Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

कुनै शब्दले प्रसंगअनुसार एकभन्दा बढी अर्थ दिन्छ भने त्यस्तो शब्दलाई अनेकार्थक शब्द भनिन्छ । अनेकार्थक शब्दलाई अनेकार्थी शब्द पनि भनिन्छ । अंग्रेजीमा यसलाई Polsemy भनिन्छ । यस्ता शब्दले कम्तिमा दुई वा सो भन्दा बढी फरक अर्थ जाहेर गर्दछन् ।



यदि कुनै शब्दले एउटा मात्र अर्थ जाहेर गर्यो भने त्यो शब्द अनेकार्थक हुन सक्दैन ।यस्ता शब्दहरू वाक्यमा प्रयोग भइसके पछी मात्र विषय वा प्रसंग अनुसार फरक अर्थ जाहेर गर्दछन् ।




केही प्रचलित नेपाली भाषाका अनेकार्थक शब्दहरू 

कस = दाग

कस = खिया,


जलन = ईर्ष्या

जलन = पोलाइ


अर्थ   -  मतलब

अर्थ   -  धन,


जाली   -   जालझेल गर्नु

जाली   -  कपटी,


कर    -  तिरो

कर    जिद्दी,


अर्थ- (मतलव) तिमीले मलाई त्यसो भन्नुको अर्थ के ?

अर्थ- (धन) अर्थविना सबै व्यर्थ हुन्छ ।

 

उत्तर -(जवाफ) मलाई त्यो प्रश्नको उत्तर आएन ।

उत्तर- (एक दिशा) त्यो मानिस उत्तरतिर लागेको थियो।  

 

अक्षर- (भाषाको लिपि) मेरा पनि अक्षर राम्रा छैनन ।

अक्षर -(नाश नहुने) शरीर क्षणिक भए पनि आत्मा भने अक्षर रहन्छ ।


हामीले यस्तै करिब २०० भन्दा बढी यस्तै परीक्षा उपयोगी अनेकार्थक शब्द समेटेका छौं । यदि हजुरलाई यस सम्बन्धी प्रसस्त जानकारी चाहिएको छ भने हामीले निशुल्क पढ्न मिल्ने गरी Nepali Grammar तयार पारेका छौं । उक्त सामग्री हामीले हाम्रो Mobile Application (Sikne Thalo)  मा राखेका छौं । हजुरहरूले  निशुल्क डाउनलोड  गरेर हेर्न  सक्नुहुन्छ  । यदि यो  Download गर्न चाहनुहुन्छ भने  यहाँबाट हाम्रो  मोबाईल Application  डाउनलोड  गर्न  सक्नुहुन्छ । 

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post