Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-


 आज कारक र विभक्तिको छोटो चर्चा गरिएको छ ।


कारक= वाक्यमा क्रियापदसँग सम्बन्ध राख्ने नामिक पद/नामिकपद नाम, सर्वनाम र विशेषण हुन् ।


 कारकका प्रकार

१) कर्ताकारक= काम सम्पन्न गर्न आउने वा क्रियाव्यापार गर्ने नामिक पद  यसमा ले/बाट प्रथमा विभक्ति चिन्ह लाग्दछ ।


जस्तै, 
भाइले फुटबल खेल्छ । (भाइले),कर्ता कारक

राष्ट्रपतिबाट सम्बोधन भयो।(राष्ट्रपतिबाट)कर्ता कारक




२)कर्मकारक= कर्ताले गरेको कामको फल भोग्ने नामिकपद/जुन काम गरिन्छ त्यो कर्मकारक। यसमा द्वितीय विभक्ति चिन्ह लाई लग्दछ ।
जस्तै, भाइले बहिनीलाई पिट्यो । ( बहिनीलाई) कर्मकारक, पिट्ने काम


हरिले गीत गाउँछ । (गीत)कर्मकारक गीत गाउँने काम


३) करणकारक= कर्ताले कार्यव्यापार सम्पन्न गर्दा साधनको रुपमा प्रयोग हुने नामिकपद, यसमा ले, बाट,द्वारा आदिजस्ता तृतीय विभक्ति चिन्ह लाग्छ । 

जस्तै, हरिले कलमले चिठी लेख्छ ।(कलमले) करण का. साधन कलम भयो ।


-रामले हलोले खेत ज्योत्यो ।( हलोले )करण का. हलो साधन,


४) सम्प्रदान कारक= जसका निम्ति काम गरिन्छ / प्रापकको रुपमा आउँने नामिकपद, यसमा लाई चतुर्थी विभक्ति लाग्दछ । 

जस्तै, रामले भाइलाई खर्छ दियो । ( भाइलाई) सम्प्रदान का. भाइले पायो, 

* देवकुमारीले बालबालिकालाई किताब दिइन् ल(बालबालिकालाई) सम्प्रदान का.


नेपाली व्याकरण पुस्तक निशुल्क Download गर्नुहोस् 


४) अपादान कारक= कुनै स्थान वा वस्तुबाट छुट्टिएको जनाउन आउने नामिकपद, यसमा पञ्चमी विभक्तिबाट, देखि लाग्दछ । 

जस्तै, राम इलामबाट आएछ। (इलामबाट ) अपा.का.
*हिजोदेखी घाम चर्को लाग्न थाल्यो । ( हिजोदेखि) अपा.का.


##षष्ठी विभक्ति = को,का, कि, रो,रा, री नो, ना, नी आदि ।


६) अधिकरण कारक = वस्तु रहने, अडिने, आधार बुझाउने नामिकपद, यसमा सप्तमी विभक्ति मा लाग्छ । जस्तै, टेबुलमा किताब राख ।(टेबुलमा) अधिकरण का.


* उनको मुटुमा नेपालको माया छ। ( मुटुमा) अ. का.


संकलक = विशाल लिम्बू
श्री वीरेन्द्र मा.वि. माई न.पा.७इलाम


हामीले यस्तै उपयोगी नेपाली व्याकरण किताब तयार पारेका  छौं । यदि हजुरलाई यस सम्बन्धी प्रशस्त  जानकारी चाहिएको छ भने हामीले निशुल्क पढ्न मिल्ने गरी Nepali Grammar तयार पारेका छौं । उक्त सामग्री हामीले हाम्रो Mobile Application (Sikne Thalo)  मा राखेका छौं । हजुरहरूले  निशुल्क डाउनलोड  गरेर हेर्न  सक्नुहुन्छ  । यदि यो  Download गर्न चाहनुहुन्छ भने  यहाँबाट हाम्रो  मोबाईल Application  डाउनलोड  गर्न  सक्नुहुन्छ । 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post