क हेर्न सकिन्छ । Download Here
Post a Comment
भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :