Download Here

सिक्ने सिकाउने हाम्रो अभियान :-

राष्ट्रिय परीक्षा बोर्डले २०७६ को स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ तयार पारेको छ ।


माध्यमिक शिक्षा परीक्षा (एसइइ) नगर्ने र विद्यालयकै मूल्याङ्कनका आधारमा अंक पठाउनुपर्ने सरकारको निर्णय भएपछि त्यसलाई स्पष्ट रुपमा कार्यान्वयन गर्नका लागि एक कार्यविधि बनाउन यही ५ असारमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।
सो कार्यदलले असार ७ गतेभित्र कार्यविधि तयार पार्नेगरी काम थालेको थियो ।


कार्यविधिको खास व्यवस्थामा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कन विवरणको अभिलेख अनुसार विवरण प्रमाणित गर्न प्रधानाध्यापकको अध्यक्षतामा कक्षा शिक्षक र नियुक्तिका आधारमा माध्यमिक तहका जेष्ठ शिक्षक रहनेगरी मूल्याङ्कन समिति रहने उल्लेख छ ।


२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) नगर्ने र विद्यालयबाटै मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने मन्त्रिपरिषद्द्वारा गत २८ जेठमा निर्णय गरिएको थियो ।


हेरौं, नमूनाका लागि तयार पारेको SEE Evaluation format साधारण विद्यालयको लागि : (हजुरले Download गरेपछी Font change गरी Edit गर्नुहोला -Preeti )



यो Format download गरेर यसैमा Edit गर्न चाहनुहुन्छ भने : 

Download Now 



1 Comments

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

  1. यो format sanskrit tarfa ko upalabdha garaidiye aabhari hune thiye
    Shyampsrd5@gmail.com ma

    ReplyDelete

Post a Comment

भाषा नै व्यक्तित्व पहिचानको आधार हो । तपाईलाई कुनै जिज्ञासा लागेमा सभ्य भाषामा लेख्नुहोस् :

Previous Post Next Post